‘कमाएर के गर्नु छ र ? लानु केही छैन ?’ : स्वर्गीय ओम प्रकाश सुवेदी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘कमाएर के गर्नु छ र ? लानु केही छैन ?’ : स्वर्गीय ओम प्रकाश सुवेदी

अविच्यूरीः बहुआयामिक व्यक्तित्व स्व.ओम प्रकाश सुवेदी

शरिर नश्वर छ । मृत्यु अवश्यम्भावी छ । कुरा केवल समयको हो । यो शास्वत सत्यबोध हुँदाहुँदै पनि मृत्यु दुःखदायी हुन्छ । त्यसमाथि केहीको अकल्पनीय र असामयिक देहान्त अत्यन्त पीडादायक हुन्छ । मुलुकको सहकारी, समाजसेवा र शिक्षा अभियानका लागि पनि हालै यस्तै एक अपूरणीय क्षति भएको छ । अकल्पनीय दुर्घटना भएको छ । कर्णाली प्रदेशको सुर्खेतलाई थातथलो बनाएर सहकारी, शिक्षा र समाजसेवाका क्षेत्रका माध्यमबाट चिरस्थायी योगदान पुर्याउनुभएका प्रबुद्ध व्यक्तित्व ओमप्रकाश सुवेदीको २०७८ साल भदौं ५ गते निधन भएको छ । उहाँको निधनको खबरले अहिले कर्णाली प्रदेशमात्रै होइन मुलुक शोक सन्तप्त बनेको छ ।

२०२९ साल असोज २३ गते सुर्खेतको बीरेन्द्रनगर नगरपालिका १२ सहकारी चोकमा पिता गोविन्द प्रसाद सुवेदी र आमा रत्ना सुवेदीको जेठो सन्तानका रुपमा जन्मनुभएका सुवेदीको निधन पनि असोज महिना मै भयो–२०७८ असोज ५ गते मंगलबार अपरान्ह । १ भाइ र १ बहिनीका दाजु सुवेदीको परिवारमा हाल बुबाआमा, पत्नी र ३ छोरी हुनुहुन्छ । ३ वटै छोरी अध्ययरत हुनुहुन्छ । जन्डिसका कारण उपचारका क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा उहाँले अन्तिम सास लिनुभयो । उहाँको अन्तिम संस्कार आज सुर्खेतको भेरी पुलमा सम्पन्न भएको उहाँ आबद्ध वीरेन्द्रनगर–१२ स्थित ग्रामीण जागरण बचत तथा ऋण सहकारी संस्था लि. सुर्खेतका लेखा सुपरिवेक्षण समिति संयोजक टीकाराम खरालले साकोस आवाजलाई जानकारी गराउनुभयो ।

‘करिब ८ वर्षअघि पनि जुम्लामा रहँदा उहाँलाई जन्डिस भएको थियो,’ खरालले भन्नुभयो, ‘पुनः जन्डिस भयो र बिग्रियो पनि । थप उपचारका लागि भदौ १४ गते काठमाडौं लगिएको थियो । तर दुर्भाग्य उहाँलाई बचाउन सकिएन’ समाजका लागि योगदान गर्नुभएका र अझै धेरै गर्ने सक्षमता सगालेका व्यक्ति भौतिक रुपमा संसारबाट छिट्टै बिदा हुनुभयो । ‘सुवेदी सामाजिक, शैक्षिक र सहकारी अभियन्ता हुनुहुन्थ्यो,’ खरालले भन्नुभयो, ‘३ वटै क्षेत्रका लागि उहाँको निधन ठूलो क्षति हो ।’

अरुको कुरा सुन्ने, तत्काल प्रतिक्रिया नजनाइहाल्ने अत्यन्त मिलनसार स्वभावको पात्र हुनुहुन्थ्यो र उहाँबाट ३ वटै क्षेत्रमा लागेकाहरुले सिक्ने कुराहरु पनि यीनै भएको खरालको बुझाई छ । जीवनमा आर्थिक प्रलोभन वा लालसामा उहाँ कहिल्यै पर्नुभएन । खराल सम्झनुहुन्छ, ‘कमाएर के गर्नु छ र ? लानु केही छैन ?’ भन्नुहुन्थ्यो । कसैलाई सारोगारो पर्दा सहयोगका लागि सबैभन्दा अगाडि उहाँ नै सर्नुहुन्थ्यो । केही समय अघि सुवेदीले खराललाई सुनाउनुभएको थियो, ‘१८ चोटी रक्तदान गरिसकेँ ।’ त्यसपछि पनि उहाँले रक्तदान गरेको हुनसक्ने खराल सुनाउनुहुन्छ । घुमफिर गर्न एकदमै रुचाउने सुवेदी सबैसँग हाइहेलो गर्ने मिलनसार र मृदुभाषी व्यक्ति हुनुहुन्थ्यो ।

नेपाल बाल संगठन सुर्खेतका सभापति उहाँ सुवेदी परिवार कल्याण समाज सुर्खेतका पनि अध्यक्ष हुनुहुन्थ्यो भने समाज जागरण केन्द्र नेपाल (SAC-Nepal) मा लामो समय काम गर्नुभयो । सुवेदी खरालका विद्यार्थी पनि हुनुहुन्थ्यो । विद्यार्थी, समाजसेवी र सहकारी क्षेत्रमा सुरु देखि नै सँगै लागेको निकटस्थ सहयात्री र सहयोगी गुमाउनुपर्दा खराल फोनमै भक्कानिनु स्वाभाविकै थियो । उत्तर दिदाँको असहजता सजिलै महसूश हुन्थ्यो ।

सुवेदीसँग करिब २ दशकदेखि परिचित नेफ्स्कून सञ्चालक यज्ञ प्रसाद ढकाल उहाँलाई प्रखर स्पष्ट वक्ताका रुपमा सम्झनुहुन्छ । सुवेदीको निधनले सहकारी र शिक्षा क्षेत्रमा अपुरणीय क्षति र रिक्तता भएको बताउने ढकाल सहकारीमार्फत विपन्न वर्गका लागि ‘केही गरौं, सदस्यलाई हित हुने काम गरौं’ भन्ने स्वभावको कर्मशील व्यक्ति गुमाएकोमा मर्माहत हुनुहुन्छ । उहाँ स्मरण गर्नुहुन्छ, ‘काममा कुनै ढिलासुस्ती नगरी सुशासनमा बसेर गरौं भन्ने सहकारीप्रेमी अभियन्ता हुनुहुन्थ्यो सुवेदीजी ।’

केही वर्ष नेफ्स्कून सुर्खेत फिल्ड कार्यालय इन्चार्जका रुपमा कार्यरत छत्रप्रसाद धमला सुवेदीलाई अभिभावक मान्नुहुन्छ । उहाँको निधन अझै अपत्यारिलो भएको धमला बताउनुहुन्छ । ‘करिब ४ वर्ष सुवेदी सरको सङ्गत गर्न पाएँ र ती वर्षहरुमा उहाँसँग सन्निकट रहेर काम गर्ने अवसरहरु मेरा मानसपटलमा कहिल्यै विस्मृत हुँदैनन्,’ धमला भन्नुहुन्छ, ‘उहाँ मेरो फादर फिगर हुनुहुन्थ्यो ।’ सुवेदी नेफ्स्कून सुर्खेत फिल्ड व्यवस्थापन उपसमिति सदस्य पनि हुनुहुन्थ्यो । स्वर्गीय सुवेदीको अर्को परिचय भनेको शिक्षासेवीको हो । विगत २ वर्षदेखि कर्णाली प्रदेशकै उत्कृष्ट क्याम्पसका रुपमा पुरस्कृत सुर्खेतको सहारा क्याम्पसका उहाँ अध्यक्ष समेत हुनुहुन्थ्यो । लामो समय गैरसरकारी संस्थाको महत्वपूर्ण पदमा आबद्ध भएर सामाजिक आर्थिक विकासमा टेवा पुर्याउनुभएका सुवेदीको बौद्धिक व्यक्तित्व त्यत्तिकै सशक्त भएको धमला सुनाउनुहुन्छ । 

शिक्षा र सहकारी क्षेत्रसँग उहाँको अन्योन्याश्रित सम्बन्ध रह्यो । समाजका पीधँको तप्कासँग उहाँको घनिष्ठ सम्बन्ध रह्यो । बाक्लो जनसम्पर्कका कारण पनि प्रादेशिक र स्थानीय सरकारी, गैरसकारी, नीजि लगायत क्षेत्रका सरोकारवालाहरुसँग सहकारीसम्बन्ध विस्तारमा उहाँको उल्लेख्य योगदान रहेको धमला बताउनुहुन्छ । सहकारीसम्बन्धी स्थानीय निकाय वा प्रादेशिक निकायहरुसँग समन्वय गर्ने, केही संगीन विषयहरुमा सरसल्लाह लिने प्रबुद्ध व्यक्तित्व सुवेदी सर भएको भन्दै धमला उहाँको भौतिक अवसानले अभिभावक गुमाएको अनुभूति भएको बताउनुहुन्छ । 

हाल नेफ्स्कून रुपन्देही फिल्ड कार्यालय इन्चार्ज धमला सुवेदीसँग करिब साढे २ वर्षअघि चितवन, रुपन्देही, नवलपरासी लगायतका जिल्लाहरुमा सँगै गरेको ४ दिने भ्रमण पनि स्मरण गर्न छुटाउनुहुन्न । त्यस भ्रमणले उहाँको सुवेदीसरको सामिप्यता प्रगाढ बनायो । सहकारी संस्था र प्रदेशकै उत्कृष्ट क्याम्पसको अध्यक्ष भैसकेको ओजिलो व्यक्तित्वले उमेर र अनुभवले आफुजस्ता कनिष्ठहरुसँग पनि मित्रवत व्यवहार गर्ने स्वभावबाट धमला कम प्रभावित हुनुभएन । ‘अभियानप्रति उत्साह जगाउनुहुन्थ्यो, ’उहाँ भन्नुहुन्छ, ‘अध्यक्ष भएपनि सबैको कुरा सुन्ने, प्रजातान्त्रिक अभ्यासको परिपालना गर्ने र गराउने सुवेदी सरको प्रेरणाले हामीलाई पनि दिलोज्यानले काम गर्न मन लाग्थ्यो ।’

सुवेदी, खराल समेत ४३ जनाको सक्रियतामा २०५४ साल फागुन १८ गते ग्रामीण जागरण बचत तथा ऋण सहकारी संस्था लि.स्थापना भएको थियो । त्यसबेला सुवेदी कोषाध्यक्ष र खराल लेखा समिति संयोजक हुनुहुन्थ्यो । पछि २०६४ साल कार्तिक १४ गते सुवेदी अध्यक्ष निर्वाचित हुनुभएको थियो । संस्थालाई शैशवकालमा उहाँले आफ्नै घरमा निःशुल्क कोठा उपलब्ध गराउनुभएको थियो, पछि उहाँकै अध्यक्षताकालमा संस्था आफ्नै भवन निर्माण गरी २०६६ सालमा सरेको थियो । संस्था हाल साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोबेसनमा आबद्ध छ । साकोसले अध्यक्ष सुवेदीको निधनमा असोज ६ गतेदेखि ८ गतेसम्म सबै कारोबार बन्द गर्ने र शोक पुस्तिका राख्ने निर्णय समेत गरेको छ । सहकारी, शिक्षा र समाजसेवा साधक स्वर्गीय सुवेदीप्रति हार्दिक श्रद्धासुमन ।

 

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२२ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप