बाँकेका सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बाँकेका सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया 

बाँके । नेफ्स्कूनले आज बाँके जिल्लाका सहकारीकर्मीहरुसँग नेपालगञ्जमा अन्तरक्रिया र साकोस जोखिम विश्लेषण कार्यशाला आयोजना गरेको छ । नेफस्कून र जिल्ला बचत संघ साझेदारी कार्यक्रम अन्तर्गत साकोस जोखिम विश्लेषण कार्यशाला SARAW आयोजना गरिएको हो भने बाँकेका सहकारीकर्मीहरुबीच सहकारीका समसामयिक सवालहरुमा अन्तरक्रिया  गरिएको हो । 

नेफस्कून अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता तथा जिल्ला बचत संघका अध्यक्ष प्रकाश ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यशाला SARAW कार्यक्रममा नेफ्स्कूनका संचालक सदस्य यज्ञ प्रसाद ढकालको समेत उपस्थिति रहेको थियो । कार्याशालामा प्रमुख अतिथि पौड्यालले सहकारीले गरिबी निवारण तथा गुणस्तरीय जीवनको बिषयमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले आर्थिक, सामाजिक, साँस्कृतिक र पर्यावरणसँग जोडिने थलो सहकारी मात्र रहेको कुरा उल्लेख गर्नुभयो । अध्यक्ष पौड्यालले अबको युग डिजिटाईजेसनको भएकेले सबै सहकारीहरु त्यसमा केन्द्रित हुनुपर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै संचालक यज्ञ प्रसाद ढकालले सहकारीहरु निति, विधि, प्रविधि र सुशासनमा संचालन भई सदस्य केन्द्रित कार्यक्रमहरु गर्न अनुरोध गर्नु भयो । 

यसैबीच, नेफ्स्कून फिल्ड कार्यालय नेपालगंजको आयोजनामा बाँकेका सहकारीकर्मीहरुबीच अन्तरक्रिया कार्यक्रम पनि आजै सम्पन्न भयो । अन्तरक्रिया कार्यक्रममा सन्दर्भ ब्याजदर, कर्जा सुचना केन्द्र, कर्जा असुली न्याधीकरण स्थिरिकरण कोष, स्तरिकरण कार्यक्रम लगायतका समसामयिक बिषयमा बाँकेका सहकारीकर्मीहरुबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदी, नेफस्कून संचलाक यज्ञ प्रसाद ढकाल, राष्ट्रिय सहकारी बैंककी संचालक बिजया धिताल लगायत स्थानीय सहकारीकर्मीहरुको उपस्थिति थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१५ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप