नेफ्स्कून टोलीद्वारा बाँकेको एभरेष्ट कृषि सहकारीको अवलोकन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून टोलीद्वारा बाँकेको एभरेष्ट कृषि सहकारीको अवलोकन

बाँके । लुम्बिनी प्रदेश भ्रमणमा रहनुभएका नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले आज बाँकेको बैजनाथ गाउँपालिका ६ स्थित एभरेष्ट कृषि सहकारी संस्था लि.को अवलोकन गर्नुभएको छ । भ्रमणमा नेफ्स्कूनका सञ्चालक यज्ञप्रसाद ढकाल, जिल्ला बचत संघ बाँकेका अध्यक्ष प्रकाश ज्ञवाली र नेफ्स्कून नेपालगञ्ज फिल्ड कार्यालय इन्चार्ज समिट खड्का सहभागी हुनुहुन्छ ।

भ्रमणमा अध्यक्ष पौड्यालसहितको टोलीले एभरेष्ट कृषि सहकारी संस्थाका अध्यक्ष तथा नेपाल कृषि केन्द्रीय सहकारी संघका सञ्चालक एवम् राष्ट्रिय सहकारी विकास बोर्डका पूर्व सञ्चालक देब बहादुर केसीसँग भेटी संस्थाका गतिविधिहरुका बारेमा जानकारी लिएको थियो । यसअघि नेफ्स्कून अध्यक्ष पौड्याल, सञ्चालक ढकाल र जिल्ला संघका अध्यक्ष ज्ञवाली लगायत संघले आयोजना गरेको साकोसहरुको जोखिम सुपरिवेक्षण कार्यशाला र स्थानीय सहकारीकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुभएको थियो ।

नेफ्स्कून नेपालगञ्ज फिल्ड कार्यालयका इन्चार्ज समिट खड्काका अनुसार कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका कार्यक्षेत्र रहेको एभरेष्ट कृषि सहकारी संस्था २०६४ साल भदौ १३ गते स्थापना भएको हो । संस्थामा हाल कार्यरत १२ जना कर्मचारीहरुले  १२८५ सेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेका छन् । संस्थासँग १६ कोठे २ तल्ले आफ्नै भवन रहेको छ भने १८००० क्विन्टल क्षमताका २ वटा गोदाम पनि छन् । माथिल्लो तलामा संस्थाको कार्यालय छ भने तल्लो तलामा मार्ट सञ्चालनमा रहेको खड्काले जानकारी गराउनुभयो । संस्थाको कुल पुँजी २३ करोड ३६ लाख ७९ हजार ६ सय ७७ रुपैयाँ छ ।

संस्थाले कृषिसम्बन्धी सिल्की राईस मिल स्थापना गरी किसानहरुसँग धान खरिद गरी चामल, कनिका, भूस, रासयनिक मल, बीउबीजनहरु बिक्री वितरण गर्दै आएको छ । उक्त कार्य गर्नका लागि संस्थासँग बलेरो पिकअप भ्यान र टाटा मिनी ट्रक समेत रहेको छ । साथै संस्थाले सस्तो सहकारी पसल (कोप मार्ट) पनि सञ्चालन गरेको छ । संस्थाले एभरेष्ट कोप ब्रान्डको चामल पनि सहज र सुपथ मुल्यमा मार्टबाट बिक्री गर्दै आएको छ । आफ्नै मिलबाट स्थानीय उत्पादनहरुको बिक्री बितरण र प्रवर्धनमा संस्था लागिपरेको नेफ्स्कून नेपालगञ्ज फिल्ड कार्यालय इन्चार्ज समिट खड्काले बताउनुभयो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप