विदेशको राम्रो ‘अफर’ छोडेर स्वदेशमा सहकारीमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विदेशको राम्रो ‘अफर’ छोडेर स्वदेशमा सहकारीमा

ललितपुर गोदावरी नगरपालिका ११, चापागाउँ स्थायी घर भएका कृष्ण प्रसाद घिमिरे वैदेशिक रोजगारीको सिलसिलामा करिब १७ बर्षअघि संयुक्त अरब एमिरेट्स (यूएई) को दुबई सहर पुग्नुभयो । विदेश गई अर्थोपार्जन गर्ने र भविष्य सुरक्षित पार्ने सपना बुन्दै २२ वर्षे यौवनावस्थामा घिमिरेले घर छोड्नुभयो । नेपालमा अटोमोबिल विषयमा ‘पनौती प्राविधिक विद्यालय’ बाट सव ओभरसियर सकाउनुभएका उहाँ दुबईस्थित एक कम्पनीमा काम गर्न थाल्नुभयो । विषय मिल्ने काम कठिन नभएपनि कमाई भने धेरै थिएन । 

सातामा ५ दिन दैनिक ८ घन्टा खट्दा हातमा करिब १८ हजार रुपैयाँ आउथ्यो । तर, इमान्दारी, लगाव र धैर्यताका कारण प्रगति र आम्दानी उक्लदै गयो । ‘विकेन्ड’ मा ओभर टाइम गर्नुहुुन्थ्यो । ‘करिब १ दशकको दुबई बसाई छोडेर नेपाल फर्कने निर्णय लिनुअघि मासिक कमाई करिब साढे २ लाख थियो,’ उहाँ सुनाउनुहुन्छ, ‘तलबबाहेक गाडी, मोबाईल, खाना, बस्न, स्वदेश ओहोरदोहोर गर्ने निःशुल्क टिकट लगायतका सुविधाहरु पनि थिए ।’ यसबीच प्रत्येक ३ महिना जस्तो अवधिमा नेपाल ओहोरदोहोरको सुविधा पनि उहाँले राम्रै उपयोग गर्नुभयो । साँच्चिकै भन्ने हो भने त्यतिको कमाई र सुविधा हुने व्यक्ति किन नेपाल फर्कन चाहन्छ र ?

झट्ट सोच्ने हो भने सही हो । ‘क्लिसे’ लाग्न सक्छ तर यथार्थ के हो भने घिमिरेलाई विदेशमा बस्दा नै स्वदेश फर्केर उद्यम गर्नुपर्छ भन्ने विचारको गर्भाधारण भैसकेको थियो । मुख्यतः दुई कारणले स्वदेश फर्केको उहाँको स्वीकारोक्ति छ । ‘जति नै कमाएपनि खाडीमा नेपालीहरुको भविष्य छैन भन्ने आत्मसन्तुष्टि अभाव’ र  ‘स्वदेशभन्दा पर रहँदा नै सगाल्दै गरेको सहकारी सपना’ थिए । ललितपुर  जिल्ला बचत संघका तत्कालीन व्यवस्थापक बल्लभ तिमल्सिना (हाल नेफ्स्कूनका बरिष्ठ अधिकृत) सँग बेलाबखत सहकारी सम्भावनाहरुको खोजी चल्थ्यो । सम्भावनाहरुसँगै सहकारी सपना उहाँमा जन्मियो । नेपाल फर्किएर के गर्ने भन्ने सोचको स्वीटर घिमिरेले विदेशमै कुरुस लगाएर दिनप्रतिदिन बुन्न थाल्नुभयो ।

सहकारीको दर्ता प्रक्रिया, ऐन नियम आदि बारे दुबईबाटै सूचना र जानकारीहरु दुहुनु भयो । सन् २०१२ को सेप्टेम्बरबाट घिमिरे, श्यामकृष्ण बजगाई आदिको सक्रियतामा Lalitpur Foreign Employment Investment Group नामक समूह स्थापना गरी मासिक १ सय दिराम बचत गर्न सुरु गर्नुभयो । ललितपुर जिल्ला भित्र बसोबासरत खाडीसँगै जापान, अमेरिका र इजारायलसमेत गरी करिब ७ मुलुकका गरी ४५ जना व्यक्तिहरुले प्रत्येक महिना ५ दिराम बढाउँदै उक्त योजनामा सहभागी हुनुभयो ।

घिमिरे सुनाउनुहुन्छ, ‘युएईका सातै राज्यमा भएका साथीहरुबाट मासिक बचत रकम संकलन गर्न साप्ताहिक रुपमा आफु नै जान्थे । धेरै जसो शुक्रबार बेलुकी गएर शनिवार दिनभर रकम संकलन गरेर ल्याउथेँ ।’ आफ्नो काम सहज भएका कारण पनि उहाँलाई साथीहरुसँग भौतिक भेट गरेरै बचत पनि संकलन गर्ने इच्छा भयो । मनको अन्तरकुन्तरमा घिमिरेलाई लाग्यो, ‘होइन, नेपाली माटोमा नै रमाउनु पर्छ,’ दुःखजिलो गरेर जम्मा भएको थोरै रकम, विदेशमा मिहेनत गर्ने बानीले उब्जाएको धेरै हिम्मत र दुबईमा संकलित ४५ लाख रुपैयाँसहित उहाँ नेपाल आउनुभयो । २०६८ साल जेठ १४ मा बैबाहिक बन्धनमा जोडिएर १ वर्षपछि साथै लगेकी पत्नी रुपा दाहाललाई समेत लिएर घिमिरे स्थायी रुपमा स्वदेश ओर्लनुभयो । २०७१ साल जेष्ठ १४ गते दर्ता भयो–कर्मठ सामुदायिक साकोस । त्यही साल असोज १ गतेबाट विधिवत् कारोबार सञ्चालन भयो ।

‘जहाँ इच्छा, त्यहाँ उपाय’ भने झैं ओभरसियर पढेको व्यक्ति सहकारीमा लागेपछि तालिम, शिक्षा त लिनै पर्यो । केही सामान्य कुरा बुझेपनि धेरै बुझ्न बाँकी थियो । त्यसपछि PEARLS, वित्तीय साक्षरता तथा विश्लेषण, भाखा नाघेको ऋण व्यवस्थापन, लगायत थुप्रै तालिमहरुले आफुलाई तिखार्नुभयो ।

आज ८ वर्ष भयो । स्वदेश फर्कने त्यो निर्णयमा उहाँलाई कुनै पछुतो छैन । कर्मठमै कर्मठी बनेर व्यवस्थापकीय नेतृत्व सम्हाल्दै सहकारी साधनामा लाग्नुभएको छ । ‘यही संस्थामा नै रमाएको छु,’ घिमिरे फोनमा सुनाउनुहुन्छ, ‘बिदेशमा अझै पनि राम्रा अफर पाइरहेको छु, तै पनि जाने सोच छैन ।’ त्यो अफरका पछाडि विदेशमा बगाएको इमान, अनुशासन र लगनशीलता भएको घिमिरे दाबी गर्नुहुन्छ ।

त्यही पसिना ‘नेपाल’ र ‘आमा’ को काखमा बगाउन पाउँदाको मजा अर्कै बोध भएको छ घिमिरेलाई । संस्थाको जग बसाउन करिब १ वर्ष स्वयंसेवी काम गर्नुभयो । सहकारी सिक्दै जाँने क्रममा सुरुमा अवस्था र अज्ञानता दुवैका कारण कार्यकारी अध्यक्षको भूमिकामा समेत काम गर्नुभयो । तर, सहकारी ऐन २०७४ जारी भएपछि समयावधि तोकेर कार्यकारी अध्यक्ष बस्न नपाउने प्रावधान आएपछि हाल व्यवस्थापन प्रमुखका रुपमा काम गर्न थाल्नुभयो ।

आज घिमिरे कार्यरत कर्मठ साकोसको १ हजार बढी सेयर सदस्य, ९ करोड ऋण लगानी, साढे ११ करोड कुल सम्पत्ति, ४ कर्मचारी र १ सेवा केन्द्र छ । साकोसले विप्रेषण सेवा, विमान टिकट, गाडी तथा मोटरसाइकलको बिलबुक नवीकरण, केबल कार टिकट, बैंक डिपोजिट आदि सेवाहरु प्रदान गर्दै सदस्यहरुको विश्वास आर्जन गरेको दाबी दुबई ‘रिटर्नी’ घिमिरे गर्नुहुन्छ । यसबीच, संस्थाले २०७६ सालमा कल्पवृक्ष साकोसँग र यो वर्ष नागमणि उपभोक्ता सहकारी संस्था लि. सँग एकीकरण गरी कार्यक्षेत्र विस्तार र सदस्य वृद्धि समेत गरी ललितपुरको दक्षिणी भेगमा प्रभुत्व जमाउँदै गएको छ । एकिकरण गरेकाले ललितपुर जिल्ला बचत संघले प्रशंसा पत्र दिएको थियो भने बचत संघकै रजत वर्षको उपलक्ष्यमा गोदावरी नपा बाट उत्कृष्ट संस्था घोषित गरी सम्मानित समेत गरेको थियो । त्यस्तै गत वर्ष राष्टिय सहकारी बैंकले पनि चापागाउँ शाखामा नियमित तर्फको बिधामा उत्कृट संस्था घोष्ति गरी सम्मान गरेको थियो ।

घिमिरे स्वीकार्नुहुन्छ–सहकारी सिक्दै काम गर्दै अघि बढेँ । पूर्व तयारी वा ज्ञानसहित आएको भए अझै बेस हुन्थ्यो होला तर कुनै ठूलो दुर्घटना विना कर्मठको रथलाई आज सुरक्षित रुपमा गन्तव्यतर्फ गुडाउन सक्षम हुनुभएको छ । यसलाई ठूलो उपलब्धि मान्नुहुन्छ घिमिरे । यसैक्रममा नेफ्स्कूनले CTEVT मान्यताप्राप्त कोर्ष संचालन गर्दै छ भन्ने सुनेपछि आफुलाई अनुकूल समयको पर्खाइमा हुनुहुन्थ्यो । सीमित सीटका बाबजुत अध्ययनको मौका पाउँदा पुलकित हुनुभयो घिमिरे । साकोसमा बचत तथा ऋण परिचालन मुख्य र जान्नु पर्ने अति आवश्यक विषय भएकाले बचत तथा ऋण परिचालन कोर्ष गर्ने निधो गरेको उहाँ बताउनुहुन्छ ।

४० घण्टाको कोर्ष थियो । नेफ्स्कून तालिम विभागका प्रशिक्षकहरुले मुखरित, शिष्ट र सरल भाषामा कक्षा लिनुभयो । सबै कक्षाहरु उत्साह र सफलतापूर्वक सम्पन्न भए । ग्रामीण विकास, बचत परिचालन, ऋण परिचालन, सहकारी ऐन, नियम, विनियम तथा कार्यविधि र नीति, निमार्ण, लेखा प्रणाली, वित्तीय साक्षरता, भौचर तयार पार्ने, संचालक समितिको बैठक संचालन सम्बन्धि, लघु उद्यम सम्बन्धि, समुह निर्माण, सहकारी सञ्जाल, सहकारी सिद्धान्त आदि बारे अध्ययन गर्नुभयो । बचत तथा ऋण परिचालन, कर्जा लगानीका प्रकृया तथा असुलिका विधि, संचालक समितिको बैठक संचालन तरिका, नीति निर्माण, वित्तीय साक्षरतासँगै समग्रमा सहकारी स्वस्थ्य तवरले संचालन गर्ने तरिकाहरु अध्ययनका महत्वपूर्ण विषय रहेको भन्दै अब अझै उन्नत तवरले संस्थागत विकासमा होमिने प्रतिबद्धता १ छोरा र १ छोरीका सहकारीकर्मी बाबु घिमिरे व्यक्त गर्नुहुन्छ । भर्खरै अन्तिम परिक्षा राम्रोसँग सक्नुभएका उहाँ राम्रो नतिजाको पखाईमा हुनुहुन्छ । घिमिरेलाई साकोस आवाजकोतर्फबाट समेत थप सफलताको हार्दिक शुभकामना ।

 

(कृष्ण प्रसाद घिमिरे, व्यवस्थापक, कर्मठ सामुदायिक साकोस, गोदावरी १०, चापागाउँ, ललितपुर)

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१८ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप