व्यावसायिक, सक्षम र प्रविधियुक्त संघ बनाउने चितवन बचत संघको योजना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
व्यावसायिक, सक्षम र प्रविधियुक्त संघ बनाउने चितवन बचत संघको योजना

काठमाडौं । चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. (चिस्कून) को चौथो रणनीतिक व्यावसायिक योजना निर्माण गरिएको छ । नेफ्स्कूनको प्राविधिक सहयोगमा असोज १० र ११ गते आयोजित कार्यशालामार्फत संघको ४ वर्षे चौथो रणनीतिक व्यावसायिक योजना निर्माण गरिएको हो । 

संघको दिगोपनाका लागि व्यावसायिकतासँगै अभिभावकीय भूमिका निर्वाह गर्दै जिल्लाभरका साकोसहरुमा दक्ष मानव संशाधन विकसित गराउने जिम्मेवारी पूरा गर्न नवीन रणनीति पनि संघले आगामी ४ वर्षका लागि तय गरेको छ । संघका अध्यक्ष हरिशचन्द्र सुवेदी भन्नुहुन्छ, ‘दिगोपनाका लागि थप व्यावसायिक बनाउने र अभिभावकीय जिम्मेवारी पनि पूरा गर्ने हाम्रो योजना छ ।’ उहाँका अनुसार साकोसहरुलाई व्यावसायिक, सक्षम र प्रविधियुक्त बनाउने काममा संघ लागिपर्ने छ जसले अन्ततः संघलाई पनि त्यसै दिशामा अघि बढाउने छ ।

संघले अर्को वर्षबाट CUBEE (Credit Union Build, Educate and Empower) नामम कार्यक्रम सञ्चालन गर्ने योजना बुनेको उहाँले जानकारी गराउनुभयो । अध्यक्ष सुवेदीले भन्नुभयो, ‘CUBEE अन्तर्गत जिल्ला संघले दक्ष प्रशिक्षकहरु तयार गर्नेछ जसले निश्चित मापदण्डहरुको आधारमा साकोसहरुको नियमित अनुगमन निरीक्षण गरी तालिम, शिक्षाका कार्यक्रममार्फत संस्थागत विकास, सुशासन र दक्ष जनशक्ति विकासका लागि पृष्ठपोषण गर्नेछन् ।’ साकोसहरुलाई उद्यमशिलता प्रवद्र्धनमा पनि संघले प्रेरित गर्ने उहाँले उल्लेख गर्नुभयो ।

सहकारीहरुबीच बढ्दो प्रतिस्पर्धालाई चुनौतीका रुपमा चर्चा गर्दै उहाँले बचत संकलन भएपनि ऋण लगानीलाई प्रभावकारी बनाउन नसकिएको विषय कार्यशालामा उठेको उल्लेख गर्नुभयो । यस्तै, हाल भरतपुर १० बाइपास रोडस्थित जिल्ला सहकारी संघको भवनमा रहेका जिल्ला बचत संघको कार्यालयलाई पनि थप फराकिलो र व्यवस्थित बनाउनुपर्ने आवश्यकता अध्यक्ष सुवेदीले औंल्याउनुभयो । सँगै मानव संशाधनलाई चुस्त, दुरुस्त र प्रविधिमैत्री बनाउँदै लानुपर्ने विषयमा पनि योजनमा कार्यक्रमहरु राखिएको जानकारी उहाँले गराउनुभयो । संघमा हाल ३ जना कर्मचारी कार्यरत छन् ।

२०५३ साल फागुन २९ गते स्थापित जिल्ला संघका संस्थापक अध्यक्ष सोमराज खनिया हुनुहुन्छ । संघमा हाल २०७५ सालमा निर्वाचित ११ सदस्यीय सञ्चालक समिति तथा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति छ । अध्यक्ष सुवेदीले संघीय संरचना अनुसार जिल्ला संघको औचित्यमाथि बेलाबखत छेडिने बहसहरुतर्फ इंगित गर्दै सहकारी संस्थाहरुबीच समन्वयात्मक भूमिका निर्वाह गर्ने काम जिल्ला संघहरुले गर्दै आएकोले यिनलाई कम आँक्न नहुने बताउनुभयो ।

संघकी व्यवस्थापक अनिता न्यौपानेका अनुसार हाल संघको वासलात १३ करोड ३७ लाख रुपैयाँ रहेको छ भने ऋण लगानी ६ करोड ५२ लाख रुपैयाँ छ । संघमा आबद्ध २ सय २२ प्रारम्भिक साकोसहरुमध्ये १८ वटा एकीकरण भएकाले हाल २ सय ४ संस्था सदस्य छन् । जिल्लाभर २ सय ८२ बचत तथा ऋण सहकारी संस्था कायम छन् । संघले ९० प्रतिशत (२ सय ३५) साकोसहरुलाई संघमा आबद्ध गराउने लक्ष्य लिएको छ । यस्तै, संघले कारोबारको वृद्धिसँगै कर्मचारी संख्या ८ र वासलात  ४६ करोड पुर्याउने लक्ष्य तय गरेको छ । त्यसका लागि रणनीतिक योजना तथा कार्यक्रमहरु तय गरिएका छन् । संघको सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उपसमिति र व्यवस्थापन सहभागी कार्यशालाको सहजीकरण नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले गर्नुभएको थियो ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१९ घण्टा अगाडि

बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

१९ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

१९ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१९ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

पाठकबाट थप