नेफस्कून–लायन्स क्लब इन्टरनेशनल नेपाल बीच छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफस्कून–लायन्स क्लब इन्टरनेशनल नेपाल बीच छलफल

काठमाडौं । नेफस्कून तथा लायन्स क्लब इन्टरनेशनल नेपालबीच द्धिपक्षीय सहकार्यका नवीन आयामहरुमा आज प्रारम्भिक छलफल भएको छ । नेफ्स्कून केन्द्रीय कार्यालयमा मध्यान्ह भएको छलफलमा संघकातर्फबाट अध्यक्ष परितोष पौड्याल, सञ्चालकद्धय रिना आचार्य, न्हुच्छे नारायण श्रेष्ठ, कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल र बरिष्ठ अधिकृत नवीनराज दाहाल सहभागी हुनुहुन्थ्यो भने क्लबका तर्फबाट मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालका काउन्सिल चेयरपर्सन मानबहादुर रोका, किशोर मल्ल सहभागी हुनुहुन्थ्यो ।

क्लबले त्रिभुवन विश्व विद्यालयसँग मिलेर नेपालमा ‘ए क्लास’ को त्रिवी लायन्स रक्त सञ्चार तथा अनुसन्धान केन्द्र स्थापना गरेको छ । विश्व विद्यालय हाता भित्र उपलब्ध गराइएको जग्गामा स्थापित केन्द्र ‘सुरक्षित रगत, सुरक्षित जीवन’ भन्ने मुल अभिप्राय सहित मानवीय सेवा पुर्याउने उद्देश्यले मुनाफारहित ढंगबाट अघि बढाइएको सामाजिक संस्था हो । केन्द्र स्थापनाका लागि सरकारले आसयपत्र उपलब्ध गराइसकेकोले अब दक्ष जनशक्ति प्राविधिक र उपकरणहरुको व्यवस्थापनमा केन्द्र सञ्चालनमा जुटिरहेको क्लबले ठूलो सञ्जाल भएको नेफ्स्कूनसँग सहकार्यको अपेक्षासहित प्रारम्भिक छलफल गरेको हो ।

नेफ्स्कूनका अध्यक्ष पौड्यालले छलफल सकारात्मक रुपमा अघि बढेको बताउनुभयो । विगतमा पनि नेफ्स्कूनले क्लबसँग सहकार्य गरेकाले अबका दिनमा पनि सहकार्यलाई कसरी अघि सुचारु गर्न सकिन्छ भन्ने विषयमा पहिलो चरणको छलफल भएको क्लबका चेयरपर्सन रोकाले बताउनुभयो । क्लब काउन्सिल चेयरपर्सन रोकाका अनुसार हाल नेपालमा १८ सय बढी लायन्स क्लबहरुमा ४६ हजार सदस्य आबद्ध छन् । नेपालमा क्लबका प्रशासनिक कामहरु सम्पन्न गर्न ४ वटा डिस्ट्रिक्टहरुमा गभर्नर छन् भने उनीहरुमाथि शीर्ष भूमिकामा काउन्सिल चेयरपर्सन रहने व्यबस्था छ ।

नेपालमा पहिलो लायन्स क्लब सन् १९७१ मा लायन्स क्लब अफ विराटनगरको नाममा पूर्व प्रधानमन्त्री मातृका प्रसाद कोइरालाको अध्यक्षतामा स्थापना भएको इतिहास छ । १सय ४ वर्षको इतिहास बोकेको क्लबले विगतमा साइट फ्रस्टका रुपमा आँखा (नेत्रज्योति) का क्षेत्रमा काम गर्दै आएको थियो भने पछिल्लो समयमा वातावरणमा पनि हात अघि बढाएको छ । अध्यक्ष रोकाले क्लबको अबको प्राथमिकता भनेको मधुमेह क्षेत्र भएको जानकारी गराउनुभयो । अमेरिकाको सिकागो मुख्य कार्यालय रहेको क्लबका संस्थापक अमेरिकी नागरिक मेल्बिन जोन्स हुनुहुन्छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप