धरानमा ‘आबद्धतासम्बन्धी अभिमुखीकरण’ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धरानमा ‘आबद्धतासम्बन्धी अभिमुखीकरण’ 

सुनसरी । नेफ्स्कून फिल्ड कार्यालय सुनसरीको आयोजनामा धरानमा 'आबद्धतासम्बन्धी अभिमुखीकरण कार्यक्रम' असोज ११ गते सम्पन्न भएको छ । कार्यक्रममा ८ साकोसका १३ जनाको सहभागिता थियो । कार्यक्रमको अध्यक्षता जिल्ला बचत तथा ऋण सहकारी संघ लि. सुनसरीका अध्यक्ष शिवराज श्रेष्ठले गर्नुभएको थियो । उहाँले सबै साकोसहरुलाई छाता संघहरुको सदस्यता लिई सहकारी अभियानलाई अझ बलियो बनाउन आवहान गर्नुभयो । उहाँले छाता संघहरुले सदस्यहरुलाई निरन्तर शिक्षा, तालिम र सुचना दिने हुनाले त्यसलाई ग्रहण गरी संस्थालाई वित्तीय हिसावले न्यून जोखिमयुक्त, सुशासित एवम् सञ्जाल निर्माण गर्न आग्रह गर्नुभयो । बचत संघका अध्यक्ष श्रेष्ठले उपस्थित संस्थाहरुलाई आबद्धताका लागि प्रतिबद्धता जनाउन आग्रह समेत गर्नुभयो ।

कार्यक्रम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत मुकेश दाहालले गर्नुभएको थियो । सहजीकरणमा उहाँले नेफ्स्कूनको पृष्ठभूमि, संघले सदस्य संस्थाहरु लाई उपलब्ध गराईरहेको ८ वटा सेवाको व्याख्या गर्नुभएको थियो । कार्यक्रम अधिकृत दाहालले नेफस्कूनमा आवद्धता किन र यसका प्रक्रियाका बारेमा स्पस्ट पार्नुभएको थियो भने आबद्धता फाराम समेत वितरण गरिएको थियो ।

कार्यक्रमम सहभागीहरुलाई स्वागत एवम् कार्यक्रमको औचित्यता नेफ्स्कून फिल्ड कार्यालय सुनसरी फिल्ड इन्चार्ज पवन घिमिरेले प्रष्ट पार्नुभएको थियो भने कार्यक्रम संचालन बचत संघ सुनसरीका कार्यक्रम अधिकृत सुमन सुवेदीले गर्नुभएको थियो । नेफ्स्कून फिल्ड कार्यालय इन्चार्ज घिमिरेले नेफ्स्कूनको सेवा तथा व्यवसाय कार्यक्रमहरु एवम् साकोस मैत्री बहस पैरवी र अभियानमा ऐक्यबद्धता जनाउन र साकोस परिवार एउटै केन्द्रिय संघको छाता भित्र रही संगठित र अभियानलाई सशक्त बनाउँदै दिगो, सुशासनयुक्त, सदस्यमैत्री साकोस अभियान निर्माण गर्न आग्रह गर्नुभयो । कार्यक्रम अन्तरक्रियात्मक रुपमा सञ्चालन भएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप