लुम्बिनी प्रदेशस्तरीय 'साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान' सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लुम्बिनी प्रदेशस्तरीय 'साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान' सम्पन्न

बुटवल । नेफस्कूनको आयोजनामा बुटवलमा सञ्चालित दुई दिवसीय साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियानसम्बन्धी लुम्बिनी प्रदेशस्तरीय कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रम उदघाटन सत्रको अध्यक्षता संघका अध्यक्ष परितोष पौड्यल, प्रमुख अतिथि सहकारी महासंघका संचालक भिम तुलाचन, अतिथिहरु संघका महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरु, लुम्बिनी प्रदेश बचत संघका बरिष्ठ उपाध्यक्ष प्रकाश ज्ञवाली, जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष, बाके, दाङ, प्यूठान, रुपन्देही र नवलपरासीको जिल्ला बचत संघका अध्यक्षहरुको सहभागिता थियो । त्यसैगरी नेपालगञ्ज, दाङ, रुपन्देही फिल्ड कार्यालय उप समितीका सदस्यहरु, केन्द्रीय उप समितीका सदस्यहरु, नेफस्कून साकोस म्यानेजर्स क्लबका पूर्व अध्यक्ष, साकोस म्यानेजर्स कल्ब लुम्बिनीका अध्यक्ष लगायतका अतिथिहरुको पनि कार्यक्रममा उपस्थिति थियो । 

 

दुई दिनसम्म चलेको कार्यक्रममा दुई वटा बिषयमा प्रस्तुतिकरण रहेको थियो । संघका प्रशासन तथा समन्वय विभाग प्रमुख संजय राज तिमल्सिनाले प्रस्तुति गर्नुभएको थियो । त्यस्तै दोस्रो दिन सहभागीहरुलाई पाचँवटा बिषयमा समूहगत छलफल गराइएको थियो । साधारण सभाको पूर्ब सन्धयामा सदस्य संघ संस्थाका प्रतिनिधिहरुबाट ब्यक्तिगत रुपमा समेत सुझाब संकलन गरिएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका सबै जिल्लाका अगुवा सहकारीकर्मी, संस्थाका अध्यक्षहरु, ब्यबस्थापन प्रमुखहरु गरि १७० भन्दा बढीको सहभागीता रहेको थियो । कार्यक्रम समापन सत्रको अध्यक्षता संघका महासचिब दामोदर अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले  थ्रि पि सम्बन्धी, सन् २०२५ सम्ममा नगदरहित अर्थतन्त्र, व्यवसाय निरन्तरता योजना, सदस्यहरुसँग हार्दिकता बिकास, सुझाब संकलन आदि विषयमा धारणा राख्नुभएको थियो । प्रमुख अतिथि महासंघका सञ्चालक भिम तुलाचनलृ नेफस्कूनले सहकारी प्रबर्धन, बिकास र ब्यावसायिकीकरणम ठूलो योगदान पुर्याएको बताउनुभयो । साथै उहाँले नेफस्कूनका कार्यक्रमहरु सहकारी संघ संस्थाहरुका लागि फलदायी भएको, अभियानको दिगोपना र संस्थाहरुको संस्थागत बिकासको लागि हुने क्रियाकलाप सञ्चालन गर्ने कुरा ब्यक्त गर्नुभयो ।

नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले कोभिड १९ को कारण बिगत १।५ बर्ष देखि संघले सदस्य संघ संस्थाहरुसँग भौतिक रुपमा संचालन हुने कार्यक्रमहरु प्रभाबित भएको उल्लेख गदै संघको रणनितिक योजनाले निर्धिष्ट गरिएको लक्ष्य पूरा गर्न र संचालक समितील बार्षीक योजनामा समाबेष भएका कार्यक्रमहरु सदस्यहरुको बिचबाट मसिनो गरि छलफल, अन्तरक्रिया मार्फत थप प्रस्कृत गर्ने उदेश्यले कार्यक्रम आयोजना गरीएको धारणा राख्नु भयो । साथै कार्यक्रको दौरानमा समुहगत रुपमा, व्यक्तिगत रुपमा संघलाई महत्वपुर्ण सल्लाह,सुझाव प्राप्त भएकोले संघले तेसलाई मार्गदर्शनको रुपमा ग्रहर्ण गरेको धारणा राख्नु भयो । साथै अभियानका अग्रजहरुले डोरेयको  बाटो बाट बिचलीत नभई सदस्यको विश्वास र भरोसामा कमि आउन नदिन वर्तमान संञ्चालक समिति प्रतिवद्ध र जिम्मेवार रहेको धारणा राख्नु भयो ।  संघ नेपालको सहकारी अभियानको जेठो संघ भएको पनि अभियानको पक्षमा बहस र वैरवि अग्र भागमा रहेर काम गरी रहेको धारणा राख्नु भयो ।  

वित्तीय सहकारीहरुको दिगो पनाको लागि वित्तीय सहकारी ऐन आवश्यक रहेको र त्यसको लागि सबै वित्तीय सहकारीकर्मीहरुको खबदारीको आवश्यकता उहाँले औल्याउनु भयो । अर्को प्रसंगमा महासचिव अधिकारीले वित्तीय क्षेत्र बढी जोखिमको क्षेत्र भएकोले पनि स्थिरिकरणको विकल्प नभएको धारणा राख्नु भयो स्थिरिकरण कोषको कार्यान्वयनको लागि सहकारी संस्थाहरुले सहकारी नियमावलीले निर्दिट गरे बमोजिमको कोषमा छुटाएको पैशा जम्मा गर्नु पर्ने धारणा राख्नु भयो ।

त्यस्तै, नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले केन्द्रीय संघ र सदस्य संघसंस्थाहरुबीच निरन्तर अन्तरक्रिया, सिकाई आदनप्रदान, छलफलहरुले मात्र अभियान सुदृढ हुने भएकोले कार्यक्रम आयोजना गरिएको धारण राख्नुभयो साथै यस कार्यक्रमबाट निकै महत्वपूर्ण सल्लाह, सुझाबहरु प्राप्त भएकाले संघले उक्त सुझाबहरु अनुसरण गर्ने र जानकारी गराउने प्रतिबद्धत ब्यक्त गर्नुभयो । यसैबीच, लुम्बिनी प्रदेश नेफ्स्कून साकोस म्यानेजर्स क्लब पनि गठन भएको छ । क्लबको संयोजक अनन्त पाण्डे रहनुभएको छ भने सदस्यहरुमा टिकाराम तिमिल्सिना, बद्री प्रसाद पौडेल र मन्जु गोदार रहनुभएको छ । 

दुई दिन सम्म चलेको कार्यक्रमको संञ्चालन रुपन्देही फिल्ड कार्यालय इन्चार्ज छत्र प्रसाद धमालाले गर्नु भएको थियो । साथै संघका पदाधिकारीहरुले रुपन्देही जिल्लाको सदस्य संस्थाहरुको भ्रमण तथा अवलोकन गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

पाठकबाट थप