‘वृत्ति विकासका लागि बचत तथा ऋण परिचालन कोर्ष गरेँ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘वृत्ति विकासका लागि बचत तथा ऋण परिचालन कोर्ष गरेँ’

इन्दिरा पराजुली

मेरो जन्म २०४८ बैशाख १९ गते उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिकामा भएको हो । हाल म ३ जनाको परिवारसहति मोरङको सुन्दरहरैचामा बसोबासरत छु भने इटहरी ६ स्थित संयुक्त बचत तथा ऋण सहकारी संस्था लि.मा बजार प्रतिनिधिको रुपमा कार्यरत छु । सहकारीमा आबद्ध भएर बजार प्रतिनिधिको रुपमा काम गरेको लामो समय भयो । सुरुमा सहकारी विषयमा आफुलाई बुझ्न समय लाग्यो । आफुले बुझेर सदस्यहरुलाई सहकारी बुझाउने, बचतको महत्व सिकाउने, ऋण तथा अन्य सेवाहरुबारे अवगत गराउने र ऋण सुदपयोगिताका सम्बन्धमा आफुले जाने बुझेको ज्ञान बाँढ्ने काममा आजसम्म लागिपरेकी छु । 

७ वर्षको अनुभवले यस क्षेत्रमै रस बसाएको छ । सहकारीबाहेक अरु सोचेकी छैन । त्यसैले यसै क्षेत्रमा दिगो काम गर्ने मनसायका साथ विभिन्न तालिमहरु पनि लिइरहेकी छु । बजारसँगको सम्बन्धको उपयोग गर्दै अब कार्यालय भित्रका महत्वपूर्ण कामहरु पनि सिक्नुपर्छ र वृत्ति विकास र क्षमता अभिवृद्धिमा लाग्नुपर्छ भन्ने मनमा लागिरहेको थियो । पाएसम्मका प्रयासहरुलाई निरन्तरता दिइरहेको थिएँ ।यसैबीच, नेफ्स्कूनले सीटीईभीटी सम्बन्धनप्राप्त बचत तथा ऋण परिचालक विषयको प्रमाणीकृत कोर्ष सञ्चालन गर्ने सूचना जारी गरेपछि आफु पनि सहभागी हुने सोच बनाएँ । यो कोर्ष गर्ने भनेपछि कार्यालयबाट सकारात्मक सल्लाह प्राप्त भयो र सबैजना सञ्चालक तथा सहकार्रीहरुको सहयोग प्राप्त भयो ।

सहकारीमा बजार प्रतिनिधिको रुपमा काम गरेको धेरै समय भएको र संस्थाको आन्तरिक काममा अनभित्र भएकोले अब सबै विषय सिक्ने इच्छा भएकोले यो कार्ष गरेकी हुँ । फेरि आफु बचत तथा ऋण सहकारी संस्थामा नै काम गरेको हुनाले यसैको केन्द्रमा रहेको बचत तथा ऋण परिचालन कोर्ष गर्नु अनिवार्य जस्तै ठानेँ । त्यसमाथि मुलुकभरका बचत तथा ऋण सहकारीहरुको केन्द्रीय निकाय नेफ्स्कूनले यो कोर्ष सञ्चालन गरेकाले बिना कुनै सन्देह पढ्ने निर्णय गरेकी हुँ । 

अब अन्य काम सिक्ने उद्देश्यले ४० घन्टाको छोटो अवधिको र भर्चुअल पनि भएकाले सजिलो भयो । नेफ्स्कूनले सञ्चालन गरेका तालिमहरु उपलब्धिमूलका भएकाले यो कोर्ष पनि गरेकी हुँ । नेफ्स्कूनका प्रशिक्षकहरुले लिनुभएको कक्षाहरु एकदमै राम्रो भयो । यस कोर्षभित्र हामीले:

ग्रामिण अवस्थाको विश्लेषण, आर्थिक विकास र यसका सूचकहरु,बचतको अवधारण र बचतसम्बन्धी अभ्यासहरु, बचत परिचालनको अवधारणा, बचत योजनाहरु, समूह निर्माण, ऋणको अवधारणा निर्माण तथा महत्व, ऋणको योजना प्रदर्शन, लघु उद्यमको अवधारणा निर्माण, लघु उद्यम व्यवसाय छनौट, सहकारीको अवधारणा, सहकारीका सिद्धान्तहरु, बचत तथा ऋण सहकारीको संगठनात्मक संरचना तथा सञ्जालहरु, नेफ्स्कून, प्रदेश बचत संघ र जिल्ला बचत संघ बिच सञ्जाल सहकार्य , बैठक सञ्चालन र यसको महत्वहरु, सहकारीमा लेखा व्यवस्थापन, कार्य योजना र मूल्यांकन लगायतका विषयमा अध्ययन गर्यौं । यो कोर्षमा सिकेका कुराहरुमध्ये बचत परिचालन, ऋण व्यवस्थापन, कार्यालय व्यवस्थापन, बैठक परिचालन आदि बढी महत्वपूर्ण रहेँ । भर्खरै परिक्षा पनि सकिएको छ । परिक्षा राम्रो भएकोले नतिजा पनि राम्रै आउने विश्वास छ ।

भर्चुअल कक्षा भएकाले केही समस्या त भयो । इन्टरनेले बेलाबखत अफ्ठेरो भयो । कक्षा लिन कुनै कठिनाई भएन ।यद्यपि, भौतिक जस्तो नहुने रहेछ । केही न केही समस्या आइरहदोरहेछ । भौतिक भएको भए निकै बेस हुने थियो । तर यसको फाइदा भनेको हामी जस्तो संघीय राजधानी बाहिरका इच्छुकहरुले पनि घर र कार्यालयको काममा अवरोध बिना पढ्न पनि पायौं । सायद प्रविधिको महत्वपूर्ण फाइदा यो पनि होला ।

पछिल्लो समय म कार्यरत संस्थाले सदस्य शिक्षा, वित्तीय साक्षरता, ऋण सदुपयोगिताका सम्बन्धमा बिशेष जोड दिदै आएको छ भने हामी पनि संस्थाका दूतका रुपमा दैनिक सदस्यहरुसम्म पुग्दा यीनै विषयमा जानकारी उपलब्ध गराउँदछौं । यी विषयमा पनि नेफ्स्कूनका सरहरुले धेरै कुरा सिकाउनुभयो । आफुले जानेका कुराहरु सदस्यहरुलाई बाँढ्ने छु । मैले कामको सिलसिलामा दैनिक साढे २ सय सदस्यहरुसँग प्रत्यक्ष भेटघाट गर्छु । दैनिक ४ घन्टा स्कूटरमा यात्रा गरी सदस्यहरुसँग बचत संकलन र समन्वयका लागि यात्रा गर्छु । यसले गर्दा मेरो सामाजिक सम्बन्ध थप आत्मिय पनि बन्दै गएको छ । महिला भएर साकोसका सदस्यहरुसँग हाम्रा सेवाका बारेमा जानकारी गराउने, उहाँहरुको गुनासो संस्थासम्म पुर्याउने र समाधानको लागि सहजकर्ताको भूमिका निर्वाह गर्दै आएकी छु । कामको सम्मान गर्न सिकेकी छु ।

सहकारीमार्फत आफुलाई अघि बढाउन पाएकोमा  म त खुसी छु नै कार्यालयका सरहरु, परिवारजन  अनि आफन्तहरुपनि हर्षित हुनुहुन्छ । धन्यवाद । जय सहकारी । 
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप