गरिबी निवारणमा सहकारीको योगदान महत्वपूर्ण; दुई प्रदेशको अध्ययन प्रतिवेदन सार्वजनिक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गरिबी निवारणमा सहकारीको योगदान महत्वपूर्ण; दुई प्रदेशको अध्ययन प्रतिवेदन सार्वजनिक

ललितपुर । प्रदेश नं १ र २ को गरिबी निवारणमा सहकारीको योगदानसम्बन्धी अध्ययन प्रतिवदेन आज सावर्जनिक भएको छ । गरिबी निवारणमा सहकारीको योगदानको विषयमा तथ्याङ्गत वा मात्रात्मक जानकारी उपलब्ध नभएको भन्ने लामोसमयको गुनासोका बीच सहकारी अभियानको शीर्ष निकाय राष्ट्रिय सहकारी महासंघको पहलमा काठमाडौं विश्व विद्यालयका प्राध्यापक नेतृत्वको टोलीले वैज्ञानिक, विश्वसनीय अनुसन्धान पद्धति अवलम्बन गरी दुई वटा प्रदेशको अध्ययन प्रतिवदेन तयार पारेको हो ।

आज महासंघले आयोजना गरेको हाइब्रिड कार्यक्रममार्फत प्रमुख अतिथि गृहमन्त्री बालकृष्ण खाणले उक्त प्रतिवदेन सार्वजनिक गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि गृहमन्त्री खाडले पुँजी निर्माण र परिचालनमा सहकारीको योगदान रहेको चर्चा गर्दै नेपालको समग्र विकासका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।  उहाँले उत्पादनमा लगानी भएको सहकारीको पुँजीले राज्य सञ्चालन र जनतालाई सिर्जनशील बनाइरहेको बताउनुभयो । 

सहकारी अभियानले राष्ट्रलाई समृद्ध बनाउने विश्वास ब्यक्त गर्दै महासंघका सल्लाहकार समेत रहनुभएका गृहमन्त्री खाडले राज्य सहकारीप्रति सधैं सकारात्मक रहेको बताउनुभयो । काठमाडौं विश्व विद्यालयका प्रा.डा. बिनोद कृष्ण श्रेष्ठको टीमले तयार पारेको सो प्रतिवेदन तयार गर्दा अपनाइएको पद्धतिलगायत अध्ययन प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गरेको थियो । उहाँले प्रदेश १ र प्रदेश २ को गरिबी न्युनीकरणमा सहकारीको योगदान रहेको, उद्यमशीलता विकास, रोजगारी सिर्जनामा सहकारीको भूमिका अध्ययनले देखाएको बताउनुभयो । उहाँले अझै सहकारी तल्लो तहसम्म, दुरदराजसम्म जानुपर्ने, नियमनलाई प्राभवकारी बनाउनुपर्ने, सहकारी शिक्षा बृद्धि गर्नुपर्ने सुझाव प्रस्तुत गर्नुभयो । 

काठमाडौं विश्वविद्यालयका सह प्राध्यापक दीपेश कार्कीले प्रतिवेदनको विषयमा प्रस्तुती गर्नुभएको थियो भने राष्ट्रिय योजना आयोगका सहसचिव वासुदेव शर्माले टिप्पणी गर्नु भएको थियो । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव अनन्त बस्नेतले सहकारी व्यवसाय प्रवर्धनमार्फत  राष्ट्रिय अर्थतन्त्रलाई सवल बनाउने सरकारको उद्देश्य रहेको बताउँदै अध्ययनलाई अझ बृहत्तर बनाउन सुझाव दिनुभयो । 

समारोहमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले अध्ययन प्रतिवेदनले गरिबी निवारणमा सहकारीले योगदान पु¥याएको देखिंदा खुसी लागेको बताउँदै बहुआयामिक गरिबी घट्नुमा सहकारी प्रयत्न प्रशंसनीय रहेको बताउनुभयो । पूर्वमन्त्री एवं राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडालले कोभिड महामारीको समयमा पनि भौतिक रुपमा २ वटै प्रदेशका २१ जिल्ला भ्रमण गरी प्रतिवेदन तयार गर्नु आपैंmमा उपलब्धी भएको बताउँदै सहकारीले अप्ठेरो र सजिलो दुबै अवस्थामा सदस्यहरुलाई निरन्तर सेवा दिएको विचार ब्यक्त गर्नुभयो ।

महासंघकी वरिष्ठ उपाध्यक्ष एवं आइसीए ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्लले अध्ययन प्रतिवेदनले गरिबी निवारणमा सहकारीको योगदानलाई छर्लङ्ग पारेको बताउँदै योजनाकार र नीति निर्माताहरुलाई लाभदायक हुने बताउनुभयो । महासंघका उपाध्यक्ष रमेश पोखरेलले सहकारी अभियानमा खड्किएको विषयमा उपलब्धी हासिल भएको बताउँदै आगामी दिनमा महासंघले बाँकी ५ वटा प्रदेशको गरिबी न्यूनिकरण सम्बन्धमा अध्ययन गर्ने योजना रहेको बताउनुभयो । 

महासंघका कार्यक्रम अधिकृत अमित अधिकारीले सञ्चालन गर्नु भएको सो समारोहमा विभिन्न सहकारी संघसंस्थाहरुका अध्यक्ष तथा प्रतिनिधि, महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बा, नायब महाप्रबन्धक बाबुल खनाल लगायत सरोकारवालाहरुको भौतिक सहभागिता थियो भने जुममार्फत पनि उल्लेख्य सहभागिता थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप