पोखरा रोयल साकोसकी पहिलो महिला अध्यक्ष भन्नुहुन्छ, ‘म कन्फिडेन्ट छु’ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरा रोयल साकोसकी पहिलो महिला अध्यक्ष भन्नुहुन्छ, ‘म कन्फिडेन्ट छु’ 

‘मेरो सम्पूर्ण समय पोखरा रोयललाई हो’: अध्यक्ष रुद्र कुमारी गुरुङ

काठमाडौं । पोखरा महानगरपालिका-१० मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.को असोज १६ गते शनिबार सम्पन्न २० औं वार्षिक साधारण सभाले रुद्र कुमारी गुरुङको अध्यक्षतामा सञ्चालक समिति तथा हर्क बहादुर गुरुङको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित गरेको हो । नवनिर्वाचित अध्यक्ष गुरुङले साकोस आवाजसँग खुसी साट्नुभयो, ‘गर्व लागेको छ सँगै जिम्मेवारी बोध पनि भएको छ ।’ स्थापनाकालदेखि कै सदस्य उहाँ २ कार्यकाल सञ्चालक सदस्य, १ कार्यकाल कोषाध्यक्ष र अघिल्लो कार्यकाल उपाध्यक्ष हुँदै हाल अध्यक्ष निर्वाचित हुनुभएको हो । 

२ दशकको गर्विलो इतिहास बोेकेको पोखरा रोयल साकोसमा रुद्र कुमारी गुरुङ पहिलो महिला अध्यक्ष निर्वाचित हुनुभएको हो । ‘मुलुककै प्रतिष्ठित बचत ऋण सहकारी संस्थाको अध्यक्षमा महिला निर्वाचित भएकोमा कस्तो महसूस भएको छ ?’ भन्ने साकोस आवाजको जिज्ञासामा उहाँ भन्नुहुन्छ, ‘पक्कै खुसी लागेको छ ।' महिलाले झन नेतृत्व हाँक्न सक्छन् भन्ने लाग्छ । महिलाहरु बढी लगनशील र जिम्मेवार हुन्छन् । पोखरा रोयलमा ७० प्रतिशतभन्दा बढी महिला सदस्य भएको र साकोसले सञ्चालन गरेको लघुवित्तमा पनि थुप्रै महिला सहभागी भएका कारण सबै जना आफु अध्यक्ष निर्वाचित भएकोमा हर्षित भएको र सद्भाव समेत रहेको दाबी नवनिर्वाचित अध्यक्षले गर्नुभयो । 'म कन्फिडेन्ट छु,’ अध्यक्ष गुरुङले भन्नुभयो, ‘मेरो सम्पूर्ण समय पोखरा रोयल साकोसलाई हो ।’ पारिवारिक जिम्मेवारी र अन्य कामको बोझ हाल नभएकोले मेरो सम्पूर्ण समय पोखरा रोयललाई नै हो ।’ महिलाले गर्न सक्ने नसक्ने भन्ने विषय मानिसहरुको हेर्ने नजर र सोचाइमा भर पर्ने समेत उहाँले बताउनुभयो ।

संस्थामा विभिन्न भूमिका निर्वाह गर्दै खुट्किलो उक्लदै अध्यक्ष बनेका कारण काम गर्न सहज हुने दाबी गुरुङ गर्नुहुन्छ । खासगरी पछिल्लो ४ वर्ष 'Chairperson in waiting' को रुपमा काम गरेकोले पनि सबैको विश्वास जित्दै निर्विरोध अध्यक्ष बन्न सहज भएको दाबी उहाँले गर्नुभयो । ‘साकोस सञ्चालन टीम वर्क हो । सबै साथीहरुबीच एकता र हार्दिकता छ, ’अध्यक्ष गुरुङले भन्नभुयो, ‘संस्थाप्रति माया र लगाव राखेर काम गर्दा पक्कै अपेक्षाकृत नतिजा निक्लन्छ भन्ने विश्वास छ ।’

नव निर्वाचित समितिमा १ जना मात्र नवप्रवेशी हुनुहुन्छ । समितिमा रहेर एकताबद्ध हिसाबले संस्था र सदस्यको भलाईलाई केन्द्रमा राखेर काम गर्न सबै प्रतिबद्ध रहेको अध्यक्ष गुरुङले बताउनुभयो । ‘हाम्रो लक्ष्य भनेको कास्कीको नम्बर वन साकोसलाई नेपालको नम्बर वन बनाउने हो, ’अध्यक्ष गुरुङले भन्नुभयो, ‘त्यसलाई मुख्य आधार मानेर परिलक्षित कार्यक्रमहरु तय गर्ने र जिम्मेवारीबोधका साथ काम गर्न सम्पूर्ण टीम दृढ संकल्पित छौं ।’

नियम कानुनको परिधिभित्र रहेर सुशासित बनाउँदै अघि बढ्ने उहाँले बताउनुभयो । विगतबाट नै जुझारु र सशक्त ढंगले सदस्यहरुको विश्वास जित्दै अघि बढेको पोखरा रोयल साकोसलाई नयाँ उर्जाका साथ थप गतिशीलता प्रदान गर्ने काम नयाँ सञ्चालक समितिले गर्ने अध्यक्ष गुरुङले  बताउनुभयो । उहाँले भन्नभुयो, ‘सञ्चालक समितिको बैठकमार्फत नयाँ कार्यक्रमहरु र योजनाहरु तर्जुमा गर्छौ ।’ प्रत्येक सञ्चालकलाई निर्दिष्ट जिम्मेवारीसहित दायित्वबोध हुने हिसाबले काम गर्ने प्रचलनलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।

हाल ३ वटा सेवा केन्द्रमार्फत कास्की, स्याङ्जा, लमजुङ र तनहुँ गरी ४ जिल्लाभर सेवारत पोखरा रोयल साकोसको ध्यान गण्डकी प्रदेशभर कार्यक्षेत्र प्राप्त गर्ने र सेवा विस्तार गर्नेतर्फ छ । कुनै काम गर्दा वा जिम्मेवारी लिदाँ स्वाभाविक रुपमा चुनौतीहरु देखापर्ने भएपनि नेतृत्वको क्षमता नै त्यस्ता चुनौतीहरुलाई चिर्दै अघि बढ्नुमा हुन्छ भन्दै नवनिर्वाचित अध्यक्ष गुरुङले आफ्नो टीम चुनौतीको डटेर सामना गर्दै संस्थालाई अब्बल बनाउन अहोरात्र खटिने विश्वास हामीसँग बाढ्नुभयो । उहाँले भन्नुभयो, ‘बृहत्तर रुपमा भन्नुपर्दा सदस्यमुखी र सुशासनयुक्त साकोस बनाउने मुख्य’ जिम्मेवारी हो । 

त्यसो त, गुरुङ्कै नेतृत्वको पोखरा रोयलका महिला सेयर सदस्यहरुको सहभागितामा रोयल दिदीबहिनी किचन पनि हाल सञ्चालनमा छ । उहाँ नेफ्स्कून पोखरा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य समेत हुनुहुन्छ । २ दशक अघि पोखरा रोयलको तत्कालीन संस्थापन समूहका सदस्यहरुको आग्रहमा ‘समाज र समुदायका लागि केही गरौं’ भन्ने भावसाथ सहकारीमा जोडिनुभएकी गुरुङको आगामी कार्यकाल सफल बनोस्, साकोस आवाजको तर्फबाट उहाँसँगै सम्पूर्ण समितिलाई हार्दिक बधाई तथा शुभकामना ।

भर्खरै
चितवन स्थित मनकामना साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित मनकामना साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

ऋण असुली कार्यविधि निर्माणमा सहकारीको चासो
ऋण असुली कार्यविधि निर्माणमा सहकारीको चासो

२ दिन अगाडि

नेफ्स्कूनद्वारा धादिङमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सम्पन्न
नेफ्स्कूनद्वारा धादिङमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सम्पन्न

२ दिन अगाडि

सहकारी सुशासन र कानुनी परिपालनामा जोड दिदै निजगढमा अनुशिक्षण कार्यक्रम
सहकारी सुशासन र कानुनी परिपालनामा जोड दिदै निजगढमा अनुशिक्षण कार्यक्रम

२ दिन अगाडि

पाल्पा रामपुर स्थित अन्धकारमुक्ति साकोस स्क्यान कार्यक्रममा आबद्ध
पाल्पा रामपुर स्थित अन्धकारमुक्ति साकोस स्क्यान कार्यक्रममा आबद्ध

२ दिन अगाडि

प्रगतिपथ साकोस स्क्यान कार्यक्रममा आबद्ध
प्रगतिपथ साकोस स्क्यान कार्यक्रममा आबद्ध

२ दिन अगाडि

सहकारी ऐन २०७४ संशोधन गर्न जारी अध्यादेशबारे छलफल : संशोधनका क्षेत्र तय गरी सुझाव संकलन गर्न साकोस अभियानको कार्यदल सक्रिय
सहकारी ऐन २०७४ संशोधन गर्न जारी अध्यादेशबारे छलफल : संशोधनका क्षेत्र तय गरी सुझाव संकलन गर्न साकोस अ...

२ दिन अगाडि

चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

लोकप्रिय
आयाम साकोस चन्द्रागिरीको स्क्यान तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न
आयाम साकोस चन्द्रागिरीको स्क्यान तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

प्रभातकालीन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
प्रभातकालीन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१२ दिन अगाडि

पाल्पा रामपुर स्थित श्री ग्रामिण विकास साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
पाल्पा रामपुर स्थित श्री ग्रामिण विकास साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

५ दिन अगाडि

सिटिइभिटी पाठ्यक्रममा आधारित सहकारी व्यवस्थापक कोर्षको आठौं व्याच सुरु
सिटिइभिटी पाठ्यक्रममा आधारित सहकारी व्यवस्थापक कोर्षको आठौं व्याच सुरु

७ दिन अगाडि

सञ्चालकहरुको एक दिवसीय क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको एक दिवसीय क्षमता विकास तालिम सम्पन्न

७ दिन अगाडि

हाँडीगाँउ स्थित जय अजिमा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम सम्झौता सम्पन्न
हाँडीगाँउ स्थित जय अजिमा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम सम्झौता सम्पन्न

३ दिन अगाडि

चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

दोलखाको जनमुखी साकोसमा व्यवसाय विकास सेवा कार्यक्रम अभिमुखिकरण 
दोलखाको जनमुखी साकोसमा व्यवसाय विकास सेवा कार्यक्रम अभिमुखिकरण 

२३ दिन अगाडि

पाठकबाट थप