सिन्धुलीस्थित सिद्धबाबा सहकारीको १४औं बार्षिक साधारणसभा सुरु 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुलीस्थित सिद्धबाबा सहकारीको १४औं बार्षिक साधारणसभा सुरु 

सिन्धुली । सिद्धबाबा बचत तथा ऋण सहकारी संस्था लि. सिन्धुलीको १४ औं साधाणसभा असोज १६ गते शनिबार कमलामाई नपा ६ स्थित आफ्नै हलबाट उद्घाटन गरी सुरु गरिएको छ । संस्थाका अध्यक्ष गोकर्ण प्रसाद सुबेदीको सभापतित्व र प्रदेश बचत तथा ऋण सहकारी संघ बागमतीका संचालक एबम् जिल्ला बचत तथा ऋण सहकारी संघ सिन्धुलीका कोषाध्यक्ष कृष्ण हरि कोइरालाको प्रमुख आतिथ्यमा उदघाटन सत्र सम्पन्न भएको थियो । संस्थाका सचिव शारदाप्रसाद पहाडीबाट संचालित सो सभामा सञ्चालक मनमाया क्षेत्री थापाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

हाल ३०३ सेयर सदस्य रहेको संस्थाको साधारण सभामा आर्थिक वर्ष २०७७र२०७८को रु १३५,८०,९६६र२२ को वासलत , १६,२५,१६७र८० आम्दानी कारोवार र  ६,०६,५१६र८०  सन्चालन नाफाको विवरण कोषाध्यक्ष कौशिला थापाबाट प्रस्तुत भएको थियो भने संस्थाको प्रगति प्रतिबेदन अध्यक्ष गोकर्ण प्रसाद सुवेदी र बार्षिक कार्य योजना सचिब शारदाप्रसाद पहाडी र लेखा सुपरिवेक्षण समिति सदस्य राम बहादुर थापाबाट लेसुसको प्रतिबेदन प्रस्तुत भइ सभाद्वारा पारित भएको थियो ।

उक्त सभामा प्रमुख अतिथि कोइराला र बिशेष अतिथिको रूपमा जिल्ला सहकारी संघ सिन्धुलीका अध्यक्ष कृष्णराज केसी तथा कमलामाई नगरपालिका प्रतिनिधि बबिन्द्र माझीले संस्थालाई कोपोमिस सफ्टवेयर तिर अघि बढ्न र संस्थालाई अझ सुब्यबस्थित बनाउन विभिन्न सुझाव र निर्देशनहरु दिनुभएको थियो भने राष्ट्रसेवक साकोसका उपाध्यक्ष गणेश श्रेष्ठले संस्था मार्फत समाजमा सामाजिक योगदान गर्न सहयोग पुगेको बिचार राख्दै  शुभकामना व्यक्त गर्नुभएको थियो ।

सो सभामा असल ऋणीको रूपमा सुर्य बहादुर ठोकर र असल बचत कर्ताको रूपमा धनमाया आछामी मगरलाई दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको थियो । साधारणसभाको दोस्रो सत्रमा सेयर सदस्यहरुबाट विभिन्न रचनात्मक सुझाव प्राप्त हुनुका साथै शिक्षा उपसमिति र ऋण उपसमितिलाई पुनर्गठन समेत गरिएको छ । साधारसभाको समापन यही आश्विन २३ गते हुने कार्यक्रम रहेको छ ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप