सल्यानस्थित ग्रामीण साकोसको २७औं बार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सल्यानस्थित ग्रामीण साकोसको २७औं बार्षिक साधारणसभा सम्पन्न

सल्यान । कर्णाली प्रदेशकै उत्कृष्ट सहकारीको रुपमा पहिचान बनाउन सफल सल्यान जिल्ला कै जेठो सहकारी संस्था ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. सल्यानले आफ्नो २७औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कोभिड–१९ महामारीलाई मध्यनजर गरी सहकारी विभागद्वारा जारी मार्ग निर्देशन तथा संस्थाको साधारण सभा सञ्चालन कार्यविधि २०७७ अनुसार यही आश्विन १४ गते देखि १६ गते सम्म सदस्य सभा सञ्चालन गरी सम्पन्न गरेको हो । 

संस्थाका अध्यक्ष धिरेन्द्र कुमार शाक्यको अध्यक्षतामा बसेको उक्त साधारण सभाको उद्घाटन शारदा नगरपालिकाको नगर प्रमुख सुरेश अधिकारीले गर्नुभएको थियो । सोही अवसरमा जिल्ला सहकारी संघका अध्यक्ष केशव सिंह श्रेष्ठले सल्यान जिल्लाको समग्र सहकारी गतिविधिहरुबारे प्रष्ट पार्दै शुभकामना व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन प्रबन्धक शान्ता राईले गर्नुभएको थियो भने शुभकामना तथा स्वागत  मन्तव्य उपाध्यक्ष सुगन्ध कुमार श्रेष्ठले गर्नुभएको थियो । 

संस्थालाई कोभिड १९ को महामारीले प्रत्यक्ष असर पुर्याएता पनि यस संस्थाको सेयर सदस्यहरुको वित्तिय अनुशासन, संस्थाको सुशासन, प्रष्ट नीति, विधि र प्रविधि तथा सञ्चालन कर्मचारीहरुको लगनशिलताका कारण संस्थालाई सुरक्षित गर्न सफल भएका छौं । समय अनुसार संस्थालाई प्रविधियुक्त बनाउँदै लैजाने उद्देश्यले संस्थामा एसएमएस प्रणाली, मोवाइल बंकिङ्क, दैनिक बचत संकलनको लागि ट्याव जस्ता प्रविधि मार्फत शेयर सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको व्यहोरा अध्यक्ष धिरेन्द्र कुमार शाक्यले जानकारी गराउनुभयो । 

संस्थाले प्रदान गर्ने वस्तु तथा सेवालाई गुणस्तरीय, दीगो, भरपर्दो, विश्वासिलो, सुरक्षित र परिणाम मुखी बनाई शारदा नगरपालिकाका जनताको वित्तिय समस्या समाधानको लागि पहिलो रोजाई ग्रामीण साकोस बन्नुपर्छ भनी विभिन्न सदस्य मुखी कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी संस्थाका अध्यक्ष शाक्यले दिनुभयो । यस संस्थाको सेयर सदस्य १९ सय २१ जना र बाल बचत कर्ता ४ सय २६ जना गरी जम्मा २३ सय ४७ जना सदस्यहरु मार्फत पूँजी संकलन गरी सेवाहरु प्रदान गर्दै आएको छ । 

यस संस्थाको कुल सेयर पूँजी रु. २ करोड ४२ लाख २३ हजार २ सय, बचत निक्षेप १५ करोड ९४ लाख २९ हजार २ सय ७५, लगानीमा रहेको ऋण रु. १५ करोड २४ लाख ८ हजार ३ सय ६ र जगेडा कोष रु. २ करोड २९ लाख ९२ हजार ५ सय १४ रहेको जानकारी संस्थाका कोषाध्यक्ष लक्ष्मण  कुमार राई र प्रबन्धक शान्ता राईले जानकारी दिनुभयो । त्यसैगरी संस्थाको सांगठनिक प्रतिवेदन र सम्पूर्ण गतिविधि समेटिएको प्रगति प्रतिवेदन सचिव सनत कुमार शर्माले प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरीवेक्षण समितिका संयोजक कमल अधिकारीले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

पाठकबाट थप