रूपन्देही । नेफस्कून-रूपन्देही बचत तथा ऋण सहकारी संघ साझेदारी कार्यक्रम अन्तर्गत बुटवल (१३ बेलवास) स्थित सचेत महिला साकोस नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) मा आबद्ध भएको छ । सो सम्बन्धमा आज साकोसको कार्यालयमा सम्झौता पत्र हस्ताक्षर तथा आदानप्रदान सम्पन्न भएको छ । नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काका अनुसार साढे ४ करोड बढी वासलात भएको साकोसमा हाल ६ सय बढी सदस्य आबद्ध छन् ।
त्रिपक्षीय सम्झौतामा नेफ्स्कूनकोतर्फबाट कार्यक्रम अधिकृत खड्का, जिल्ला संघको तर्फबाट व्यवस्थापक शर्मिला गौतम भट्टराई र साकोसका तर्फबाट अध्यक्ष फुलमाया रानाले हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा साकोसकी उपाध्यक्ष वोम कुमारी काउचा, लेखा सुपरिवेक्षण समिति संयोजक सिमा थापा, सदस्य विमला गैरे, ऋण उपसमिति सदस्य मनु आले, ऋण उपसमिति सदस्य गंगा कुमारी विक, सचिव शुभेच्छा थाप क्षेत्री, सदस्य पद्मा घिमिरे र व्यवस्थापक उमा गुरुङको रोहबरमा हस्ताक्षर भएको थियो ।
१३ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
२ दिन अगाडि
१३ घण्टा अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
६ दिन अगाडि
५ दिन अगाडि
२४ दिन अगाडि