'साकोसहरुको अभिमत लिने कार्यक्रम यो स्तरमा विगतमा भएको थिएन'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'साकोसहरुको अभिमत लिने कार्यक्रम यो स्तरमा विगतमा भएको थिएन'

(नेफ्स्कूनले 'साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान' विषयक प्रदेशस्तरीय कार्यक्रमको सुरुवात यही असोज १० गते गरेको थियो । पहिलो दिन प्रदेश नं २, गण्डकी र सुदूर पश्चिम प्रदेशमा कार्यक्रम आयोजना गरिएका थिए । तीमध्ये प्रदेश नं २ को कार्यक्रम महोत्तरीको बर्दिबासमा आयोजना गरिएको थियो । बचत तथा ऋण सहकारी अभियानमा संलग्न तथा सरोकारवालाहरु बीच अभियानका सामयिक सवालहरुमा साझा अवधारणा विकास गरी साझा सेवाहरुको प्रबलीकरण तथा सञ्जाल निर्माणको उद्देश्यले सञ्चालित कार्यक्रमका सम्बन्धमा सर्लाहीको हरिऔनस्थित सुगन साकोसका व्यवस्थापक रबिन्द्र रानाको विचार यहाँ समेटेका छौं ।)

रविन्द्र राना
व्यवस्थापक
सगुन बचत तथा ऋण सहकारी संस्था लि.
हरिवन ११, सर्लाही, प्रदेश नं.२

कोरोना महामारीको जोखिम कायमै रहेको अवस्थामा समेत स्वास्थ्य मापदण्ड अपनाई धेरै भन्दा धेरै साकोसहरुलाई आमन्त्रण गरी प्रदेश स्तरमा गरिएको कार्यक्रम भएकोले यो कार्यक्रम विशेष रह्यो । संस्थालाई सुरक्षित, सबल, तथा प्रविधिमैत्री बनाई सदस्यहरुलाई अधिकतम सुविधा प्रदान गर्न नेफस्कून र साकोसबीच कस्तो भूमिका हुनुपर्छ ? नेफस्कूनले अभिभावकको भूमिका निभाउने क्रममा साकोसलाई दिने सेवाहरु तथा संरक्षण कस्तो हुनु पर्दछ ? साकोसहरुले नेफस्कूनबाट पाउने सेवा सजह र सरल रुपले पाउन के के गर्नु पर्दछ ? साथै साकोसहरुले अभिभावकलाई कसरी साथ र सहयोग गर्नु पर्दछ ? भन्ने विषयमा कार्यक्रम केन्द्रित थियो । साझा सेवा प्रयोग साकोसहरुको हितमा कसरी प्रयोग गर्ने तथा सञ्जाल निर्माणले सकोसहरुलाई कसरी फाइदा पुग्छ भन्ने विषयमा कार्यक्रम केन्द्रीत थियो । जहाँ प्रदेशस्तरीय साकोस म्यानेजर्स क्लब गठन तथा यसले गर्ने कार्यहरुको बारेमा समेत गहन चर्चा गरिएको थियो ।

नेफ्स्कूनको वार्षिक साधारण सभा आउँदै रहेको अवस्थामा साकोसहरुको अभिमत लिने कार्य यस भन्दा अघि भएको जस्तो लाग्दैन, भएको भएपनि प्रदेश नं. २ मा त्यस्तो भएको थिएन । यसले हाम्रो प्रदेशको साकोसहरुको झेल्नु परेको समस्या तथा साकोसहरुले समस्याको बाबजुद गरिहेको कार्य र साकोसहरुको नेफस्कून प्रतिको अपेक्षाको बारेमा पक्कै नेतृत्व गर्वले काठमाण्डौमा समिक्षा गर्नुहोला भन्ने लागेको छ । यसर्थ यो कार्यक्रम अन्य कार्यक्रम भन्दा फरक रहेको मैले पाएँ ।

लगभग १५० भन्दा बढि साकोस तथा जिल्ला बचत संघहरुको उपस्थिति रहेको कार्यक्रम प्रदेश नंं. २ साकोस अभियानको लागि सुखद रहेको मैले अनुभव गरेको छु । यस प्रकारको कार्यक्रमले प्रदेशभर सञ्जाल निर्माण गर्न, एक अर्का साकोसहरुबीच, एक अर्को कर्मचारीहरुबीच आत्मियता बढाएको मैले पाएको छु । यस प्रकारको कार्यक्रम बर्षमा कम्तिमा २ पटक सम्म गर्न सके साकोसको साझा आवश्यकता पहिचान तथा साकोस सवलिकरणमा कोशेढुङा सावित हुनेछ । समग्रमा कार्यक्रम फलदायी रहेको मैले पाएँ ।

नेफस्कूनले सम्पुर्ण साकोसहकरुलाई भनिरहेको कुरा हो–साकोस स्तरीकरण कार्यक्रम, स्थिरिकरण कोष र प्रविधिमा साकोसहरु जानैपर्छ । म भन्छु यो सबै संस्था सुरक्षित तथा मजबुद गर्ने अभियान हो । सबै साकोसहरु नेफस्कूनले संचालन गरेको कार्यक्रममा सरिक हुनुपर्दछ । यसले साकोसलाई शुसासन तथा सहकारी अभियानलाई माथि उठाउन सहयोग गर्दछ । स्थिरीकरण कोषको बारेमा साकोसहरु अझै स्पष्ट हुन सकेका छैनन् । नेफस्कूनले यसमा पहलकदमी लिन आवश्यक देख्दछु । सो सम्बन्धमा आवश्यक प्रशिक्षण तथा कार्यक्रम तल्कालै गर्नुपर्ने आवश्यकता देख्दछु । प्रविधिविना साकोसको कल्पना गर्न सकिदैन, नेफस्कूनले सबै विकल्प सहितको आजको आवश्यकता अनुसारको पुर्ण सफ्टवेयर निर्माण गरेमा सम्पूर्ण साकोहरुले प्रयोग नगर्ने कुरै आउदैन । यस कार्यमा नेफस्कून अगाडि बढिसकेको मैले जानकारी पाएको छु ।

अन्त्यमा, सहकारी सञ्जालमा म्यानेजर्स क्लबको आज म प्रदेश संयोजक पनि भएको छु, सम्पुर्ण म्यानेजर साथीहरुलाई यो सुरुवात मात्र भएको जानकारी गराउन चाहन्छु । आगामी दिनहरुमा यो पदमा सम्पुर्ण साथिहरुलाई नै देखिरहेको छु । सबै हातमा हात मिलाई साकोस अभियानलाई अगाडि बढाउनुपर्छ । साथै सम्पुर्ण म्यानेजर साथीहरुलाई म्यानेजर्स क्लबमा आबद्ध हुन आग्रह पनि गर्छु ।


 


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप