जनसेवा सकोसको २९ औं बार्षिक साधारण सभा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनसेवा सकोसको २९ औं बार्षिक साधारण सभा सम्पन्न 

कास्की । जिल्लाको पुरुन्चौरमा अवस्थित जनसेवा बचत तथा ऋण सहकारी संस्था लि.को २९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सप्ताहव्यापी साधारणसभाको उद्घाटन पोखरा महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष शोभामोहन पौडेलले गर्नुभएको थियो । 

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष पौड्यालले सहकारीहरुले नाफा सँगै सदस्य सेवा विस्तारमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले सहकारीसँग भएका असल अभ्यासहरुलाई अन्य सहकारी संस्थाहरुबाट लिन र आफ्नोमा भएका असल अभ्यासहरुलाई पनि अन्य सहकारीमा दिन सञ्चालक समितिलाई अनुरोध गर्नुभयो । सहकारीले अति विपन्न बर्गमा पुगेर वित्तिय शिक्षाको माध्यमबाट सदस्यहरुलाई सहकारीको मुल धारमा ल्याउनुपर्ने विचार अध्यक्ष पौड्यालले राख्नु भएको थियो । साथै कार्यक्षेत्र भित्रका सहकारी एकीकरणमा जनसेवा साकोसले अभिभावकको भुमिका निर्वाह गर्दै त्यसको थालनी साकोसबाटै हुनुपर्ने कुरामा जोड दिनुभएको थियो । 

संस्थाका कुल १८ सय ६० सदस्यहरुमा १३ सय ६९ जना सदस्यहरुको साधारण सभामा उपस्थिति रहेको संस्थाले जनाएको छ । समापन कार्यक्रममा संस्थाले बर्ष भरी विभिन्न विधामा उत्कृष्ट हुने सदस्यहरुलाई सम्मान गरेको थियो । जसमा बर्षको उत्कृष्ट सदस्य, बार्षिक उत्कृष्ठ बचतकर्ता महिला १ र पुरुष १ जना, बार्षिक उत्कृष्ट कारोवार कर्ता महिला १ र पुरुष १ जना, संस्थामा सबै भन्दा धेरै शेयर जम्मा गर्ने २ जना (महिला १ र पुरुष १ जना), उत्कृष्ट बाल बचत कर्ता २ जना, बर्षको उत्कृष्ट सुुझाव कर्ता १ जना, बार्षिक सबै भन्दा धेरै सदस्यता बृद्धिमा योगदान दिने सदस्य १ जना गरी सबैलाई रु १५ हजार बराबरको १५ कित्ता सेयर सहित  सम्मान गरिएको थियो । 

त्यसैगरी कार्यक्षेत्र भित्रका सामुदायिक विद्यालयबाट एस.ई.ई मा उत्कृष्ट जि.पि.ए. ल्याउने शेयर सदस्यका छोरा छोरी हरु २ जना (१ छात्रा र १ छात्र) लाई नगद रु.२ हजार र प्रमाण पत्र सहित सम्मान गरिएको थियो । त्यसै गरी संस्थाका जेष्ठ सदस्य १० जना (५ जना महिला र ५ जना पुरष) लाई समेत सम्मान गरिएको थियो । उत्कृष्ट हुने सदस्यहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कूनकी सञ्चालक कमालादेवी गिरी द्धारा प्रमाण पत्र र खादा लगाई सम्मान गरिएको थियो । 

असोज ३ गते संस्थाको आफ्नै सभाहलबाट सप्ताहव्यापी साधारणसभा सुभारम्भ गरेको संस्थाले क्षेत्रगत रुपमा सदस्यता उपस्थिति र सुझाव संकलन गरी असोज ९ गते सभाको समापन गरेको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप