कञ्चनपुरको प्रगति साकोसको १४औ बार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कञ्चनपुरको प्रगति साकोसको १४औ बार्षिक साधारणसभा सम्पन्न

कञ्चनपुर । प्रगति बचत तथा ऋण सहकारी संस्था लि. कञ्चनपुरको १४औ बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिनेश सिंह महराको सभापतित्वमा आयोजित सभाको उद्घाटन सुदुर पश्चिम प्रदेश बचत संघका अध्यक्ष माधव प्रसाद जोशीले गर्नुभएको थियो ।

अध्यक्ष जोशीले छोटो समयमा प्रगति साकोसले गरेको प्रगति प्रशंसायोग्य रहेको बताउनुभयो । आर्थिक वर्ष ०७७।०७८ मा ५ करोड १५ लाख को कारोवार गरेको संस्थाले खुद १० लाख १८ हजार मुनाफा आर्जन गरेको छ । यस्तै संस्थाले आर्थिक वर्ष २०७८।०७९ मा शेयर संकलन, बचत संकलन तथा ऋण लगानीमा बृद्धि गरी कुल कारोवार ८ करोड पुर्याउने लक्ष्य लिएको छ ।  

त्यसैगरी सस्थाले उत्कृष्ट ऋणी, उत्कृष्ट बचत कर्ता, उत्कृष्ट कर्मचारी र जेष्ठ नागरिक सेयर सदस्यलाई प्रमाणपत्र सहित सम्मान गरेको थियो । सम्मानित हुनेहरुमा उत्कृष्ट ऋणी तर्फ शुक्लाफाँटा ११ का करन सिंह विष्ट, उत्कृष्ट बचतकर्ता तर्फ शुक्लाफाँटा १२ का यज्ञराज पन्त, उत्कृष्ट कर्मचारी तर्फ मञ्जु विष्ट ऐर, शुक्लाफाँटा ११ का ज्येष्ठ नागरिक दान बहादुर दमाईलाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । संस्थामा हाल ६ सय ९६ सदस्य छन् ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप