हाम्रो साकोसद्वारा जेष्ठ सदस्य-विद्यार्थी सम्मान तथा वित्तीय साक्षरता कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो साकोसद्वारा जेष्ठ सदस्य-विद्यार्थी सम्मान तथा वित्तीय साक्षरता कार्यक्रम

ललितपुर ।  ललितपुर–६, प्रयागपोखरी मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्य - विद्यार्थी सम्मान तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले असोज २३ गते शनिवार एक कार्यक्रम गरी एसईई, प्लस टू, ब्याच्लर्स, मास्टर्स र एमफिल गर्ने सदस्य र सदस्यका छोराछोरीलाई सम्मान, उत्कृष्ट कारोबार गर्ने सदस्यलाई सम्मान गरेको हो । त्यस्तै जेष्ठ सदस्यहरुलाई दोसल्ला ओढाई ब्ल्याङ्केट दिएर सम्मान गरिएको हो । संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयाल लगायत संस्थाका सञ्चाल समितिका पदाधिकारी तथा सदस्यहरुले जेष्ठ सदस्य र विद्यार्थी सम्मान सम्मान गर्नुभएको थियो । करिब १ सय ३० जना विद्यार्थी, ४० जना जेष्ठ सदस्य र उत्कृष्ट कारोबार गर्ने सदस्यलाई सम्मान गरिएको थियो । हरेक वर्ष सम्मान गर्ने आएको संस्थाले गत वर्ष भने कोभिड संक्रमणका कारण गर्न सकेको थिएन ।

त्यस्तै संस्थाले वित्तीय साक्षरता कार्यक्रम समेत सम्पन्न गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले कार्यक्रममा संस्थाले गर्दै आएको काम, संस्थाको प्रडक्ट, सदस्यलाई प्रदान गर्दै आएको सेवा, संस्थाको वित्तीय अवस्था, सामाजिक क्षेत्रमा गरेको काम लगायतको विषयमा जानकारी गराउनु भएको थियो । त्यस्तै सहकारी प्रशिक्षक तेजप्रसाद बजगाईले वित्तीय साक्षरताको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले बचतको महत्व, बचत कसरी गर्ने, बचत गर्नुको फाईदा, सहकारीमा बचत किन गर्ने लगायतको विषयमा प्रशिक्षण दिनुभएको थियो ।

२०५५ साल फागुन १३ गते दर्ता भई सञ्चालनमा आएको यस संस्था नेफ्स्कूनले एशियाली ऋण महासंघसँगको समन्वयमा सञ्चालन गरेको साकोस गुणस्तरीयता सम्बन्धी स्तरीकरण कार्यक्रम एक्सेसमा समेत आबद्ध रहेको छ । संस्थाले मुख्य कार्यालय, काठमाडौंको बालाजु, ललितपुरको चापागाउँ र गोटिखेलबाट सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

५ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप