पोखराको मिलिजुली साकोस ‘ प्रोबेसन’ मा आबद्ध, जतिसक्दो छिटो ब्रान्ड पाउने लक्ष्य
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखराको मिलिजुली साकोस  ‘ प्रोबेसन’ मा आबद्ध, जतिसक्दो छिटो ब्रान्ड पाउने लक्ष्य

कास्की । पोखरा ४ चिप्लेढुङ्गास्थित मिलिजुली बचत तथा ऋण सहकारी संस्था लि प्रोबेसन कार्यक्रममा आबद्ध भएको छ । संस्थालाई नीति, विधि र प्रविधि अनुरुप थप व्यावसायिक र सुशासित बनाउन छाता संघ नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको स्तरीकरणसम्बन्धी पूर्ण तथा व्यावासायिक साकोस विकास कार्यक्रम प्रोबेसनमा आबद्ध भएको संस्थाका अध्यक्ष ज्ञानहरि आचार्यले साकोस आवाजलाई बताउनुभयो ।

आज साकोसको कार्यालयमा प्रोबेसन सम्झौतामा हस्ताक्षर तथा आदानप्रदान गरिएको थियो । उक्त संक्षिप्त कार्यक्रममा नेफ्स्कूनकातर्फबाट बरिष्ठ अधिकृत भरत न्यौपाने, पोखरा फिल्ड कार्यालय इन्चार्ज यमकला सुवेदी, बरिष्ठ सहायक दिप्ती आचार्य सहभागी हुनुहुन्थ्यो भने मिलिजुली साकोसकातर्फबाट अध्यक्ष आचार्य, सचिव लेखनाथ पौडेल, व्यवस्थापक रामजी सुवेदी र ऋण सहायक पारसमणि बराल सहभागी हुनुहुन्थ्यो ।  

अध्यक्ष आचार्यले भन्नुभयो, ‘निरन्तर प्रगति उन्मुख साकोसलाई स्तरीकृत बनाउँदै संस्थागत छवि उँचो बनाउन तथा नेफ्स्कूनले भन्दै आएको एकरुपता प्रणालीमा आबद्ध हुन प्रोबेसनमा आबद्ध भएका हौं ।’ उहाँले अभिभावक संघले नियमित तालिम र अनुगमनका माध्यमबाट संस्थामा देखिएका कमीकमजोरी औंल्याउँदै सुधारका काइदाहरुसहितको प्राविधिक ज्ञान उपलब्ध गराउने भएकाले स्तरीकरण कार्यक्रममा सहभागी हुने निर्णय सञ्चालक समितिले गरेको बताउनुभयो । अध्यक्ष आचार्यले भन्नभुयो, ‘छाता संघसँग सहकार्य गर्दा मिलिजुलीको पनि सञ्जाल बिस्तार हुन्छ, नयाँ कुराहरु सिक्ने मौका मिल्छ, साकोसका गतिविधिहरुको प्रचार प्रसारले व्यापकता पाउँछ र विभिन्न नयाँ सम्भावनाहरुको ढोका पनि खुल्छ ।’

मिलिजुली साकोसमा हाल ९ कर्मचारी छन् । साकोसले अल्पकालीन योजनाहरु बनाएपनि यसै वर्षबाट दीर्घकालिन व्यावसायिक रणनीतिक योजना पनि बनाएर सदस्य सेवामा थप बिशेष रुपमा लाग्ने अध्यक्ष आर्चायले जानकारी गराउनुभयो । साकोसले संस्थाका पूर्व अध्यक्ष र सल्लाहकारहरुसँग प्रत्येक ३ महिनामा छलफल गर्ने संस्कृति विकास गरेको छ । कास्की जिल्लाभर कार्यक्षेत्र रहेको साकोसले नेफ्स्कूनबाट नियमित सघन अनुगमन, कमी कमजोरीबारे समयमै जानकारी, तरलता लगायत वित्तीय व्यवस्थापनमा सहयोगको अपेक्षा राखेको अध्यक्ष आचार्यले बताउनुभयो । प्रोबेसनका सूचकहरु पूरा गर्नु चुनौतीपूर्ण भएपनि चुनौती लिएन भने अघि बढ्न नसक्ने बताउँदै अध्यक्ष आचार्यले भन्नुभयो, ‘कमजोरी औल्याउने निकाय भयो भने तत्काल सुधारको प्रक्रियामा गइन्छ र त्यसले अपेक्षाकृत नतिजा ल्याउँछ । मिलिजुलीले पनि त्यही अपेक्षा र विश्वास नेफ्स्कूनबाट राखेको छ ।’ 

उहाँले जरिबाना र डन्डा लगाउने नियामक निकाय भन्दा गल्ती औल्याएर बाटो देखाउने अभिभावक संस्थाले गरेको काम बढी प्रभावकारी र प्रिय हुने धारणा राख्नुभयो । जतिसक्दो छिटो ब्रान्ड पाउने लक्ष्य आजबाटै लिएको साकोसले एक वर्षमा प्रोबेसनका सबै सूचकहरु पूरा गर्ने अध्यक्ष आचार्यले बताउनुभयो । संस्थामा ठेला चलाउनेदेखि ठूला उद्योगपतिहरुसमेत सदस्य रहेको र साकोसमा नीति बनाउँदा दुवै प्रकारका सदस्यहरुको आवश्यकता र अपेक्षा सम्बोधन हुने गरी बनाउँदै आएको दाबी अध्यक्ष आचार्यले गर्नुभयो । मिलिजुली साकोसमा ११ सदस्यीय सञ्चालक समिति र ३ लेखा सुपरिवेक्षण समिति छ । आचार्य नेतृत्वको सञ्चालक समिति २०७७ मंसिरमा निर्विरोध निर्वाचित भएको हो ।

२०६४ साल माघ २२ गते ४३ महिला र १३ पुरुष गरी ६६ जनाबाट २९ लाख ५० हजार रुपैयाँ सेयर पुँजी संकलन गरी संस्था स्थापित भएको थियो । हाल संस्थामा १५८८ सदस्य छन् भने सेयर पुँजी ६ करोड १७ लाख ८० हजार ५ सय रुपैयाँ छ । ४६ करोड बढीको कुल सम्पत्ति भएको साकोसले ४१ करोड ९० लाख ५१ हजार बढी ऋण लगानी गरेको छ ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप