सिद्धार्थनगरमा नेफ्स्कून अभिमुखीकरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिद्धार्थनगरमा नेफ्स्कून अभिमुखीकरण

रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.को आयोजनाम रुपन्देही जिल्लाको सिद्धार्थनगरमा नेफ्स्कून अभिमुखीकरण कार्यक्रम आज आयोजना गरिएको छ । संघका संञ्चालक एवम् लुम्बिनी प्रदेश संयोजक सन्दीप सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अथिति सिद्धार्थ नगरपालिकाका सहकारी शाखा प्रमुख कमल कान्त खनाल रहनु भएको थियो । उक्त कार्यक्रममा जिल्ला बचत संघ रुपन्देहीका अध्यक्ष एंव फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य प्रकाश भटराई, नेफ्स्कून शिक्षा, तालिक स्रोत व्यवस्थापन उप समिति सदस्य ज्ञानु पौडेल, बैक, वित्तीय संस्था तथा सहकारी कर्मचारी युनियनका अध्यक्ष राम प्रसाद बराल, नेफ्स्कून कार्यक्रम अधिकृत मनोज खड्का जिल्ला बचत संघका व्यवस्थापक शर्मिला भटराई लगायत सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा विभिन्न साकोसका अध्यक्ष तथा व्यवस्थापक तथा सम्भावित सदस्य गरी करिब ३५ जना भन्दा बढीको सहभागिता थियो ।

प्रमुख अथिति सहकारी शाखा प्रमुख खनालले यस्ता कार्यक्रमले सरकार, अभियान र प्रारम्भिक संस्थाबीच समन्वयको दायरा फराकिलो बनाउने विश्वास व्यक्त गर्नु भयो । सिद्धार्थनगर क्षेत्रका संस्थाहरु निश्कृय रहेको सुनिन आएको भन्दै यस्ता कार्यक्रमले संस्थाको क्रियाशिलातामा सहयोग गर्ने धारणा राख्नुभयो । संघहरुले प्रारम्भिक संस्थाहरुका आवजको प्रतिनिधित्व गदै जिल्ला, केन्द्रीय स्तरमा पुराउने भएकाले पनि संघहरुमा आवद्ध हुनु पर्ने धारणा उहाँले राख्नुभयो । प्रमुख अतिथि खनालले सहकारी प्रर्वद्धन र विकासका लागि नगरपालिकाले विभिन्न तालिम, शिक्षा र प्रशिक्षणको लागि बजेटको व्यस्था गरेकोले अभियानसंगको समन्वयमा विभिन्न प्रकारका क्षमता विकास तालिमहरु संञ्चालन गर्ने धारण राख्नु भयो साथै हरेक त्रैमासिक नगर सहकारी शाखाले सहकारीहरुसँग अन्र्तक्रिया गर्ने जानकारी गराउनुभयो । फरक प्रसंगमा उहाँले देशमा संघीयता कार्यन्वयन आए पश्चात सहकारी नियमन गर्ने जिम्मेवारी तीन तहको सरकारमा हस्तान्तरण भए पश्चात सरकारको र सहकारीको चेन ब्रेक भए पनि अभियानको चेन ब्रेक नभएको धारणा राख्नु भयो । 

कार्यक्रमका अध्यक्ष नेफ्स्कूनका संञ्चालक एवं प्रदेश संयोजक सापकोटाले सिद्धार्थ नगर यस क्षेत्रका संस्थाहरुको उद्गम स्थल रहेको धारणा राख्नु भयो । सिद्धार्थ नगरपालिकाको सहकारी शाखा प्रमुखको जिम्मेवारी लामो समय सहकारी विकास बोर्डमा रहेर काम गरेका अनुभव प्राप्त व्यक्ति भएकोले पनि अन्य स्थानीय तहको तुलनामा सिद्धार्थ नगरमा सहकारीको विकासम कार्यहरु भई रहको धारणा उहाँले राख्नुभयो । सञ्चालक सापकोटाले सहकारीको पवर्धन, विकासको लागि नेफ्स्कून निरन्तर संस्थाहरुको साथमा रहेको धारणा राख्नुभयो । उहाँल संघमा आवद्ध नभएका संस्थाहरु आवद्ध हुनु पर्ने र आवद्ध भएका संस्थाहरु संघका उत्पादन तथा सेवामा जोडिनु पर्ने धारणा राख्नु भयो । 

कार्यक्रममा सहभागीहरुलाई स्वागत गदै फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य एवं जिल्ला बचत संघ रुपन्देहीका अध्यक्ष प्रकाश भटराईले प्रारम्भिक संस्था र संघको उद्देश्य एउटै भएको र कार्यका हिसाबले संघले अभिभावकीय भूमिका निर्वाह गरेता पनि अभियानका साझा चुनौतीको सामना मिलेर गनु पर्ने धारणा राख्नु भयो । अध्यक्ष भटराईले सहकारीकर्मीहरुले आफुमा भएको इगो अन्त्य गरी सहकार्यको बातावरण कायम गरे मात्र समग्र अभियान दिगो हुने धारण राख्नु भयो । कार्यक्रममा संघका तालिम,शिक्षा स्रोत व्यवस्थापन उप समिति सदस्य ज्ञानु पौडेलले नेफ्स्कूनले लकडाउनको समयमा पनि प्रविधिका माध्यमबाट विभिन्न प्रकारका तालिम शिक्षाका कार्यक्रमहरु संञ्चालन गरेको स्मरण गराउनु भयो । साथै यस्ता कार्यक्रमहरु तथा तालिमहरुमा गरिएको खर्चलाई खर्चको रुपमा नबुझी लगानीको रुपमा बुझ्नु पर्ने धारणा उहाँले राख्नुभयो । उपसमिति सदस्य पौडेलले संस्थामा रहेका जोखिमहरु न्यूनिकरण एवम् कारोवारहरु चुस्त दुरुस्त राख्न संघका गुणस्तर सुनिश्चितता कार्यक्रम महत्वपूर्ण रहेको र संस्थाहरु सहभागी हुनु पर्ने धारणा राख्नु भयो जसका लागि सबै भन्दा पहिला सञ्जाल भन्दा बाहिर रहेका संस्थाहरु संञ्जालमा जोडिनु पर्ने उहाँको भनाई थियो ।

 कार्यक्रमा संघका कार्यक्रम अधिकृत मनोज खड्काले सहकारीसँग जोडिने आयकरहरु, ऋण लगानि प्रकृया, ऋण जोखिम, कोष व्यवस्थापन लगायत सहकारीका समसामयिक विषयमा र फिल्ड कार्यलय इन्चार्ज छत्र प्रसाद धमलाले अभियानका जोखिमहरु, अभियानका जोखिम न्युनीकरण गर्ने संघका कार्यक्रमहरु, संघका उत्पादन तथा सेवाहरु, संघको आवश्यकता, संघ र प्रारम्भिक संस्थाहरुको सम्बन्ध लागायत समेटिएको संघसम्बन्धी परिचात्मक प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रमका सहभागीहरुले भैरहवा क्षेत्रका संस्थाहरुका लागि निकै महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा संघलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमको निरन्तरताको अपेक्षा गर्नुभएको थियो । अभिमुखीकरणका सहभागीहरुको जिज्ञासाहरुको सम्बोधन संघका फिल्ड कार्यालय इन्चार्ज र कार्यक्रम अधिकृतले गर्नु भएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

पाठकबाट थप