‘सहकारीको गुणात्मक सुधारमा आक्रामक रुपले लाग्नेछु’ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सहकारीको गुणात्मक सुधारमा आक्रामक रुपले लाग्नेछु’ 

काठमाडौं । बागमती प्रदेश सहकारी रजिष्ट्रारमा प्रकाश चापागाईं नियुक्त हुनुभएको छ । कार्तिक १० गतेको  सचिवस्तरीय निर्णयबाट नियुक्त चापागाईंले विहिबारदेखि निमित्त रजिष्ट्रारको जिम्मेवारी सम्हाल्नुभएको हो  । यसअघि रजिष्ट्रारको जिम्मेवारीमा रहनुभएका विक्रम पाण्डे भने रोल्पा जिल्ला सरुवा हुनुभएको छ । 

नवनियुक्त निमित्त रजिष्ट्रार चापागाईंले सहकारी क्षेत्रको गुणात्मक सुधारका लागि आफु आक्रामक रुपमा लाग्ने बचतबद्धता व्यक्त गर्नुभएको छ ।  २०६८ सालबाट सरकारी सेवामा प्रवेश गर्नुभएका रजिष्ट्रार चापागाईको सहकारी क्षेत्रसँगको सम्बन्ध विगत ५ बर्षदेखि रहँदै आएको छ  । 

२०७३/०७४ मा डिभिजन सहकारी कार्यालय धादिङमा सहकारी निरीक्षक भई नियामक निकायको साझेदारीमा काम गर्नुभएका चापागाईंले २०७६ देखि सहकारीको उजुरी छानविन तथा कारवाही कानुन अधिकृतको रुपमा रहेर काम गर्दै आएनुभएको थियो । 

भरतपुर - ७ चितवनमा स्थायी बसोबासरत चापागाईंको जन्म २०४६ साल वैशाख २१ गते भएको हो । एलएलबी र भौतिक विज्ञानमा स्नातक गर्नुभएका उहाँले राजनीतिशास्त्र र जनप्रशासनमा स्नातकोत्तर अध्ययन पुरा गर्नुभएको छ । सहकारी क्षेत्रलाई नजिकबाट नियाल्नुभएका चापागाईंले अध्ययन र अनुभवको संगमसँगै बागमती प्रदेश सहकारीको नियामकीय जिम्मेवारी बखुबीपूर्ण निभाउने र सहकारी मैत्रि कानुन निर्माणमा प्रतिबद्ध रहने बचनबद्धता व्यक्त गर्नुभएको छ ।  

साकोस आवाज सँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, “विशेष गरी सहकारी सुशासनमा देखिएको विचलनमा सुधार ल्याउन, नियम कानुन वेगर सञ्चालनमा रहेका सहकारीमा सुधार तथा खारेजी सँगै एकीकरण गरी दीगो सहकारी निर्माणमार्फत रोजगारी सृजना गर्ने अभियानमा तीब्रतर लाग्नेछु ।”  

उपत्यकाभित्र सहकारीहरुमा समस्या बढ्दो देखिएको छ, काठमाडौंमा मात्रै दैनिक सयौंको संख्यामा सहकारीका उजुरी परेको पाएको छु,  यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरोकारवाला निकाय सँगै अभियानसँगको सहकार्यमा काम गर्नेछु । उहाँले भन्नुभयो, “सहकारी क्षेत्र वृहत छ, आर्थिक समृद्धि र जनताको जीवनस्तर सुधारको क्षेत्रमा सहकारीमार्फत महत्वपूर्ण योगदान  पुगेको पनि छ, यसमा गुणात्मक सुधार ल्याउने पक्षमा तन मन दिएर लाग्नेछु ।” 

सहकारी सँगको साइनो निरन्तर प्रगाढ बन्दै जाओस्, साकोस आवाजको तर्फबाट हार्दिक बधाई एवम् कार्यकाल सफलताको शुभकामना ।  
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप