सदस्य सेवा विस्तार गर्दै हाम्रो एकीकृत साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्य सेवा विस्तार गर्दै हाम्रो एकीकृत साकोस

काठमाडौं । हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्थाको सातौ सेवा केन्द्र आज ललितपुरमा उद्धघाटन भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले सेवा केन्द्रको उद्घाटन गर्नुभएको थियो ।  

उद्घाटनका क्रममा अध्यक्ष पौड्यालले हाम्रो एकीकृत मार्फत सदस्यहरुका सम्पूर्ण वित्तीय समाधान सहित समुदायको नमुना सहकारी बनाउने योजनाका साथ सदस्य सेवा विस्तारमा लागेको बताउनुभयो ।  

संस्थाका कोषाध्यक्ष शरद वाग्लेले संस्थाको सेवा केन्द्रबाट सदस्यहरुले सहज र ढुक्कसँग कारोबार गर्न आग्रह गर्नुभयो । उहाँले सहकारी विभिन्न प्रकृतिका रहेको हुनाले सदस्यले सहकारी पहिचान गरेर कारोबार गर्नु पर्ने बताउनुभयो । दीर्घकालिन सेवा तथा सुविधा लिएर आएको हुनाले संस्थाले सम्पूर्ण वित्तीय सेवा प्रदान गर्नेे जानकारी गराउनुभयो । 

संस्थाले भक्तपुर सेवाकेन्द्रमार्फत पनि सदस्य सेवा विस्तारको योजना सहित भोलि उद्घाटन कार्यक्रम तय गरेको छ । संस्थाको कारोबार बृहत् बनाउँदै ८ हजार सदस्यलाई सेवा प्रवाह गर्ने लक्ष्य रहेको कोषाध्यक्ष वाग्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष संस्थाको कारोबार ६६ करोड पुर्याउने साथै सदस्यहरुलाई वित्तीय शिक्षा सहित कीर्तिपुर सेवाकेन्द्रमार्फत लघुवित्त कार्यक्रम सञ्चालन गरी सदस्यलाई उद्यमशिलता विकासमा जोड्ने लक्ष्य लिएका छौं।” 

यसै विच संस्थाको सदस्य सेवा केन्द्र ललितपुरमा सबै भन्दा पहिलो सदस्य मिना देवी, पहिलो बचत कर्ता सदस्य हिउकला कुवर र सर्वाधिक सेयर खरिद गर्ने सदस्य साबित्रा पुलामी मगर लाई सम्मानित गरेको थियो ।

सेवाकेन्द्र व्यवस्थापन उपसमिति सदस्य लक्ष्मी पोखे्रलले अध्यक्षतामा सम्पन्न  कार्यक्रममा ललितपुर महाननगरपालिका वडा १९ का अध्यक्ष बिनोद ताम्राकार लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रमलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत योगेन्द्र साउदले सहजीकरण गर्नुभएको थियो ।
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप