कैलालीको अत्तरियामा नेकोस प्लस सफ्टवेयर तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कैलालीको अत्तरियामा नेकोस प्लस सफ्टवेयर तालिम सम्पन्न

 सुदुरपश्चिम प्रदेश । कैलालीको अत्तरियामा बचत तथा ऋण सहकारी संस्थाहरुलाई लक्षित गरी आयोजना गरिएको दुई दिवसीय नेकोस प्लस सफ्टवेयर तालिम कात्तिक १२ गते सम्पन्न भएको छ । 

नेफ्स्कून कञ्चनपुर फिल्ड व्यवस्थापन उप समिति सदस्य सुरज बोगटीको अध्यक्षतामा सम्पन्न तालिममा कञ्चनपुर बचत संघका कोषाध्यक्ष लक्ष्मी सेटी, कञ्चनपुर बचत संघका सञ्चालक सदस्य बसन्त भट्ट, नेफ्स्कूनका सुचना प्रविधि अधिकृत राजन सुवेदी, कञ्चनपुर म्यानेजर क्लबका उपाध्यक्ष असोक राज जोशी, कैलाली म्यानेजर क्लबका सञ्चालक सदस्य शेर बहादुर बोगटी, नेपालगंज बाँकेका सुचना प्रविधि सहायक बम बहादुर मगर, सहकारीकर्मी  लगायतको उपस्थिति रहेको थियो ।  

सुरज बोगटीले अहिलेको कोभिडको विषम परिवेशमा संस्थाको वित्तीय कारोबार गर्ने सहकारीहरुको लेखा प्रणालीमा एकरुपता ल्याउन साकोसलाई सुशासन कायम गर्न कारोबारहरुलाई सुरक्षित चुस्त, दुरुस्त तथा पारदर्शी बनाउन नेफ्स्कूनले नेकोस प्लस सफ्टवेयरको विकास गरेको बताउनुभयो । उहाँले संस्थाहरुलाई प्रविधिमा अगाडि बढ्न आह्रान गदै संस्थालाई परेको बेला सम्पूर्ण सहयोग गर्न नेफ्स्कून तयार रहेको धारणा व्यक्त गर्नुभयो ।

तालिममा कञ्चनपुर, कैलाली, डोटी, डडेलधुराबाट गरी २३ ओटा साकोसहरु बाट २६ जनाको सहभागिता रहेको थियो । तालिम सहजिकरण संघका सुचना प्रविधि अधिकृत राजन सुवेदी र सुचना प्रविधि सहायक बम बहादुर मगरले गनुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप