‘साकोसको चिन्ता सदस्यको बृद्धि र विकासमा जोडिनुपर्छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘साकोसको चिन्ता सदस्यको बृद्धि र विकासमा जोडिनुपर्छ’

काठमाडौं । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सम्पूर्ण वित्तीय सुरक्षाको जिम्मा लिएर सदस्यका सम्पूर्ण पैसा आफ्नै संस्थामा राख्न साकोसले जागरण अभियान चलाउनुपर्ने बताउनुभएको छ ।  उद्यमशिलता विकास र आयआर्जनसँग जोडिएर प्रत्येक सदस्यको बृद्धि विकासमा साकोसले काम गर्नुपर्छ । जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्बर्स) अन्तर्गत ललितपुर पहिलो समुहको आठौं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशालामा बोल्दै अध्यक्ष पौड्यालले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “हाम्रो चिन्ता सदस्यको बृद्धि र विकासको हो, हामीले दिने भनेको सदस्यलाई आवश्यक सम्पूर्ण वित्तीय समाधान सहकारी मार्फत हुनुपर्छ, सदस्यसँग साकोस जोडिनुपर्छ ।”

शनिबार नवदुर्गा साकोस ठेचोको आयोजनामा सम्पन्न कार्यक्रममा आयोजक साकोसका अध्यक्ष न्हुछेराम महर्जनको अध्यक्षता र नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यमामा कार्यक्रम सुरु भएको थियो ।

कार्यक्रममा समता साकोस,  शिक्षक हित साकोस, शाक्य्पुच साकोस, अष्टमातृका साकोस, नबदुर्गा साकोस, दीपावती साकोस, जागरुक महिला साकोस र ब्रह्रमपुरी साकोसबाट कर्ब्स कार्यक्रम सम्बन्धी प्रस्तुतीकरण र साकोस जोखिम न्यूनीकरण सम्बन्धमा सहभागीहरुबाट प्रतिबद्धता जाहेर भएको थियो । कार्यक्रममा क्लष्टरमा सहभागी साकोसहरुबाट ३० जनाको उपस्थिति थियो । 

भर्खरै
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

२ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

३ दिन अगाडि

पाठकबाट थप