गण्डकीमा २,६७१ सहकारी : शेयर सदस्यको जीवनस्तर उकास्नेतर्फ जोड दिन सुझाव
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गण्डकीमा २,६७१ सहकारी : शेयर सदस्यको जीवनस्तर उकास्नेतर्फ  जोड दिन सुझाव

गण्डकी– गण्डकी प्रदेशमा २ हजार ६ सय ७१ सहकारीमार्फत आर्थिक गतिविधि सञ्चालन भएको एक प्रतिवेदनले देखाएको छ । सहकारिताको मुख्य लक्ष्यका साथ देशभर सहकारी खोल्ने क्रम बढिरहँदा प्रदेशभित्र ठूलो सङ्ख्यामा सहकारी रहनुका साथै धेरै सर्वसाधारणको सहकारीमा आकर्षण बढेको पाइएको हो ।

सामान्य ऋण सहयोगका लागि साहुका घरघर गुहार्नुपर्ने बाध्यतालाई सहकारीले अन्त्य गर्नुका साथै त्यसबाट उद्यमशीलतामा समेत वृद्धि भएको पाइएको छ । प्रदेशमा सहकारीकै माध्यमबाट प्रत्यक्षरूपमा ७ हजार ६ सय ३८ जनाले रोजगारी पाएका छन् भने अप्रत्यक्षरूपमा ठूलो सङ्ख्याका सर्वसाधारण स्वरोजगार बनेको देखिन्छ । पछिल्लो समयमा कतिपय सहकारीको सङ्ख्यासमेत वृद्धि भएको छ ।

सहकारीकै माध्यमबाट बैंकको पहुँचमा पुग्न नसकेका व्यक्ति आत्मविश्वासका साथ आर्थिक गतिविधिमा संलग्न भएको जिल्ला सहकारी सङ्घ कास्कीका निवर्तमान अध्यक्ष सुदीप ढकालले जानकारी दिनुभयो  । कास्की बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडले दुईदिने क्षमता अभिवृद्धि तालिममा उहाँले सहकारीको विकाससँगै समाजमा आर्थिक समस्याकै कारण पिछडिएका वर्ग र समुदाय ओझेलमा परिरहेको वास्तविकतामा यतिखेर उनीहरु निर्धक्कताका साथ आर्थिक गतिविधिमा सामेल हुने गरेको बताउनुभयो ।

राज्यका निर्दिष्ट कानुनको पालनका साथै सञ्चालकहरु जिम्मेवार नबन्दा कतिपय सहकारी धरासयी बनेको जनाउँदै उहाँले दुःख गरेर बचाएको सर्वसाधारणको पूँजीलाई सुरक्षित बनाउनु सञ्चालकहरुको कर्तव्य रहेको उल्लेख गर्नुभयो  । सहकारी सङ्घका पदाधिकारी, सञ्चालक तथा विभिन्न उपसमितिका संयोजक तथा सदस्यका लागि आयोजित तालिमका सहभागीलाई प्रशिक्षण दिँदै उहाँले सहकारीले बचत सङ्कलन र ऋण प्रवाहभन्दा शेयर सदस्यको जीवनस्तर उकास्नेतर्फ  जोड दिनुपर्ने बताउनुभयो ।

‘गण्डकी प्रदेशमा दुई हजार ६७१ सहकारी संस्थामा कूल ११ लाख १६ हजार ६३२ शेयर सदस्यमध्ये छ लाख ४२ हजार १३० महिला तथा चार लाख ४७४५०५ जना पुरुष संलग्न रहेको प्रशिक्षक ढकालले बताउनुभयो । तथ्याङ्कानुसार प्रदेशमा कूल  ८६ अर्ब सात करोड ४५ लाख ७१ हजार ६९३ निक्षेप सङ्कलन छ भने  ८८ अर्ब ३७ करोड ८० लाख ६१ हजार ४३३ रुपैयाँ ऋण लगानी रहेको छ ।  १४ अर्ब ६७ करोड ३४ लाख ५७ हजार ६५३ स्थिर सम्पत्ति रहेको छ ।

मुलुकको सङ्घीय सरकारको माताहतका १२५, प्रदेशअन्तर्गत ६ हजार २०० र स्थानीय २३ हजार ७५९ गरी कूल ३० हजार ८४ वटा सहकारीमा ७३ लाख सात हजार ४६२ शेयर सदस्य रहेका छन् । जसमा महिलाको सङ्ख्या ५६ प्रतिशत रहेको छ । शेयर पूँजी  ९४ अर्ब १० करोड ५० लाख १५ हजार ८०३, ४ खर्ब ७७ अर्ब  ९६ करोड ११ लाख ४६ हजार ४७३ बचत सङ्कलन रहेको सहकारी संस्थामार्फत सदस्यहरुलाई ४ खर्ब २६ अर्ब २३ लाख ११ हजार ३८१ लगानी भएको छ । सहकारीमार्फत मुलुकमा उद्यमशीलताको विकाससँगै ८८ हजार ३०९ जनाले प्रत्यक्ष रोजगारीसमेत प्राप्त गरेको तथ्याङ्कमा उल्लेख छ ।

कास्की बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष भेषराज बरालले तालिमबाट सिकेको ज्ञानलाई आफूआवद्ध रहेको सहकारीमा लागू गर्न सकेमात्र पनि तालिमले सार्थकता पाउने विश्वास व्यक्त गर्नुभयो ।  सहकारी संस्था नीति, विधिका आधारमा सञ्चालन हुनुपर्ने बताउँदै उहाँले एक सहकारी एक उत्पादन, एक व्यक्ति एक सहकारी अक्षरशः पालना गर्दै प्रत्येक सहकारीका सञ्चालकले लाभांश वितरणलाई भन्दा पनि सुरक्षित लगानीसँगै उद्यमशीलतामा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो । 

जिल्लाका कूल ६७० वटा सहकारीमध्ये ३६० भन्दा बढी पोखरा महानगरपालिकामा क्रियाशील रहेको बरालले जानकारी दिनुभयो । सहकारी संस्थाले आर्थिक गतिविधि चुस्तदुरुस्त गर्दै समयमा सम्बन्धित निकायमा विवरण पेशसहित आयकर भुक्तानी गरेर राज्यप्रति आफ्नो दायित्व पूरा गर्नुपर्नेमा लेखा प्रशिक्षक एवं सङ्घका पूर्व लेखा संयोजक रुद्रनाथ पौडेलको जोड थियो । माछापुच्छ्रे गाउँपालिका–६ रमणीयस्थल अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा आयोजित अभिमुखीकरणमा सङ्घका उपाध्यक्ष श्रीकान्त ढुङ्गाना र शिक्षा समिति संयोजक रमेश कार्कीले सहकारी संस्थाहरुले शेयर पूँजीभन्दा पनि बचत सङ्कलन नीतिलाई अवलम्बन गर्नुपर्छ भन्नुभयो । 

पालिका खबर डट कमबाट साभार ।
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२२ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप