‘सदस्यको जिवनस्तर उकास्न साकोस नेतृत्वको सोचमा परिवर्तन आवश्यक छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सदस्यको जिवनस्तर उकास्न साकोस नेतृत्वको सोचमा परिवर्तन आवश्यक छ’

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का महासचिव दामोदर अधिकारीले जसरी कुमालेले काँचोमाटोलाई आफ्नो सोच र विचार अनुसारको आकारमा परिवर्तन गर्न सक्दछ, त्यसैरी नै साकोसका नेतृत्वले आफ्नो सोच मार्फत सदस्यको जिवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने गरी कार्यगर्नुपर्नेमा जोड दिनुभएको छ । 

नेफ्स्कूनद्वारा सञ्चालित प्रोवेसन कार्यक्रम अन्तरगत वागमती क्लष्टर दोस्रोको १६ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशालालाई सम्बोधन गर्दै महासचिव अधिकारीले साकोस अभियानलाई व्यवस्थित सुदृढीकरणका लागि नेतृत्वले वित्तीय असल आचरणमा वस्नुपर्ने बताउनुभएको हो ।  

भक्तपुर स्थित विश्वास साकोसको अयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा कार्तिक १५ गते भक्तपुरमा सम्पन्न कार्यक्रमको अध्यक्षता आयोजक साकोसका अध्यक्ष तुल्सीभक्त श्रेष्ठले र प्रमुख आतिथ्यता महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो ।  

प्रमुख अतिथि अधिकारीले साकोस अभियानका विद्यमान समस्या तथा चुनौतिहरुको समाधान गर्दै  अभियानको सृदृढीकरण र गुणस्तरियता वृद्धिका लागि नेफस्कूनले संघीय तथा सबै प्रदेशका रजिष्ट्रारहरुसँग एकै ठाउँमा बसी कानुनी निकास निकाल्न पहल गरिएको जानकारी गराउनुभयो ।   उहाँले साकोसहरुमा अन्तर्राष्ट्रिय असल अभ्यासहरु हस्तान्तरण गर्दै आएको नेफ्स्कूनले साकोसको वित्तीय स्वस्थता र छवि निर्माणका लागि सञ्चालनमा ल्याएका गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुको सफलतामाथी प्रकाश पार्नुभयो ।  

कार्यक्रममा वागमती क्लष्टर दोस्रोमा आवद्ध साकोसहरुका प्रतिनिधि तथा अयोजक साकोसका समेत गरी जम्मा ४५ जनाको सहभागिता रहेको थियो । नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमल राज अधिकारीले सहजिकरण गर्नुभएको उक्त कार्यक्रममा साकोसको व्यावसायिकीकरण, सदस्य सुरक्षा र संस्थाको गुणस्तर वृद्धिका लागि विभिन्न निर्णयहरु सहित आगामी १७ औं कार्यशालाको मिति तय गर्दै कार्यक्रम समापन भएको थियो । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप