‘सदस्यको जिवनस्तर उकास्न साकोस नेतृत्वको सोचमा परिवर्तन आवश्यक छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सदस्यको जिवनस्तर उकास्न साकोस नेतृत्वको सोचमा परिवर्तन आवश्यक छ’

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का महासचिव दामोदर अधिकारीले जसरी कुमालेले काँचोमाटोलाई आफ्नो सोच र विचार अनुसारको आकारमा परिवर्तन गर्न सक्दछ, त्यसैरी नै साकोसका नेतृत्वले आफ्नो सोच मार्फत सदस्यको जिवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने गरी कार्यगर्नुपर्नेमा जोड दिनुभएको छ । 

नेफ्स्कूनद्वारा सञ्चालित प्रोवेसन कार्यक्रम अन्तरगत वागमती क्लष्टर दोस्रोको १६ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशालालाई सम्बोधन गर्दै महासचिव अधिकारीले साकोस अभियानलाई व्यवस्थित सुदृढीकरणका लागि नेतृत्वले वित्तीय असल आचरणमा वस्नुपर्ने बताउनुभएको हो ।  

भक्तपुर स्थित विश्वास साकोसको अयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा कार्तिक १५ गते भक्तपुरमा सम्पन्न कार्यक्रमको अध्यक्षता आयोजक साकोसका अध्यक्ष तुल्सीभक्त श्रेष्ठले र प्रमुख आतिथ्यता महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो ।  

प्रमुख अतिथि अधिकारीले साकोस अभियानका विद्यमान समस्या तथा चुनौतिहरुको समाधान गर्दै  अभियानको सृदृढीकरण र गुणस्तरियता वृद्धिका लागि नेफस्कूनले संघीय तथा सबै प्रदेशका रजिष्ट्रारहरुसँग एकै ठाउँमा बसी कानुनी निकास निकाल्न पहल गरिएको जानकारी गराउनुभयो ।   उहाँले साकोसहरुमा अन्तर्राष्ट्रिय असल अभ्यासहरु हस्तान्तरण गर्दै आएको नेफ्स्कूनले साकोसको वित्तीय स्वस्थता र छवि निर्माणका लागि सञ्चालनमा ल्याएका गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुको सफलतामाथी प्रकाश पार्नुभयो ।  

कार्यक्रममा वागमती क्लष्टर दोस्रोमा आवद्ध साकोसहरुका प्रतिनिधि तथा अयोजक साकोसका समेत गरी जम्मा ४५ जनाको सहभागिता रहेको थियो । नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमल राज अधिकारीले सहजिकरण गर्नुभएको उक्त कार्यक्रममा साकोसको व्यावसायिकीकरण, सदस्य सुरक्षा र संस्थाको गुणस्तर वृद्धिका लागि विभिन्न निर्णयहरु सहित आगामी १७ औं कार्यशालाको मिति तय गर्दै कार्यक्रम समापन भएको थियो । 
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

८ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

८ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

पाठकबाट थप