सिन्धुपाल्चोकमा 'ऋण व्यवस्थापन तालिम' सुरु, १७ साकोसका २२ सहभागी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुपाल्चोकमा 'ऋण व्यवस्थापन तालिम' सुरु, १७ साकोसका २२ सहभागी

सिन्धुपाल्चोक । नेफ्स्कून बागमती प्रदेश कार्यालय बनेपा, काभ्रेपलाञ्चोकको आयोजनामा बाह्रबिसेमा आजबाट ऋण व्यवस्थापन तालिम सुरु भएको छ । कार्तिक २५ गतेसम्म सञ्चालन हुने ३ दिने तालिमको उद्घाटन सहभागीहरुमध्ये ज्येष्ठ उमेरका बिष्णु प्रसाद श्रेष्ठले ब्यानरमा हस्ताक्षरका साथ गर्नुभयो । नेफ्स्कून तालिम अधिकृत सुमनराज घिमिरे तथा व्यवसाय अधिकृत राम प्रसाद सापकोटाको सहजीकरण रहको तालिममा सिन्धुपाल्चोक जिल्लाका १७ बचत तथा ऋण सहकारी संस्थाका २२ जनाको सहभागिता रहेको छ ।

नेफ्स्कूनले सिन्धुपाल्चोकमा ऋण व्यवस्थापन विषयमा यो वर्ष सञ्चालन गरेको यो पहिलो तालिम हो । तालिममा साकोसका लागि सबैभन्दा महत्वपूर्ण र संवेदनशील विषय ऋण, त्यसको व्यवस्थापन, ऋणको प्रकार र वर्गीकरण, ऋण लगानीका क्षेत्रहरु एवम् यसको पोर्टफोलियो व्यवस्थापन, ऋणका कानुनी पक्ष तथा जटिलताहरु, ऋणका सम्बन्धमा विद्यमान सहकारी ऐन तथा कानुनका व्यवस्थाहरु, भाखा नाघेको ऋण, भाखा नाघ्नुका कारणहरु, ऋण जोखिम कोष र यसको हिसाब, ऋण लगानीका आधारहरु, लगायत विविध विषयमा सैद्धान्तिक र प्रयोगात्मक रुपमा सहजीकरण गरिने सहजकर्ता घिमिरे र सापकोटाले बताउनुभयो ।

ऋण लगानीको सही व्यवस्थापन साकोसको संस्थागत विकासको दरिलो आधार भएकाले उक्त विषयमा सिन्धुपाल्चोक जिल्लाका साकोसहरुको मागका आधारमा तालिम कार्यक्रम राखिएको नेफ्स्कून बनेपा फिल्ड कार्यालय इन्चार्ज एवम् कार्यक्रमका सहजकर्तामध्येका एक राम सापकोटाले साकोस आवाजलाई बताउनुभयो । यसैगरी, अर्का सहजकर्ता नेफ्स्कून तालिम अधिकृत सुमनराज घिमिरेले ऋण लगानी, यसका क्षेत्रहरु, पछिल्लो समयमा बचत ऋण सहकारीहरुबाट सरकार एवम् समग्र सहकारी अभियानको अपेक्षा आदि विषयका साथै ऋणका सम्बन्धमा असल अन्तर्राष्टिय अभ्यासहरुलाई समेत समेटेर सहजीकरण गरिने उल्लेख गर्नुभयो ।


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

७ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

८ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

पाठकबाट थप