जिल्ला बचत संघ भक्तपुरको सत्रौं बार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जिल्ला बचत संघ भक्तपुरको सत्रौं बार्षिक साधारण सभा सम्पन्न

भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको सत्रौं बार्षिक साधारण सभा तथा छैटौं अधिवेशन भक्तपुर बैंक्वेट, भक्तपुरमा कार्तिक २४ गते सम्पन्न भएको छ । सभाका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले सभाको उद्घाटन गर्दै सहकारी धेरै भए तर सहकारीको आफ्नो उत्पादन नभएकोले देशको परनिर्भता हटाउन काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले ओरेन्टल सहकारीका संचालकहरुलाई सरकारले कारबाही गर्न नसकेको भन्दै सरकारकै संरक्षणमा भइरहेको यी र यस्ता विकृति बिरुद्ध सहकारी संस्थाले अभियान चलाउनुपर्ने धारणा राख्नुभयो ।

अतिथि राष्ट्रिय सहकारी महासंघका संचालक एवम् नेफ्स्कूनका निवर्तमान अध्यक्ष डिबी बस्नेतले संघ, प्रदेश, स्थानिय तहको सहकारी ऐन नियमावलीको अन्यौलको कारण सहकरी संघ संचालनमा समस्या आइरहेको बताउनुभयो । उहाँले सहकारीको छाता संघमा आबद्ध नभईकन सरकारकै संरक्षणमा सिभिल सहकारी चलाएको विचार व्यक्त गर्नुभयो ।

अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का कोषाध्यक्ष दिपक पनेरुले भक्तपुर जिल्ला बचत संघले सहकारी अभियानमा नीतिगत लविङ्ग, बहस पैरवी, शिक्षा तथा तालिममा अग्रणी भुमिका खेलेको विचार व्यक्त गर्नुभयो । नेपाल बचत तथा ऋण सहकारी संघका पुर्व अध्यक्ष एवम् अग्रज सहकारीकर्मी कैलाश भक्त प्रधानाङ्गले सहकारीलाई राजनीतिकरण गर्दा सहकारी अभियान अगाडि बढ्न नसकेको विचार व्यक्त गर्नु भयो । बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटाले सहकारी अभियानलाई शुद्धिकरण गरी गुणात्मक सहकारी विकासमा वागमती सरकारसँग पहल कदमी भईरहेको बताउनुभयो । जिल्ला  सहकारी संघका भक्तपुरका अध्यक्ष केदार खड्का, संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले गैर समुदायिक सहकारी संस्थालाई निरुत्साहित गरी समुदायमा आधारित सहकारी संस्था विकासका लागि संघ स्थापना भएको स्मरण गर्दै हाल बहुउद्देश्यीय सहकारी संस्थाहरुको अस्वभाविक दर्ताले सहकारीमा विकृति विसंगती बढ्नेतर्फ चिन्ता व्यक्त गर्नुभयो ।

सभाको सभापतित्व गर्दै संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सन्दर्भ व्याजदर र सेवा शुल्क तोक्ने सहकारी विभागको कार्यले सदस्यले सदस्यलाई शोषण हुनबाट सचेत बनाएको कुरा बताउनुभयो । उहाँले एक व्यक्ति एक सहकारीको व्यवस्था व्यावहारिक नभएकोले संशोधन हुनुपर्ने विचार राख्दै सहकारीको आयकर ५ प्रतिशत हुदाँ सहकारी संघ संस्थामा अग्रिम व्याज करकट्टी १५ प्रतिशत नै कायम रहनु न्याचित नभएको कुरा बताउनुभयो । संघका उपाध्यक्ष हरी बल्लले स्वागत मन्तव्य दिदैं नेफ्स्कून र सहकारी बैंकको अस्वस्थ प्रतिस्पर्धाले सहकारी सहकारी बीच नै प्रतिस्पर्धा चलेको विचार राख्नुभयो । 

सभाको मुख्य सत्रमा संघका सचिव जगनाथ प्रजापतिले संघको आ.व. २०७७।७८ को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै १५ प्रतिशत लाभांष प्रस्ताव र संरक्षित पुजी फिर्ता दिने प्रस्ताव पेश गर्नुभयो । संघका कोषाध्यक्ष कान्छा भक्त घजुले आ.व. २०७७।७८ को वित्तीय प्रगति प्रतिवेदन पेश गर्नु भयो । सभाबाट आ.व.२०७७।७८ मा १ अर्व ६७ करोड ६२ लाख ४३ हजारको वासलात र २ करोड २१ लाख ९९ हजारको नाफा सहितको लेखापरिक्षण प्रतिवेदन पारित गरियो । साथै आगामी आ.व.२०७८।७९ मा संघको वासलात १ अर्व ९२ करोड ७३ लाख २९ हजारको बजेट पारित गरेको छ । साथै संघले ८० लाख ६० हजारमा भवन निमार्ण सम्पन्न गरी आफ्नै भवनबाट कारोबार संचालन भएको प्रतिवेदन प्रस्तुत गर्नुभयो । संघका लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुण्द उपाध्यायले आ.व.२०७७।७८ को लेखा सुपरिवेक्षण समितिको बार्षिक प्रतिबेदन पेश गर्नुभएको थियो ।

उक्त सभामा संरक्षित पुँजी फिर्ता कोष बचत र ऋणको आधारमा अधिकत्तम योगदान गर्ने बचतमा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. र उपकार बचत तथा ऋण सहकारी संस्था लि. र ऋणमा संचित बचत तथा ऋण सहकारी संस्था लि., सागबारी बचत तथा ऋण सहकारी संघ लि. र तौडोलछाप बचत तथा ऋण सहकारी संस्था लि. गरी तीन तीन वटा संस्थालाई प्रशंसा पत्र वितरण समेत गरियो । सभामा २०० वटा सदस्य संस्थाहरु मध्ये १६७  जनाको उपस्थिति भएको थियो । सभाको संचालन संघका संचालक कृष्णश्वरी प्रजापतिले गर्नु भयो ।

सभामा सम्पन्न निर्वाचनबाट कृष्ण गोविन्द लाखाजुको अध्यक्षतामा चार वर्षको लागि सञ्चालक समिति निर्वाचित भएको छ । नवनिर्वाचित उपाध्यक्षमा हरी बल्ल, सचिव जगन्नाथ प्रजापति, कोषाध्यक्ष कान्छा भक्त घजु, सञ्चालक सदस्य पञ्च कृष्ण श्रेष्ठ, काजी बहादुर पञ्च, इन्द्रप्रसाद ब्यान्जु, लेखा सुपरिवेक्षण समितिको संयोजकमा बाल मुकुन्द उपाध्याय, सदस्यमा श्री प्रसाद त्यात र सुशिल पराजुली (बराल) निर्विरोध निर्वाचित हुनुभयो । संचालक समिति सदस्यमा महिलातर्फ कृष्णश्वरी प्रजापति र सन्तोषी खतिवडा अत्याधिक मतले विजयी हुनुभयो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप