बागमती प्रदेश सरकारले प्रचलित कानुन पालना नगर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याउने 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बागमती प्रदेश सरकारले प्रचलित कानुन पालना नगर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याउने 

बागमती प्रदेश सहकारी मन्त्रालयले प्रदेश सहकारी ऐन, नियमावली २०७६ तथा सहकारी संघ संस्था दर्ता, सञ्चालन, अनुगमन तथा नियमन सम्बन्धी मापदण्ड, २०७७ बमोजिम कार्य नगर्ने वा समयमै सहकारी सम्बन्धी विवरण नबुझाउने सहकारी संघ संस्थाहरुलाई प्रचलित कानुन बमोजिम जरिवाना गरिने सम्बन्धमा सूचना जारी गरेको छ । 

बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेश हेटौंडा मकवानपुरका सहकारी रजिष्ट्रार प्रकाश चापागाईंद्वारा हस्ताक्षरित १५ बुँदे जरिवाना सम्बन्धी सूचना कार्तिक २३ गते मंगलबार जारी भएको हो । सूचनामा सहकारी संस्थाहरुलाई अनिवार्य रुपमा विषयगत जिल्ला संघको सदस्यता लिनुपर्ने उल्लेख गरिएको छ । त्यसैगरी सहकारी वेचविखन भएको पाइएमा रु. ५ लाख सम्मको जरिवान र ठगी बमोजिम कारबाहीको प्रक्रिया सुरु गरिने, नयाँ दर्ता कायम भएका विशेष गरी बहुउद्देश्यीय सहकारी संस्था एक बर्ष सञ्चालन अवधि पुरा नगरी एकीकरण प्रक्रियामा जान नपाउने लगायतका विषय सूचनामा उल्लेख छन् । 

सहकारीको लेखा परीक्षण प्रतिवेदन पौष मसान्त भित्र सम्पन्न गरेको साधारण सभाको निर्णयको प्रतिलिपि आफ्नो जिल्ला विषयगत संघको सदस्यता तथा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि प्रत्येक आ.व.को माघ मसान्तभित्र बुझाईसक्नुपर्ने, समयमा विवरण नवुझाउने सहकारीको हकमा प्रत्येक आ.व.को बढीमा ६ हजार र लेखा परीक्षण नै नगराउने र कर चुक्ता प्रमाणपत्र नलिने सहकारीको हकमा १३ हजारको दरले जरिवाना गरिने सूचनामा उल्लेख गरेको छ । 

प्रचलित काुननको पालना नगर्ने सहकारीहरुका लागि चरणबद्ध रुपमा रु. ३ लाखसम्मको जरिवाना गरिने व्यवस्था उल्लेख छ । 

दर्ता प्रमाणपत्र पाएको मितिले ६ महिनाभित्र आफ्नो विषयगत संघमा आबद्द नहुने सहकारी संस्थालाई रु. ५ हजार सम्मको जरिवान गरिने व्यवस्था उल्लेख गरेको छ  । त्यसैगरी सन्दर्भ व्याजदर (१४ दशमलव ७५ प्रतिशत) भन्दा बढी व्याजदरमा ऋण प्रवाह गरेमा, व्याजलाई पुँजीकृत गरेमा, ऋण प्रवाह गर्दा सेवा शुल्क १ प्रतिशत भन्दा बढी लिएमा, ऋणलाई नविकरण गर्दा ०.२५ प्रतिशत भन्दा बढी रकम लिएको पाइएमा बढीमा ३ लाख सम्म जरिवाना गरिने खुलाएको छ । प्रदेश सहकारी मन्त्रालयबाट दर्ता अनुमति लिएका सहकारी संस्थाहरुले दर्ता हुँदाका बखत सहकारी अनुशिक्षण तालिम लिएका सदस्यहरु नै रहने गरी कम्तिमा पहिलो एक कार्यकालका लागि सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति गठन गर्नुपर्ने अन्यथा सो समितिले मान्यता नपाउने व्यवस्था उल्लेख छ । 

त्यसैगरी सदस्यले माग गरेको समयमा सदस्यहरुको निक्षेप फिर्ता नगर्ने सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुलाई यथाशीघ्र आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरी समक्ष लेखी पठाउने उल्लेख छ । 

प्रदेश सहकारी मन्त्रालयको नियमन क्षेत्राधिकार भित्र रहेका सहकारी संघ संस्थाहरुले ऋण प्रवाह हुँदा कुन कुन क्षेत्रमा के कति ऋण रकम (प्रतिशतमा समेत) र व्याजदरमा लगानी भएको छ उल्लेख गरी ३५ दिन भित्र वागमती प्रदेश सरकारी मन्त्रालयको प्रशासन तथा सहकारी विकास महाशाखामा पठाउन सूचना मार्फत निर्देशित गरेको छ । 
 
भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२० घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२१ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२० घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप