रुपन्देहीका ३ साकोस कर्ब्स कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रुपन्देहीका ३ साकोस कर्ब्स कार्यक्रममा आबद्ध

रुपन्देही। रुपन्देहीका ३ बचत तथा ऋण सहकारी संस्थाहरु नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्समा आज आबद्ध भएका छन् । नेफ्स्कून–जिल्ला बचत संघ साझेदारी कार्यक्रम अन्तर्गत रुपन्देही जिल्लाको देवदह ७ स्थित निरन्तर महिला साकोस, कञ्चन –४ स्थित धरोहर साकोस र बुटवल –११ स्थित संसार साकोस कर्ब्समा आबद्ध भएका हुन् । 

सम्झौता कार्यक्रममा नेफ्स्कून सञ्चालक सदस्य सन्दिप सापकोटा उपस्थित हुनुहुन्थ्यो भने संघका तर्फबाट कार्यक्रम अधिकृत मनोज खड्का, रुपन्देही फिल्ड कार्यालय इन्चार्ज छत्रप्रसाद धमला र  बरिष्ठ सहायक कल्पना भण्डारी सहभागी हुनुहुन्थ्यो । ३ वटै साकोसहरुसँग आज भएको औपचारिक सम्झौता कार्यक्रममा निरन्तर महिला साकोसकी उपाध्यक्ष मिना कुमारी भुषाल तथा व्यवस्थापक गिता बस्नेत, धरोहर साकोसका उपाध्यक्ष बिष्णुनारायण श्रेष्ठ तथा व्यवस्थापक संगिता गौतम तथा संसार साकोसका अध्यक्ष बिष्णु अवस्थी, लुम्बिनी प्रदेश बचत संघका व्यवस्थापक तारा अर्यालसँगै रुपन्देही जिल्ला बचत संघकी व्यवस्थापक शर्मिला भट्टराईको उपस्थिति थियो । साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी नेफ्स्कूनले सञ्चालन गरेको लोकप्रिय कार्यक्रम कर्ब्समा रुपन्देहीका थप ३ साकोसहरु आबद्ध भएका हुन् ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काका अनुसार निरन्तर महिला साकोसको कुल सम्पत्ति ७ करोड रुपैयाँ रहेको छ भने सदस्य संख्या ११ सय रहेको छ यसैगरी धरोहर साकोसको कुल सम्पत्ति १६ करोड रुपैयाँ तथा कुल सदस्य संख्या २२ सय माथि रहेको छ । यसैगरी, संसार साकोसका कुल सम्पत्ति साढे ८ करोड रुपैयाँ रहेको छ भने कुल सदस्य संख्या ९ सय रहेको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

मनकामना साकोसका सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप