नेफ्स्कूनको ३० औं वार्षिक साधारणसभा भोलि काठमाडौंमा आयोजना हुँदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३० औं वार्षिक साधारणसभा भोलि काठमाडौंमा आयोजना हुँदै

काठमाडौं । नेपालका बचत तथा ऋण सहकारीहरुको एक मात्र केन्द्रीय निकाय नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को ३० औं वार्षिक साधारण सभा भोलि काठमाडौंमा आयोजना हुँदैछ । प्रज्ञा भवन कमलादीमा २०७८ मंसिर ३ गते शुक्रबार बिहान ८ बजे आयोजना हुने सभाको उद्घाटन प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गर्ने कार्यक्रम छ । सभामा संघका देशभरका सदस्य संघ संस्थाका प्रतिनिधिहरुका साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति, सल्लाहकारहरु, नियामक निकाय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा सहकारी विभाग, राष्ट्रिय सहकारी महासंघ, विषयगत केन्द्रीय सहकारी संघहरु, राष्ट्रिय सहकारी बैंक, लगायत निकायका साथै संघको व्यवस्थापनको सहभागिता रहने छ ।

यसैगरी, सभामा राष्ट्रिय युवा परिषद, लायन्स क्लब इन्टरनेशनल, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), सिटिजन लाइफ इन्स्योरेन्स, आइएमइ लाइफ, आइएमइ जेनेरल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, जिनोब प्रा.लि, रारा डिजिटल ल्याब, लगायतका नेफ्स्कूनका साझेदार निकायहरुको पनि सहभागिता रहने छ । प्रत्येक वर्ष मंसिरको पहिलो शुक्रबार वार्षिक साधारण सभा गर्ने संघको निर्णय अनुसार ३० औं वार्षिक साधारण सभा यो वर्ष मंसिर ३ गते आयोजना गर्न लागिएको हो । गत वर्ष भने कोभिड महामारीका कारण न्यूनतम भौतिक उपस्थितिसहित हाइब्रिड मोडलमा २९ औं वार्षिक साधारण सभा सम्पन्न गरिएको थियो ।

उद्घाटन सत्रमा संघको ३४ औं स्थापना दिवस २०७८ साउन ३२ गते घोषणा गरिएका सम्मान तथा पुरस्कारहरु पनि प्रदान गरिने छ । दोस्रो सत्रमा संघका वित्तीय प्रतिवेदनहरु प्रस्तुतिसँगै तिनीहरु उपर सदस्यहरुको सुझाव संकलन, छलफल एवम् निर्णयार्थ विभिन्न प्रस्तावहरु पेश तथा स्वीकृति र साधारण सभाको निर्णय पुस्तिका प्रमाणीकरणका लागि प्रतिनिधि चयन आदिको कार्यक्रम रहेको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप