बागमती प्रोस्कूनको प्रथम बार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बागमती प्रोस्कूनको प्रथम बार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौँ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको प्रथम बार्षिक साधारण सभा हिजो बनेपामा सम्पन्न भएको छ । बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष उद्धव सापकोटाले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभामुख श्रेष्ठले सहकारीले गरिबी निवारणमा मुख्य भूमिका खेल्नु पर्ने बताउनुभयो । उहाँले सहकारीमा सुशासनको समस्या रहेको बताउनुभयो ।

आफैले कानुन बनाउदै तोड्दै जाने प्रवृति देखिएको भन्दै सभामुख श्रेष्ठले सुशासन महत्वपूर्ण कुरा भएको स्पष्ट पार्नुभयो । सदस्यले सहकारीको आवश्यकता महसुस हुनेगरी काम गर्नु पर्छ नत्र सहकारीको आवश्यकता छ की छैन सोच्नु पर्ने दिन आउँने तर्फ उहाँले सचेत गराउनुभयो । सहकारीले बचत तथा ऋणको मात्र काम गरेर ब्याजमात्र कमाउने नभइ उत्पादन तथा रोजगारसँग जोडेर जानुपर्ने उहाँको भनाइ थियो ।

उद्घाटन कार्यक्रममा बागमती प्रदेश सहकारी रजिष्ट्रार नारायण ज्ञवालीले सबै सहकारीहरुले बचत तथा ऋणको मात्र काम गरेकोमा आपत्ति जनाउँदै मुख्य उद्धेश्यअनुरुप काम गर्न आग्रह गर्नुभयो । सबैले बचत तथा ऋणको मात्र काम गरेकोले आफ्नो मुख्य विषय र मुख्य उद्धेश्य अनुरुप काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । बागमती प्रदेशले सहकारीलाई प्राथमिकतामा राखेको भन्दै यसको विकास, प्रवर्धनसँगै सुशासनका विषयमा उठेका प्रश्नहरु समाधान गर्ने गरी छुट्ट्ै सहकारी मन्त्रालयले काम गर्ने पनि उहाँले जानकारी गराउनुभयो ।

केही दिनअघि मात्र बागमती प्रदेशमा छुट्टै सहकारी मन्त्रालय गठन भएको समाचार प्रकाशमा आएको थियो । भूमि तथा सहकारी र गरिबी निवारणको जिम्मेबारी सम्हाल्ने गरी छुट्टै मन्त्रालय गठन गरिएको हो । प्रदेश मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेले केही सयमअघि ललितपुर बचत तथा ऋण सहकारी संघ लि.ले आयोजना गरेको चौथो ललितपुर साकोस समिटको समापन समारोहमा सहकारीलाई बिशेष प्राथमिकता दिने गरी मन्त्रालय गठन गरिने जानकारी गराउनुभएको थियो ।

बागमती प्रदेश सहकारी रजिष्ट्रार नारायण ज्ञवालीले हिजो पनि कार्यक्रममा सोही कुरा प्रष्ट पार्नुभयो । रजिष्ट्रार ज्ञवालीले भूमिसम्बन्धि अधिकांश काम संघबाटै हुने गरेकोले अब सहकारीलाई प्राथमिकता दिएर मन्त्रालयले हेर्ने बताउनुभयो । उहाँले मन्त्रालयमा सहकारी हेर्ने जनशक्ति वृद्धि र कार्यक्रम वृद्धि हुने दाबी गर्नुभयो । उहाँले सहकारी क्षेत्रको आवश्यकता र सुझावको आधारमा कार्यक्रमहरु तयार गरिने बताउनुभयो ।  उहाँले हिजो सहकारीको नियमनको मात्र जिम्मेवारी रहेको मन्त्रालयमा अब सहकारी प्रवर्धन, विकास र अनुगमन नियमनको पनि जिम्मेवारी आउने बताउनुभयो ।

उहाँले सहकारी अभियानसँगै सहकार्य गरी सहकारीलाई उत्पादनमा लान र सदस्यको साँच्चिकै आर्थिक समृद्धि तथा गरिबी न्यूनीकरणकालागि यहाँहरुको सल्लाह लिने छौं ।’ उहाँले सहकारीको सदस्य, सख्या, पूँजी परिचालन, बचत संकलन, रोजगारीसँगै सहकारीभित्रका सुशासनका समस्याहरुमा पनि बागमती प्रदेश अगाअगाडि रहेको बताउनुभयो । रजिष्ट्रार ज्ञवालीले बागमती प्रदेशका सहकारीमा जती समस्या अन्त कहीँ नभएको र घट्नुको सट्टा बढ्दै गएको भन्दै एकल प्रयासबाट सहकारीका समस्या नियन्त्रण सम्भव नभएको स्पष्ट पार्नुभयो । सहकारीका दैनिक ४ ५ वटा उजुरी आउने गरेको उहाँले सुनाउनुभयो । सहकारीले बढी हर्जाना, सेवा शुल्क र ब्याज लिएको गुनासा प्रशस्त आउने गरेको उहाँको भनाइ थियो ।

संघले हस्तान्तरण गर्दा २६ सय संस्था रहेको बागमती प्रदेशमा हाल त्यो संख्या बढेर ३ हजार पुगेको, २०५ संस्था एकीकरण भएर ८५ वटामा झरेपनि कुल संख्या बढेको उहाँले उल्लेख गर्नुभयो ।  उहाँले सहकारीको अनुगमनकालागि अधिकार सम्पन्न उच्चस्तरीय अनुगमन संयन्त्र बनाउनु पर्ने पनि बताउनुभयो । सहकारी रजिष्ट्रार कार्यलय नियमनकारी निकाय मात्र भएकोले जग्गा रोक्का जस्ता कार्यकालागि निर्देशन दिन नमिल्ने कानुनी प्रावधान रहेकोले यस्ता विषयमा सहकारी महासंघलगायतका छाता संघहरुले आवज उठाउनु पर्ने उहाँको सुझाव थियो । उहाँले सेवाकेन्द्र र कार्यक्षेत्र विस्ताकालागि मात्र एकीकरण भएको बताउनुभयो ।  उनले सहकारीको अनुगमनकालागि अधिकार सम्पन्न उच्चस्तरिय अनुगमन संयन्त्र बनाउनु पर्ने बताए ।

संघका अध्यक्ष उद्धव सापकोटाले संघ दर्ताको समयमा प्रदेशका ८२ वटा संस्था बागमती प्रोस्कूनमा आबद्ध रहेको जानकारी दिनुभयो । उहााले संघले सहकारीमा सुशासन ल्याउन महत्वपूर्ण भूमिका खेलेको, तालिम शिक्षालगायतको कार्य गरेको जानकारी सभामा गराउनुभयो ।

बागमती प्रदेश बचत संघले स्थानीय तहहरुमा सहकारी ऐन नियम निर्माणका लागि सहयोग गरेको उहाँले बताउनुभयो । उहाँले सहकारीले सदस्यको धितो दृष्टिबन्धक गर्दा लाग्ने शुल्क महंगो भएको कारण संस्था र सदस्य मर्कामा परेको भन्दै प्रमुख अतिथि र अतिथिहरुको ध्यानाकर्षण गराउनुभयो । उहाँले पहिला २५ सय शुल्क लाग्ने ठाँउमा हाल ८ हजार, ५ हजार शुल्क लाग्नेमा ५० हजार र ६५ हजार शुल्क लाग्ने ठाँउमा १ लाख २५ हजार शुल्क लिने गरेको भन्दै गम्भीर ध्यानाकर्षण गराउनुभयो । अन्य प्रदेश र संघीय सरकारले पनि नलिने शुल्क बागमती प्रदेशले लिएर अन्याय गरेकोले तत्काल संशोधन हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले सहकारीले तिरेको कर सहकारीकै प्रवर्धनका लागि राज्यले खर्च गर्नु पर्ने पनि माग गर्नुभयो ।

यसैबीच साधारण सभाको अवसरमा संघले विभिन्न संघ संस्था तथा व्यक्तिलाई प्रमुख अतिथिबाट सम्मानित समेत गरेको छ । संघले जिल्ला संघहरुमा काभ्रेपलाञ्चोक जिल्ला बचत संघ, प्रदेश उत्कृष्ट संस्थामा सामुदायिकक बचत तथा ऋण सहकारी संस्था तथा उत्कृष्ट संस्थामा दोलखाको जिरीस्थित एकिकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थालाई सम्मानित गरेको छ । यस्तै, नेफ्स्कूनका पूर्व प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटालाई सहकारी विद्वता व्यक्तित्वबाट सम्मानित गरिएको थियो ।

संघका कोषाध्यक्ष टापबहादुर श्रेष्ठले संघको आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजक केशवप्रसाद दंगालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो  कार्यक्रम संघका महासचिव जिवसराज खड्काले संचालन गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप