अन्धकारमुक्ति साकोसको २३औं बार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अन्धकारमुक्ति साकोसको २३औं बार्षिक साधारणसभा सम्पन्न

बोलिखबर डट कम संवाददाता, पाल्पा ।
रामपुरस्थित अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लि. को २३ औँ बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाले गत मंसिर १५ गते देखि सेवाकेन्द्र स्तरिय विधिबाट विभिन्न स्थानमा साधारणसभा गरि हिजो निर्णय प्रमाणित सहित साधारणसभा सम्पन्न गरेको हो ।

साधारण सभाको समापन समारोहलाई सम्बोधन गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले सहकारी संस्था शेयर सदस्यको सेवा संग समर्पित हुने वित्तीय संस्था भएको भन्दै समुदाय र जनताको आर्थिक समृद्धिको हितमा काम गर्ने संस्था भएको बताउनुभयो । अन्य बैंकले आर्थिक कारोबार एवं लगानी गरेर सेवाग्राहीलाई दोहन गर्ने गरेको आरोप लगाउदै अन्य बैंक संग सहकारीलाई तुलना गर्न नमिल्ने बताउनुभयो ।

“सेयर सदस्यको आर्थिक सम्बृद्धि संगै जिवन बदल्ने महत्वपूर्ण काम सहकारीले गर्छ, उहाँले भन्नुभयो जस्तो सुकै विषम परिस्थितिमा पनि सहकारी संस्था शेयर सदस्यको सेवामा समर्पित हुन्छ । ” अध्यक्ष पौडेलले गाँउगाँउमा रहेका विभिन्न सहकारी संस्थाको विकासका लागि नेफ्स्कून लागि परेको भन्दै रामपुर क्षेत्रमा रहेका सहकारीहरु एकीकरण गरि सेयर सदस्य सन्तुष्ट हुने काम गर्न आग्रह गर्नुभयो ।

नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले पछिल्लो केही बर्ष यता सहकारी संस्था धान्नै नसक्ने गरी स्थापना भएको भन्दै सहकारीको एकीकरण गरि एक व्यक्ति एक सहकारी नीति कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले एउटै कार्य क्षेत्र र उद्देश्य रहेका सहकारीहरु मर्ज हुन आवश्यक रहेको औल्याउनुभयो । उहाँले भन्नुभयो “एकीकरणका लागि सेयर सदस्य भन्दा पनि कर्मचारी र संचालक समिति बाधक बन्ने गर्दछ, पुँजीका कारण एकीकरण हुँदैन भन्ने तर्फ जान हुँदैन । ”अहिले सहकारी धेरै तर सदस्य संख्या थोरै रहेको भन्दै उहाँले सहकारीहरु मर्ज भई सेयर सदस्यको हितमा परिणाममुखी काम गर्न आवश्यक रहेको बतउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका निमित्त कार्यालय प्रमुख रामहरि पाण्डेले नगरपालिकाले सहकारी संग सहकार्य गर्दै कृषि क्षेत्रमा विभिन्न काम गर्दै आएको बताउदै सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । होटल नमस्ते पाल्पाको सभाहलमा भएको कार्यक्रममा अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष तिर्थ प्रसाद पंगेनी, रामपुर नगरपालिकाका वडा अध्यक्षहरुको तर्फबाट वडा नं. ५ का वडा अध्यक्ष हिमाल मल्ल, सल्लहाकारहरुको तर्फबाट मोहन भट्टराई, रामपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठ, जिल्ला सहकारी संघ पाल्पाका प्रतिनिधि कृष्ण कुमार अर्याल, शेयर सदस्यहरुको तर्फबाट रेनुका ठाडा र कृष्ण प्रसाद पौडेलले सहकारीको सेवा जिल्ला भर विस्तार गर्न आवश्यक रहेको भन्दै सफलताको शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाका अध्यक्ष सागर प्रसाद देवकोटाले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई अझ मजबुत र सेवा प्रभावकारी बनाउन सवैको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो । उहाँले समय अनुसार सहकारी संस्थालाई प्रविधिमैत्री बनाउदै सेवालाई प्रभावकारी बनाईएका भन्दै शेयर सदस्यहरुको आर्थिक सम्बृद्धिका लागि संस्था सदैव समर्पित रहने बताउनुभयो ।

कार्यक्रममा यो बर्ष ७० बर्ष पुगेका सेयर सदस्यहरुलाई पेन्सन भत्ता सहित सम्मान गरिएको थियो । सहकारीले ७० बर्ष उमेर पुगेका आफ्ना शेयर सदस्यहरुलाई मासिक ५ सय रुपैयाँका दुरले भत्ता दिदै आएको छ । यस्तै कार्यक्रममा सहकारी संस्थाका निवर्तमान कार्य समितिका पदाधिकारीहरुलाई सम्मान समेत गरेको थियो ।

अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको निर्णय प्रमाणित सहितको साधारण सभा नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको स्वगतबाट शुरु भएको कार्यक्रमको संचालन सचिव ओम प्रकाश बस्यालले गर्नु भएको थियो । रामपुर ७ डुम्रिगाँउ पाल्पामा प्रधान कार्यालय रहेको सहकारीले पाल्पाका विभिन्न स्थानका ५ वटा सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ भने ९ हजार ५ सय ६५ जना शेयर सदस्य रहेको छ ।

साधारणसभाको अवसर पारेर शनिवार अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लि.मा आबद्ध महिला सदस्यहरुको पहलमा सिस्टर सोसाइटी समेत गठन भएको छ । उक्त अवसरमा नेफ्स्कून उपाध्यक्ष एवम् सिस्टर सोसाइटी नेफ्स्कून, नेपाल च्याप्टरकी संयोजक शान्ति अधिकारीले सिस्टर सोसाइटीको इतिहास, औचित्य र यसमार्फत महिलाको सीप, क्षमता, नेतृत्व कौशलसँगै सशक्तिकरणमा गर्न सकिने कामहरुबारे सदस्यहरुलाई अभिमुखीकरण गराउनुभएको थियो ।

क्रेडिट युनियनमा आबद्ध महिलाहरुको बिश्व सञ्जाल सिस्टर सोसाइटीले विश्वभरका महिलाहरुबीच साझा मुद्दाहरुमा समान धारणा बनाउन, ज्ञान, शिक्षा र अनुभव आदानप्रदान गर्न सहयोग गर्नुका साथै महिला शसक्तिकरण, लैङ्गिक असमानता र विविध किसिमका विभेद अन्त्य गर्दै महिलाहरुलाई आर्थिक आत्मनिर्भरतातर्फ डोहोर्याउन भूमिका खेल्दछ । नेपालमा विश्व ऋण परिषद्को पहल तथा नेफ्स्कूनको अग्रसरतामा पहिलो पटक सन् २०१७ मा सिस्टर सोसाइटी नेफ्स्कून, नेपाल च्याप्टर गठन भएको नेफ्स्कून उपाध्यक्ष अधिकारीले जानकारी गराउनुभयो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१० घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

११ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

५ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

११ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप