मन्थली साकोसको २४ औं वार्षिक साधारण सभा सम्पन्न, गोविन्दप्रसाद घिमिरेको अध्यक्षतामा सर्वसम्मत समिति चयन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मन्थली साकोसको २४ औं वार्षिक साधारण सभा सम्पन्न, गोविन्दप्रसाद घिमिरेको अध्यक्षतामा सर्वसम्मत समिति चयन

मन्थली । रामेछाप जिल्लाको अग्रणी सहकारी संस्था मन्थली बचत तथा ऋण सहकारी संस्थाको २४ औं बार्षिक साधारण सभा हिजो मन्थलीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष धुबप्रसाद सुवेदीको अध्यक्षतामा भएको उक्त बार्षिक साधारण सभाको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा नगर प्रमुख बस्नेतले तीन खम्बे अर्थनीति अंगिकार गरेको सरकारले सहकारी क्षेत्रमा संकलित रकम आर्थिक विकासका लागि परिचालन गर्न जोड दिनुभयो । उहाँले नगर क्षेत्रका सवै सहकारी संस्थाहरु नगरपालिकाको दायरामा आउनु पर्ने बताउदै सहकारीका लागि निर्धारण गरिएको कर संशोधन हुने बताउनुभयो ।

कार्यक्रममा जिल्ला सहकारी संघका कार्यवाहक अध्यक्ष हिमाल ढुंगेल, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्री नयांघरे, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरे, रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका शिव श्रेष्ठ र नेफ्स्कूनका दोलखा फिल्ड कार्यालय प्रमुख राजेश खड्काले समेत सहकारी संस्था र यसले समाजमा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो ।
बार्षिक साधारण सभामा संस्थाका सचिव गोबिन्दप्रसाद घिमिरेले बार्षिक कार्यक्रम, कोषाध्यक्ष टीकाप्रसाद भट्टले संस्थाको आय व्यय विवरण र लेखा सुपरिवेक्षण समितिका संयोजक टंक प्रसाद दाहालले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रश्तुत गर्नुभएकोमा बार्षिक साधारण सभाले उक्त तीनवटै प्रतिवेदनलाई अनुमोदन गरेको थियो ।

कार्यक्रममा दिएको जानकारी अनुसार संस्थाको रामेछाप जिल्लाका साविक १८ गाविसमा कार्यक्षेत्र रहेको, १४ हजार ९४ जना सदस्य रहेको, गत आर्थिक बर्षको असार मसान्त सम्म ९ करोड ६ लाख ६८ हजार शेयर पूंजि संकलन गरेको, शेयर सदस्यबाट कुल ८२ करोड ५० लाख ९५ हजार बचत संकलन गरेको, शेयर सदस्यहरुलाई विभिन्न कार्यका लागि ६४ करोड ३९ लाख २९ हजार ७८ रुपैंया ऋण लगानी गरेको र गत आवमा कुल ९८ करोड ७७ लाख ३९ हजार ३ सय ६० रुयैयांको कारोवार गरी ५८ लाख १४ हजार ८ सय ६२ रुपैंया खुद मुनाफा आर्जन भएको छ ।

यसैबीच, संस्थाको बार्षिक साधारण सभाले गोबिन्दप्रसाद घिमिरेको अध्यक्षमा ९ सदस्यीय संचालक समिति र टंकप्रसाद दाहालको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्बिरोध निर्वाचित गरेको छ । उपाध्यक्ष पदमा चन्द्रा खड्का, सचिवमा हिमाल ढुंगेल, कोषाध्यक्षमा टीकाप्रसाद भट्ट, सदस्यहरुमा तारादेवी थापा, महेश घिमिरे, नानीमैया माझी, गौतमकुमार श्रेष्ठ र नवीन केसी चयन हुनुभएको छ । त्यस्तै, लेखा सुपरिवेक्षण समिति सदस्यमा कृष्णवहादुर बस्नेत र जानुकी श्रेष्ठ निर्वाचित हुनुभएको निर्वाचन उप समिति संयोजक पेशलकुमार आचार्यले बताउनुभयो । ४ बर्षका लागि निर्वाचित संचालक र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीले शनिबार नै पदको सपथ लिनुभएको छ ।

२०५४ सालमा स्थापना भएको मन्थली बचत तथा ऋण सहकारी संस्थाले मन्थली अतिरिक्त रामेछाप, गेलु, मन्थली बसपार्क र धोविमा सेवा केन्द्र मार्फत सदस्यसँग  बचत तथा ऋणको काम गर्दै आएको छ । संस्थाले केही समयमै सालु , कठजोर र भटौलीमा सेवा केन्द्र थप गर्ने योजना समेत सार्वजनिक गरेको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप