सहयात्री साकोसको १६औं बार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहयात्री साकोसको १६औं बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । सहयात्री बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौंको १६औं वार्षिक साधारणसभा पूर्व सहकारी मन्त्री माननीय पद्मा अर्यालको प्रमुख आतिथ्यातामा मंसिर १९ गते आइतबार सम्पन्न भएको छ । साधारण सभाको पहिलो सत्रमा राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा थाम्सुहाङ सुब्बा र सञ्चारकर्मी पूर्व नेपाल सुन्दरी सुगारिका के.सी.ले प्रशिक्षण प्रदान गर्दै उत्प्रेरणामुलक तथा नेतृत्व विकास बारेमा प्रशिक्षण दिनु भएको थियो । 

कार्यक्रममा बालबचतकर्ता बाबुनानीहरुलाई गितार तथा उत्कृष्ट सदस्यहरुलाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा सहकारी बैंकका सञ्चालक सरिता भट्टराईले उद्यमशिलता अभिवृद्धि सम्बन्धी प्रशिक्षण मन्तव्य राख्नु भएको थियो । 

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेक प्रसाद चौलागाईंले संस्थाको लेखा समितिमा रिक्त पदमा निर्वाचन संयोजकको भूमिका समेत निभाउदै निर्वाचित लेखा संयोजक विपिन कार्की र सदस्य सकिला निरौलालाई निर्वाचित घोषणा गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । 

प्रमुख अतिथि पूर्व मंत्री माननीय पद्मा अर्यालले सदस्यको सशक्त भूमिका चनाखो भएर निभाउन अनुरोध गर्दै  र संस्थाको सञ्चालक समितिलाई  जिम्मेवारी पूर्वक सञ्चालनको लागि सचेत गराउनु भएको थियो । कार्यक्रममा माननीय पद्मा अर्याललाई नेकपा एमाले को सचिवमा निर्वाचित हुनु भएकोमा बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो । 

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बानेश्वर शाखाका प्रमुख विष्णु गिरी लगायत अतिथिहरुको उपस्थिति रहेको थियो । ४ हजार ५ सय ९३  सदस्य रहेको सहयात्री साकोसले २७ करोड बराबरको कारोबार गर्दै ५९ लाख २० हजार खुद मुनाफा गर्न सफल भएको छ । 

कार्यकारी अध्यक्ष खेम सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता उपाध्यक्ष नृपेन्द्र श्रेष्ठ ले गर्नु भएको थियो । ग्रामीण लघुबित्त पद्धति अनुशरण गर्दै लघुबित्त कार्यक्रम सञ्चालन गरेको संस्थाले काठमाडौ उपत्यकाभर कार्यक्षेत्र विस्तार, ग्रामीण इलाकामा सेवा केन्द्र थप र विभिन्न सदस्य मैत्री नयाँ कार्यक्रमको घोषणा गर्दै सभा सम्पन्न गरेको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप