पोखरामा साकोसहरुका लागि स्तरीकरण अभिमुखीकरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरामा साकोसहरुका लागि स्तरीकरण अभिमुखीकरण 

पोखरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा  पोखरामा बचत तथा ऋण सहकारी संस्थाहरुका लागि स्तरीकरण अभिमुखीकरण सम्पन्न भएको छ । सोमबार सञ्चालित कार्यक्रमको उद्घाटन नेफ्स्कूनका सञ्चालक सदस्य एवं पोखरा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक चण्डीप्रसाद  शर्मा पौडेलले गर्नुभएको थियो । 

कार्यक्रममा सञ्चालक सदस्य चण्डीप्रसाद शर्मा पौड्यालले एक्काइसौँ शताब्दीमा पनि सहकारीको शक्ति र सामथ्र्यलाई पहिचान गराउन र सहकारीको मूल्य मान्यतालाई बुझाउन सकियो भने मात्र सहकारी अभियान सफल हुने धारणा राख्नुभएको थियो । सहकारी मार्फत करिब ८० लाख सदस्यलाई सेवा र ८० हजारलाई रोजगारी सिर्जना गरेर देशको जिडिपीमा ५ प्रतिशत योगदान पुर्याएको यस क्षेत्रले निम्न वर्गलाई समेटेर जान सके मात्र सहकारीको सामाजप्रतिको दायित्व पुरा हुने विचार राख्नुभएको थियो । 

कास्की बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष भेषराज बरालले सहकारीमा सुशासन कायम गर्न र अहिलेको प्रतिस्पर्धात्मक बजारमा सदस्यमुखी सेवा र संस्थागत गुणस्तरमा सहकारी नै अग्रसर हुनुपर्ने बताउनुभयो ।

कोअपरेटिभ क्लब कास्कीका अध्यक्ष अपिल कोइरालाले नेफ्स्कूनद्वारा सञ्चालित सहकारी संस्थाको गुणस्तर बृद्धि कार्यक्रमहरु सहकारी सञ्चालनका मेरुदण्ड बनेको बताउनुभयो । उहाँले वित्तीय सहकारीमा जानेर वा नजानेर हुने गलत कार्य निरुत्साहित गर्नुका साथै समयसापेक्ष नीति, विधि र प्रविधिलाई जोड दिई सहकारी विकासको भूमिकामा महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।

बचत तथा ऋण सहकारी संस्थाहरुमा विद्यमान जोखिम न्यूनीकरण गरी गुणस्तर सुधार र सुशासन कायम गर्ने उद्देश्यसहित साकोसहरुलाई नेफ्स्कूनद्वारा सञ्चालित स्तरीकरण कार्यक्रम आबद्धताका लागि आव्हान गरिएको थियो । 

पोखराका ३२ बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रमको अध्यक्षता नेफ्स्कूनका सञ्चालक एवम् पोखरा फिल्ड संयोजक चण्डीप्रसाद शर्माले गर्नुभएको थियो भने नेफ्स्कूनकी सञ्चालक कमलादेवी गिरीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सहजीकरण नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत भरतप्रसाद न्यौपानेले र सञ्चालन पोखरा फिल्ड कार्यालय प्रमुख यामकला सुवेदीले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप