धादिङको निलकण्ठ नगरपालिका ३ स्थित श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा एक्सेस पाँचौ ब्याचको १५ औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन PALM कार्यशाला आज सम्पन्न भएको छ । कार्यशालामा उक्त क्लष्टरमा आबद्धमध्ये ६ वटा साकोसका ३० जनाको सहभागिता थियो । कार्यशालाको उद्घाटन श्रोत परिचालन साकोसका अध्यक्ष प्रदिप अधिकारीको अध्यक्षता तथा जिल्ला सहकारी संघका उपाध्यक्ष भवानी तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको श्रोत साकोसका प्रमुख कार्यकारी अधिकृत दयानिधि नेपालले जानकारी गराउनुभयो । कार्यशालाको सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले गर्नुभएको थियो ।
६ दिन अगाडि
७ दिन अगाडि
७ दिन अगाडि
८ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
१५ दिन अगाडि
१७ दिन अगाडि
३४ दिन अगाडि
७ दिन अगाडि
२३ दिन अगाडि
२५ दिन अगाडि
२६ दिन अगाडि
२५ दिन अगाडि
२४ दिन अगाडि
३२ दिन अगाडि