‘लैङ्गिक हिंसा अन्त्य गर्न पारिवारिक सचेतना आवश्यक’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘लैङ्गिक हिंसा अन्त्य गर्न पारिवारिक सचेतना आवश्यक’

काठमाडौं । जिल्ला सहकारी संघ लि. काठमाडौंको आयोजना र संघकै महिला सशक्तिकरण उपसमितिको समन्वयमा आज संघको सभाहल बिजुलीबजारमा लैङ्गिक हिंसा विरुद्धको अभियान विषयक अन्तरक्रिया भएको छ । घरैबाट शुरू गरौं, महिला हिंसा अन्त्य गरौं भन्ने राष्ट्रिय नाराका साथ नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालनमा रहेको १६ दिने अभियानको समापनसँगै महिला हिंसा विरुद्धको ३ सय ६५ दिने अभियान शुभारम्भ भएको कार्यक्रमका सहभागी बक्ताहरुले बताउनुभएको छ । 

संघका अध्यक्ष ज्ञानबहादुर तामाङ्गले लैङ्गिक हिंसा विरुद्धको अभियानमा प्रत्येक घर घरका सदस्य सचेत भएर परिवर्तन घरबाटै सुरु हुनुपर्ने बताउनुभयो । महिला होस् वा पुरुष आफ्नो मन र मस्तिष्कमा उब्जने कुनैपनि प्रकारको हिंसात्मक गतिविधि र सोचमा सकारात्मक परिवर्तन ल्याउनसके मात्रै लैंङ्गिक हिंसा अन्त्य हुने बिषयको चर्चा गर्नुभयो । उहाँले सहकारीमार्फत महिलाहरुमा आर्थिक सशक्तिकरण र जागरणको सुरुवात भएको साथै सहकारीका क्षेत्रमा नेतृत्व तहमा पनि पहुँच अभिवृद्धि भएको प्रष्ट पार्नुभयो । 

कार्यक्रममा मानव अधिकार रक्षक भोजराज तिमल्सिनाले महिलामाथी हुने विभिन्नखाले हिंसा र कानुनी प्रावधान विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागी सहकारी प्रतिनिधिहरुले प्रस्तुत कार्यपत्र र महिला हिंसा सम्बन्धी कानुनी प्रावधान बारे जिज्ञासा राख्नुभएको थियो । 

नेपाल मानव अधिकार संगठनका केन्द्रीय सदस्य रविनसिंह बस्नेतले आज डिसेम्बर १०, ७३औं अन्तराष्ट्रिय मानव अधिकार दिवसबारे चर्चा गर्दै मानव अधिकारको रक्षा घर घरबाट र पारिवारिक संस्कारबाटै विकास हुनुपर्ने बताउनुभयो । उहाँले जुन घर परिवारमा मानव अधिकारको रक्षा हुन्छ, त्यहाँ लैंङ्गिक हिंसा अन्त्य हुने प्रष्ट पार्नुभयो । 

बागमती प्रदेश बचत संघकी लेखा सुपरीवेक्षण समिति सदस्य रमिला श्रेष्ठ शाक्यले घरघरका महिला दिदीवहिनी, सासु बुहारी, नन्द भाउजु बीचका सोच र व्यवहारमा परिवर्तन साथै सम्बन्ध सुधारको माध्यमबाट घर, समाज र समुदाय हुँदै राष्ट्रिय अभियानलाई नै हिंसा मुक्त बनाउने सोच विकास हुनुपर्ने बताउनुभयो ।  

संघकी सञ्चालक एवम् महिला उपसमिति संयोजक अमरावती महर्जनले सहकारी क्षेत्रमा महिलाको उल्लेख्य सहभागिता रहेको चर्चा गर्दै प्रत्येक सहकारीमार्फत लैंङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोडदिनुभयो । लैङ्गिक हिंसा अन्त्यका लागि महिला र पुरुष दुवैंको भूमिका उत्तिकै महत्वपूर्ण रहने र दुवैले एक साथ यो १६ दिने अभियानको सन्देशलाई बर्षौबर्षसम्म आत्मसाथ गर्नुपर्ने बताउनुभयो ।

संघका सञ्चालक बीरेन्द्र कुमार बलामी र लेखा सुपरीवेक्षण समिति संयोजक सुमन के.सी. ले लैंङ्गिक हिंसा विरुद्धको अभियानमा ऐक्यबद्धता जनाउँदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा सहभागी काठमाडौंका विभिन्न सहकारीका प्रतिनिधिहरुले लैंङ्गिक हिंसा अन्त्यको अभियानमा एकजुट भएर लाग्नुपर्ने र टोलटोलमा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो । थोरै संख्याको पछाडि जोडिएको विशाल सञ्जाल भएको सहकारी क्षेत्रले विशेष ध्यानदिन सके लैङ्गक हिंसा विरुद्धको अभियान सार्थक बन्ने विश्वास सहभागी बक्ताहरुले व्यक्त गरेका थिए । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२१ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप