दाङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को १५ औं बार्षिक साधारणसभा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दाङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को १५ औं बार्षिक साधारणसभा सम्पन्न 

दाङ ।  दाङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को १५ औं बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । सभाका प्रमूख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का महासचिव दामोदर अधिकारी रहनुभएको थियो भने बिशिष्ट अतिथि जिल्ला सहकारी संघ लि. का अध्यक्ष गोबिन्द प्रसाद शर्मा, अतिथिहरुमा दाङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का संस्थापक अध्यक्ष भरत बहादुर बुडाथोकी, निबर्तमान अध्यक्ष तथा अन्जन कुमार पौडेल, प्रदेश सहकारी बिकास बोर्डका सदस्य तथा जिल्ला सहकारी संघ लि. दाङ का सञ्चालक तथा जिल्ला बचत तथा ऋण सहकारी संघ का उपाध्यक्ष हुमा डि.सी, जिल्ला कृषि सहकारी संघ लि. दाङ का अध्यक्ष पद्यमा आर्याल, जिल्ला बहुउद्येशीय सहकारी संघ लि. दाङ का अध्यक्ष  कृष्णप्रसाद शर्मा, जिल्ला उपभोक्त सहकारी संघ लि. का अध्यक्ष नारदमणी पोख्रेल, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का सल्लाहकार सुरेन्द्र बहादुर खड्का, प्रेश काउन्सिल नेपालका सदस्य एवं पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी, प्रतिनिधी रात्री पोष्ट दैनिकका सम्पादक शरद अधिकारी, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का कोषध्यक्ष शिवध्वज मल्ल, लेखा सुपरिवेक्षण समिति संयोजक शेषमणी रिजाल, नेफ्स्कून फिल्ड कार्यालयक दाङका ईन्चार्ज बिष्णु जोशी, राष्ट्रिय सहकारी बैक दाङका शाखा प्रमूख डिल्लीराज दहाल, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का सञ्चालक कुमार श्रेष्ठ, भगवती शर्मा, रामकृष्ण आचार्य, ध्रुव पौडेल, दुर्गा भण्डारी लगायतको उपस्थीती रहेको थियो । 

संघ को १५ औ बार्षिक साधारण सभामा प्रमूख अतिथि नेफ्स्कून महासचिव अधिकारीले दाङ जिल्ला आफैमा सम्भावना बोकेको जिल्ला भएको बताउँदै यस क्षेत्रमा सहकारी संघ÷संस्थाहरुको पनि राम्रो भविष्य रहेको बताउनुभयो । उहाँले केन्द्रीय संघद्धारा सञ्चालित बिभिन्न गुणस्तरीय सुनिश्चितताका कार्यक्रमहरुमा आवद्धता जनाइ नीति, विधि, कार्यविधि सहितको संघ÷संस्था बनाई सदस्यहरुलाई गुणस्तिरीय सेवा प्रदान गर्न सकिने उल्लेख गर्नुभयो । महासचिव अधिकारीले नेफस्कूनले समय सापेक्ष आफ्ना सदस्यहरुका लागि बिभिन्न योजना बनाई संघ÷संस्थाको हितमा काम गरिरहेको स्पष्ट पार्नुभयो । 

बिशिष्ट अतिथि गोबिन्द प्रसाद शर्माले कार्यक्रममा बोल्दै वित्तीय कारोवार गर्ने संघ÷संस्थाहरुको रुपमा सहकारीहरुलाई बुझ्न सकिन्छ यस क्षेत्रमा सुशासन हुन आवश्यक छ सहकारीका सञ्चालक तथा ब्यवस्थापनमा रहेका क्रमचारीहरु दुबै दक्ष हुन आवश्यक भएको बताउनुभयो ,। त्यसका लागि समय समयमा जिल्ला संघ, केन्द्रीय सहकारी संघ हरुले सञ्चालक, लेखासमिती, ऋण समिति, क्रमचारीहरुका लागि उच्च, मध्यम र न्यून स्तरका तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनु भयो । उहाँले ती कार्यक्रममा सहभागिता जनाउन पनि आग्रह गर्नुभयो । साथै १५ औ बार्षिक साधारण सभा सफलताको शुभकामना सहित आगामी दिनहरुमा संघको उत्तरोउत्तर प्रगतिको शुभकामना दिनुभयो । 

अन्तमा १५ औ बार्षिक साधारण सभाका सभाध्यक्ष रुप बहादुर खत्रीले प्रतिनिधीहरुवाट आएका गुनासो, सुझावहरुलाई सम्बोधान गर्दै आगामी दिनहरुमा पनि संघमा गनुपर्ने नियमित बचत, ऐच्छीक बचत, शेयर को कारोबार नियमित रुपमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मा गर्नहुन र संघलाई आगामी दिनहरुमा दृढ, बलियो बनाउनका लागि सम्पुर्ण सहकारी संस्थाका प्रतिनीधीहरुलाई आग्रह गदै कार्यक्रम समापन गर्नुभयो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप