गोङ्गबुसिद्धि साकोसको २८औं बार्षिक साधारणसभा सम्पन्न, पूर्ण प्रजापतिको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गोङ्गबुसिद्धि साकोसको २८औं बार्षिक साधारणसभा सम्पन्न, पूर्ण प्रजापतिको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

काठमाडौं । टोखा न.पा. वडा. नं ९ सिद्धिटोल गोंगबुमा अवस्थित गोङ्गबुसिद्धि बचत तथा ऋण सहकारी संस्थाको आज सम्पन्न २८औं बार्षिक साधारणसभाले पूर्ण प्रजापतिको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । संस्थाका अध्यक्ष गोबिन्द महर्जनको सभापतित्वमा सम्पन्न साधारण सभाको उद्घाटन नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुभएको थियो । 

कार्यक्रममा नेफ्स्कूनका पूर्व प्रशासन प्रमुख शिव अधिकारी, नेफ्स्कून गोंगबु फिल्ड कार्यालय इन्चार्ज प्रकाश अधिकारी लगायत स्थानीय सहकारी प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो ।  

साकोसको चार वर्षको लागि निर्वाचित नयाँ सञ्चालक समितिमा पूर्ण प्रजापतिको नेतृत्वमा ९ सदस्यीय संचालक समिति र ३ सदस्यी लेखा सुपरिवेक्षण समिति निर्विरोध चयन भएको हो  । पूर्ण प्रजापति यस अघि उपाध्यक्ष हुनुहुन्थ्यो । त्यसैगरी नवनिर्वाचित समितिको उपाध्यक्षमा शम्शेर बहादुर गाईजु, सचिवमा नरेन्द्र मान नकर्मी र कोषाध्यक्षमा पूर्णकाजी प्रजापति रहनु भएको छ । त्यस्तै सदस्यहरुमा जयमान महर्जन, शान्तिदेवी बज्राचार्य, निराजन कुमार महर्जन, सत्यलक्ष्मी महर्जन, अजय महर्जन निर्वाचित हुनु भएको छ ।

नेफ्स्कूनका पूर्व प्रशासन प्रमुख शिव अधिकारी प्रमुख निर्वाचन अधिकृतको भूमिकामा रहेर निर्वाचन कार्यक्रम सम्पन्न साथै नयाँ समितिलाई सपथ समेत खुवाउनुभएको थियो । 

साधारण सभामा संस्थाका अध्यक्ष गोबिन्द महर्जनले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन, सचिव नरेन्द्रमान नकर्मीले प्रस्तुत गर्नुभएको भावी योजना, कोषाध्यक्ष पूर्णकाजी प्रजापतिले प्रस्तुत गर्नुभएको लेखा परिक्षण प्रतिवेदन र भावी बजेट र लेखा सुपरिवेक्षण समितिका सदस्य नविन डंगोलले प्रस्तुत गर्नुभएको लेखा प्रतिवेदन सर्वसहमत रुपले पारित गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८मा संस्थाको शेयर पूँजी २,४९,९२,६००/पुगेको छ । त्यस्तै बचत निक्षेपमा २९,७९,२४,६४१।७७/ पुगेको छ । यस अवधिमा संस्थाले २७,५५,४८,३४५।७२/ कर्जा लगानी गर्न सफल भएको थियो । त्यस्तै संस्थाको जगेडाकोष र अन्य कोषहरुमा १,८६,२८,००५।९८, कर्जा जोखिम कोषमा २,०७,१७,५८३।३१ रहेको छ ।

संस्थाले आर्थिक वर्ष २०७७/०७८मा ३७,७८,४४,७९४।३६ कुल कारोबार गरेको साधारण सभामा जानकारी गराईएको  थियो ।

संस्थाले ज्येष्ठ सदस्य (बृद्ध–बृद्धा) सम्मान, एस.ई.ईमा उर्तिण विद्यार्थीहरुलाई सम्मान तथा आवधिक बचत कर्ताहरुलाई सम्मान गरिएको थियो । संस्थाको वार्षिक साधारणसभा सञ्चालन संस्थाका सचिव नरेन्द्र मान नकर्मीबाट र स्वागत कार्यक्रम संस्थामा सदस्य शम्शेर बहादुर गाईजुबाट भएको थियो । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप