नेफ्स्कूनको अगुवाइमा वालिङ नगरपालिकामा सहकारी जागरणको काम हुँदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको अगुवाइमा वालिङ नगरपालिकामा सहकारी जागरणको काम हुँदै

काठमाडौं । नेफ्स्कूनको अगुवाइमा स्याङ्जाको वालिङ नगरपालिका अन्तर्गतका सहकारीहरुको अवस्था विश्लेषणको काम भइरहेको छ । नगरपालिका अन्तर्गत हाल कायम विभिन्न प्रकृतका ९८ सहकारीहरुको बारेमा निश्चित मापदण्ड एवम् सूचकहरुको आधारमा वस्तुस्थिति अध्ययनको काम नेफ्स्कूनमार्फत भइरहेको छ । अहिलेसम्म ६० बढी सहकारीहरुको वस्तुस्थिति बुझ्ने काम सम्पन्न भएको छ भने बाँकीका बारेमा पनि स्थलगत भ्रमण गरी जानकारी लिने काम भइरहेको छ ।

नेफ्स्कूनका बरिष्ठ अधिकृत नवीनराज दाहालले आधारशिला कार्यक्रममा सम्झौता भएको वालिङ नगरपालिका अन्तर्गतका सहकारीहरुको अवस्था के कस्तो छ, उनीहरुको सुरुवात, दर्तादेखि हालसम्मको वित्तीय तथा गैरवित्तीय अवस्था बारे जानकारी लिने अर्थात् जागरण चरणको काम भैरहेको बताउनुभयो । वालिङ नगरपालिका अन्तर्गत सहकारी शाखा प्रमुख भुवानी तिवारी र नेफ्स्कूनकी कार्यक्रम अधिकृत रिता सुवेदीले ती सहकारीहरुको बारेमा तथ्याङ्क र सूचना सङ्कलनको काम गरिरहनुभएको छ ।

नेफ्स्कूनकी कार्यक्रम अधिकृत सुवेदीले अहिलेसम्म आधाबढी सहकारीको बारेमा जानकारी संकलन भएको र नेफ्स्कूनले ती सहकारीहरुको विकास र प्रर्वधनमा के कस्तो सहयोग गर्न सक्छ भन्ने विषयमा राय सुझाव संकलन गरिएको जानकारी गराउनुभयो । सुवेदीले सर्वप्रथम सबै सहकारीहरु पत्ता लगाउने काम नै महत्वपूर्ण भएको बताउनुभयो । कतिपय सहकारीहरु सक्रिय नभएकोले उनीहरुको बारेमा नगरपालिकाका अधिकारीसँगै घरदैलोमा गएर जानकारी लिने काम भएको वालिङबाट जानकारी गराउनुभयो । उहाँले नगरपालिकासँगको समन्वयनमा भैरहेको यस्तो कामले स्थानीय तहलाई पनि सहकारीको बारेमा प्रत्यक्ष अवलोकनमार्फत धरातलीय यथार्थ थाहा लाग्ने बताउनुभयो ।

नेफ्स्कूनले स्थानीय तहका सहकारीहरुको विकास, प्रवर्धन एवम् सशक्तिकरणको योजनासहित अघि सारेको आधारशिला कार्यक्रम अन्तर्गत वालिङ नगरपालिकासँगको समन्वयमा उक्त काम भैरहेको हो । नेफ्स्कून र वालिङ नगरपालिकाबीच २०७८ साल भदौ १३ गते आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता भएको थियो । सोही सम्झौता अनुरुप हाल जागरण चरणको कार्यक्रम जारी रहेको हो । आधारशिला अन्तर्गत हालसम्म १८ वटा स्थानीय तहसँग सम्झौता भएर कार्यान्वयनमा रहेको छ भने १४ वटा स्थानीय निकायसँग सम्झौताको कुरा पाइपलाइनमा रहेको नेफ्स्कूनका बरिष्ठ अधिकृत दाहालले जानकारी गराउनुभयो ।

उहाँले दृष्ट्रिकोण, ध्येय र उद्देश्य, सदस्यता, सदस्य सेवा, सुशासन, लेखापालन, वित्तीय अवस्था र सामाजिक उत्तरदायित्व र गरी ७ वटा विषयगत क्षेत्र र त्यसअन्तर्गत तय गरिएका उप क्षेत्रहरुको मादपण्डका आधारमा अवलोकन, सूचना र तथ्याङ्क बिश्लेषणका आधारमा १ सय पूर्णाङ्कको मार्किङ समेत गरिने छ जसअनुसार ० देखि ४० प्रतिशतले कमजोर, ४१ देखि ५४ प्रतिशतले ठीकै, ५५ देखि ७० राम्रो र ७१ देखि ८४ धेरै राम्रो र बाँकी उत्कृष्ट ठहरिनेछन् । आधारशिला अन्तर्गतका जागरण, विकास, प्रवर्धन र सञ्जालीकरण गरी ४ चरणमध्ये हाल वालिङमा पहिलो चरणको काम भैरहेको दाहालले बताउनुभयो ।

प्राप्त सूचनाहरुहरुको संश्लेषण र विश्लेषणपछि नेफ्स्कूनले नगरपालिकाभित्रका सहकारीहरुको प्रोफाइल तयार पारी पुस्तकाकारका रुपमा स्थानीय निकायहरुलाई हस्तान्तरण गर्नेछ जसले स्थानीय सरकारलाई सहकारीसम्बन्धी नीति निर्माण, कार्यक्रम तथा रणनीतिहरु तय गर्न सहयोग मिल्नेछ । कुनाकाप्चामा रहेका सहकारीहरुमा सरकार नपुगेको अवस्थामा नेफ्स्कून पुगेको भन्दै तत्तत् सहकारीहरुबाट आधारशिला कार्यक्रमको सम्बन्धमा सकारात्मक प्रतिक्रियाहरु प्राप्त भएको नेफ्स्कूनकी कार्यक्रम अधिकृत रिता सुवेदीले बताउनुभयो । आधारशिला कार्यक्रमका विविध उद्देश्यहरुमध्ये सहकारीमार्फत उत्पादन, उद्यमशीलता र रोजगारी प्रवर्धनमा सहयोग गर्ने पनि रहेको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप