‘साकोस अभियानमा प्रदेश संघको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘साकोस अभियानमा प्रदेश संघको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

बुटवल । लुम्बिनी प्रदेश बचत संंघका अध्यक्ष कृष्ण नेपालको अध्यक्षतामा हिजो ‘साकोस अभियानमा प्रदेश संघको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । अन्तरक्रियामा नेफ्स्कूनका पूर्व प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, रुपन्देही जिल्ला बचत संघका अध्यक्ष प्रकाश भट्टराई, नवलपरासी बचत संघका अध्यक्ष राजन आचार्य, नेफ्स्कून रुपन्देही फिल्ड कार्यालय इन्चार्ज छत्र प्रसाद धमला लगायतकाहरु अतिथि रहनुभएको थियो । कार्यक्रमका सहजकर्ता सापकोटाले साकोस अभियानमा प्रदेश संघको भूमिका विषयक प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रमका विभिन्न प्रारम्भिक संस्थाका अध्यक्ष, व्यवस्थापक, जिल्ला संघका प्रतिनिधि, प्रदेश संघका पदाधिकारी एवं संञ्चालक गरी ५२ जनाको सहभागिता रहेको संघकी व्यवस्थापक तारा अर्यालले जानकारी दिनुभयो । कार्यक्रमका सहभागीहरुका जिज्ञासाहरुको सम्बोधन प्रदेश संघका अध्यक्ष कृष्ण नेपाल र सहजकर्ता सापकोटाले गर्नु भएको थियो । प्रदेश संघका महासचिव ऋषि सापकोटाले संञ्चालन गरेको कार्यक्रममा प्रदेश संघका सचिव बसन्त ढकालले स्वागत मन्तव्य र कोषाध्यक्ष प्रेम गुरुङले धन्यवाद मन्तव्य राख्नु भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप