चन्द्रागिरि साकोसको आयोजनामा २८ औं सिकाइ कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रागिरि साकोसको आयोजनामा २८ औं सिकाइ कार्यशाला सम्पन्न

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा पुस ५ गते २८ औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला, २०७८ सम्पन्न भएको छ । एक्सेस ब्राण्डिङ कार्यक्रमको तेश्रो मध्य क्षेत्रमा सम्मिलित १२ वटा संस्थाहरुको सहभागितामा उक्त कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा सहभागी संस्थाहरुले आ-आफ्ना संस्थाको पछिल्लो प्रतिवेदनहरु प्रस्तुत गर्दै हालको वित्तीय बजारको समीक्षा गरेका थिए । तरलता संकुचन, ऋण मागको चाप, समाचारमा आएका केही सहकारी संस्थाहरुको गलत अभ्यासका कारण वर्तमान समयमा सामना गर्नुपरेको चुनौतीका विषयमा समेत कार्यक्रममा समीक्षा गरिएको थियो । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले कार्यक्रम उद्घाटन गर्नुभएको थियो । उहाँले एफ.डब्लु राइफाइसनको थ्री एस (Self-Help, Self-Governance and Self-Responsibility) सुत्र लगायत सदस्य सुरक्षाका सिद्धान्त तथा नेपालको सन्दर्भमा सन्दर्भ ब्याजदरको अभ्यासको चर्चा गर्नुभयो । कार्यशालाको सहजीकरण नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकाल र बरिष्ठ कार्यक्रम अधिकृत प्रेम वाग्लेले गर्नुभएको थियो । संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरले सबै संस्थाहरु सहकारीको छवि सुरक्षा गर्ने उद्देश्यले असल अभ्यासहरुमा लाग्नु पर्नेमा जोड दिँदै आफु मात्र राम्रो बन्नेमा मात्र सिमित नभइ अभियान राम्रो बनाउने कुरामा केन्द्रित हुनु पर्ने विचार राख्नुभयो ।

उक्त कार्यशाला संस्थाहरुको प्रगतिको समीक्षा र मानव संशाधन कार्याशाला गरी २ वटा पक्षमा केन्द्रित रहँदै महत्वपूर्ण निश्कर्षहरु सहित समापन भएको छ । आगामी कार्यशाला युवा बचत तथा ऋण सहकारी संस्था लि. काभ्रेकोे अयोजनामा हुने गरी एक्सेस ब्राण्डिङ प्रतिक झण्डा हस्तान्तरण भएको छ ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप