मन्थली नगरपालिकाको आयोजनामा ‘सहकारी लेखा व्यवस्थापन तालिम’ सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मन्थली नगरपालिकाको आयोजनामा ‘सहकारी लेखा व्यवस्थापन तालिम’ सम्पन्न

मन्थली । मन्थली नगरपालिकाको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा पुस २ गतेदेखि ५ गतेसम्म रामेछाप सदरमुकाममा ४ दिवसीय ‘सहकारी लेखा व्यवस्थापन तालिम’ सञ्चालन भएको छ । नगरपालिका भित्र क्रियाशील विभिन्न संघ संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु र कर्मचारीहरुको सहभागिता रहेको तालिमको समापन कार्यक्रमको अध्यक्षता नगरप्रमुख रमेश कुमार बस्नेतले गर्नुभएको थियो भने उद्घाटन कार्यक्रमको प्रमुख आकर्षष उपप्रमुख माया कुमारी कार्की रहनुभएको थियो ।

आज समापन कार्यक्रममा नगर प्रमुख बस्नेतले स्थानीय तह संचालन ऐन आएपछि नगर मातहतका सहकारीको संचालन, नियमन र अनुगमन निरन्तर नगरपालिकाले गर्ने गरेको बताउँदै केही सहकारी नियमनको क्षेत्रको दायरामा नआएको भन्दै उनीहरुलाई आउन अनुरोध गर्नुभयो । उहाँले वित्तिय प्रतिवेदन समयमा बुझाउन, सदस्यको पैसाको परिचालन सही तरिकावाट नगरी झोलामा राखेर हिडेमा त्यस्तो प्रवृत्ति अन्त्य गरिने स्पष्ट पार्नुभयो । सहकारीको क्षमता विकास तालिमका कार्यक्रम निरन्तर गर्ने प्रतिवद्धता व्यक्त गर्दै नगरप्रमुख बस्नेतले सहकारीलाई सदस्यको उत्पादनसँग जोड्न नगरपालिकाले सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले सदस्यको पैसा सदस्यको हितमा परिचालन गर्नुपर्ने भन्दै सहकारीको चुस्त दुरुस्त व्यवस्थापनमा जोड दिनुभयो । लघुउद्यम, विदेशबाट फर्किएका उद्यमी, कृषि र पशुपालनमा सहकारीलाई आगामी दिनमा जोड्ने योजना नगर प्रमुख बस्नेतले सुनाउनुभयो । समापनमा जिल्ला बचत संघका अध्यक्ष जगनाथ दाहाल, पत्रकार महासंघ रामेछापका सभापति बद्री नयाँघरे अतिथि रहनुभएको थियो । 

यसअघि, पुस २ गते तालिमको ब्यानर बाचन गरेर उद्घाटन गर्दै उप प्रमुख कार्कीले सहकारीले लेखा चुस्त दुरुस्त राख्न नसकिएको खण्डमा संस्था संचालन गर्न नसकिने भन्दै सहकारीको सक्षमतामा टेवा पुर्याउन कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो । कार्यक्रममा मन्थली नगरपालिकाका उपसचिव हेमन्त कुमार बुढाथोकी, जिल्ला बचत तथा ऋण सहकारी संघ लि.रामेछापका अध्यक्ष जगनाथ दाहाल, मन्थली साकोसका पूर्व अध्यक्ष गोविन्द प्रसाद घिमिरे, पत्रकार महासंघका जिल्ला उपसभापति कैलाश खत्री रहनुभएको थियो भने कार्यक्रम सञ्चालन मन्थली नगरपालिकाका योजना अधिकृत उज्वल पोखरेलले गर्नुभएको थियो । तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइराला र वित्तीय अनुगमन अधिकृत दिपक अर्यालले गर्नुभएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै जिल्ला बचत संघका अध्यक्ष जगनाथ दाहाले सहकारीहरुले प्रकृति बमोजिमको कारोबार गर्नुपर्ने, संस्थाको लेखा प्रणाली चुस्त दुरुस्त राख्नुपर्ने, ऋण लगानी प्रकृयागत सुधार गर्नुपर्ने, तरलता अभावमा संस्थालाई चुनौती रहेकोमा व्यवस्थापन गर्दै समय सापेक्ष व्याजदर परिवर्तन गर्दै, नीति विधि र प्रविधिको प्रयोग मार्फत सेवा प्रवाहमा मितव्ययीता अपनाउनुपर्ने भन्दै तालिम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । यस्तै, मन्थली साकोसका पूर्व अध्यक्ष गोविन्द प्रसाद घिमिरेले सदस्यको पैसा सही परिचालनका लागि लेखा व्यवस्थापन अपरिहार्य भएकोमा जोड दिदैं तालिम मर्यादित र प्रभावकारी बनाउन समय परिपालनामा ध्यान दिनुपर्ने र सिकेको कुरा संस्थामा कार्यान्वयन गर्नुपर्ने भन्दै तालिम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

यस्तै, पत्रकार महासंघका जिल्ला उपसभापति कैलाश खत्रीले महत्वपूर्ण र उपयुक्त तालिम आयोजना गरिएको बताउँदै सञ्चार माध्यममा सहकारी क्षेत्र पनि प्राथमिकतामा परेको र उच्च महत्व रहेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा महासंघको पनि सहकार्य, साझेदारी रहने प्रतिबद्धतासहित सहकारीको विकासका लागि सहकार्य, छलफल र अन्तरक्रिया गर्ने बताउनुभयो ।

अर्का वक्ता हेमन्त कुमार बुढाथोकीले पालिका स्तरीय सहकारीहरुको संवैधानिक प्रावधान बमोजिम नियमनको थालनी भएको भन्दै सबै सहकारीको विवरण अद्यावधिक कार्य थालनी गरिएकोमा ११० सहकारी मध्ये ५६ वटा सहकारी अद्यावधिक गरिएको बताउनुभयो । उहाँले अति गाम्भिर्यताका साथ सहकारी संचालन गर्नुपर्नेमा जोड दिदैं नगरपालिकाको समृद्धिको आधार सहकारी रहेको भन्दै नगरले सहकारी क्षेत्रलाई बिशेष महत्व दिएको बताउनुभयो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१६ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप