आज विश्वको पहिलो आधुनिक सहकारी स्थापना भएको दिन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आज विश्वको पहिलो आधुनिक सहकारी स्थापना भएको दिन

आज डिसेम्बर २१ । सन् १८४४ को आजकै दिन विश्व सहकारी इतिहासको औपचारिक थालनी भएको दिन । आजकै दिन उत्तरी बेलायतको ल्याङ्कसायरस्थित रोचडेल सहरको टोड लेन ३१ मा २८ जना अगुवा (रोचडेली अगुवाको नामले चिनिएका) हरुले पहिलो सहकारी उपभोक्ता पसल ‘रोचडेल पायोनियर्स स्टोर’ सञ्चालन गरी बिश्वमा आधुनिक सहकारी अवधारणाको व्यावहारिक एवम् विविधत् सुरुवात गरेका थिए । रोचडेलको कटन मिलमा काम गर्ने २८ अगुवाहरुको सामुहिक प्रयासमा विश्वको पहिलो सहकारी सञ्चालनमा आएको थियो । उनीहरुलाई आधुनिक सहकारी व्यवसाय तथा अभियानको प्रोटोटाइपको रुपमा लिइन्छ ।

सहकारी प्रारुपमा पसल सञ्चालन गर्ने उक्त कार्यले विश्व सहकारी अभियानको आजको फैलावटको दरिलो जग बसाल्ने काम गरेको थियो । हुनत् टोन लेन अघि पनि सहकारी प्रारुपमा काम नभएको होइन तर तिनीहरु स्थायी र दिगो बन्न सकेका थिएनन् जुन विषयलाई अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले पनि आधिकारिक रुपमा उल्लेख गरेको छ । रोचडेली अगुवाहरुले खनेको जगले भने सहकारीको सैद्धान्तिक र व्यवाहारिक आधारशिला निर्माणको श्रीगणेश गरेको थियो । खासमा रोचडेल सोसाइटी अफ एक्वेटेवल पायोनियर्सले गुणस्तरयुक्त र मिसावटरहित खाद्य सामाग्रीहरुको सहज र सर्वसुलभ उपलब्धता गराएको थियो । 

पसलमा ५ वटा उपभोग्य वस्तुहरु बिक्रीका लागि राखिएका थिए । पूरानो ग्रेगोरियन क्यालेन्डर अनुसार डिसेम्बर २१ इसाई धर्मावलम्बीहरुको सबैभन्दा ठूलो पर्व क्रिसमस पनि पदथ्र्यो । रात करिब ८ बजेतिर रोचडेली अगुवाहरुको एक समूह र उनका परिवाजनहरु पसल शुभारम्भको औपचारिक कार्यक्रमका लागि भेला भएका थिए । जाडोको याममा त्यो दिनको तापक्रम एकदमै न्यून थियो । जब नजिकैको चर्चमा रहेको घन्टीले रातको ८ बजेको जनाउ दियो तब रोचडेली अगुवाहरुमध्येका एक जेम्स स्थिथिज्ले पसलको सटर खोलेका थिए भने पसलको झ्यालमा केही मैनबत्तीहरु बालिएका थिए । पसल खोल्दा कुनै प्रकारको ताली वा समारोह भएको थिएन ।

६ बोरा पीठो, चिनी, जहुँको आटा (ओट मिल) एक बोरा, नौनी (बटर) र दुई दर्जन बत्ती (क्यान्डल, कुनै सन्दर्भ सामाग्रीहरुमा ४ वटा मात्र सामाग्री भएको र क्यान्डल नभएको पनि उल्लेख पाइन्छ) गरी हालको करिब २५ डलर बराबरको सामान पसलमा राखिएको थियो । २३ फिट चौडाइ र ५० फिट गहिराईको क्षेत्रफल ओगटेको पसलको सामान बिक्रीका लागि ३९१ स्क्वायर फिटको क्षेत्रफल मात्र प्रयोग गरिएको थियो भने बाँकी भण्डारण र बैठकका लागि प्रयोग गरिएको थियो ।

खासमा रोचडेली अगुवाहरुले पसलमा सामान भन्दा बढी सदस्यको प्रजातान्त्रिक र न्यायोचित सहभागितामा सदस्यहरुकै आर्थिक सामाजिक समृद्धिका लागि सहकार्यको सिद्धान्तमा आधारित उद्यम वा व्यवसाय गर्न सकिन्छ भन्ने आशा र भरोसा भर्ने काम गरेका थिए । सन् १८४० मा रोचडेलमा गरिएको जनगणना अनुसार त्यहाँको जनसंख्या २४४२३ थियो । पसल सञ्चालनमा इमान्दारी, पारदर्शिता, सम्मानका साथै मुनाफामा समुचित भागेदारीको कुरालाई बढी प्राथमिकता दिइएको कारण बिस्तारै त्यसले सबैको मन जित्दै गएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१६ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप