सहकारीले सुरु गर्यो प्राथमिकताको आधारमा ऋण लगानी 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 सहकारीले सुरु गर्यो प्राथमिकताको आधारमा ऋण लगानी 

काठमाडौं । लगानीयोग्य रकम (तरल पुँजी) अभाव हुँदा बैंक वित्तीय संस्था सँगै यतिवेला सहकारी क्षेत्र पनि प्रभावित बनेको छ । तरल पुँजी अभाव बढेसँगै सहकारीहरुले पनि धितोमा लगानी बन्द गर्दै सदस्यहरुको प्राथमिकताका आधारमा मात्र ससानो ऋण प्रवाह गर्न सुरु गरेका छन् ।  
बैंक वित्तीय क्षेत्रमा व्याप्त तरलता संकट सँगै यसको प्रभाव बढ्दो देखिएको सहकारी क्षेत्रका अगुवाहरुको स्पष्टोक्ति छ भने अर्कोतर्फ राज्यको विकास बजेट खर्च हुन नसकेका कारण पछिल्लो समय वित्तीय संकट चुलिएको आमजनमानसको बुझाइ छ । 

विगत २ बर्षदेखि कोभिडका कारण थलिएको अर्थतन्त्रमा सूक्ष्म सुधार देखिन पाउँदा नपाउँदै लगानीयोग्य रकम अभावका कारण अर्थतन्त्र पुन थलिने स्थितिमा पुग्ने देखिएको विश्लेषकहरु बताउँछन् । सहकारीमा पनि निक्षेप र कर्जाको सन्तुलन नमिलेका कारण यतिबेला बचत तथा ऋण सहकारी संस्थाहरुले सदस्यद्वारा माग भएका ऋण फाइल अस्विकार गर्न बाध्य भएका छन् भने ठूलो ऋण लगानीको अवस्था समेत सोचनिय बनेको छ ।

यसै विषयलाई लिएर हिजो सहकारी अभियानद्वारा ललितपुरमा तरलता व्यवस्थापन विषयक अन्तरक्रिया सञ्चालन भएको थियो । वित्तीय तरलता अभावले सहकारी क्षेत्र पनि प्रभावित भएसँगै बजार विश्लेषण गरेर समयसापेक्ष व्याजदर पुनरावलोकन गर्न सहकारी क्षेत्रका अगुवाहरुले जोडदार माग समेत गरेका छन् । 

सहकारीमा तरलता व्यवस्थापन कसरी गरिरहनुभएको छ भन्ने साकोस आवाजको जिज्ञासाप्रति केही बचत ऋण सहकारीका व्यवस्थापकहरुको प्रतिनिधिमुलक विचारलाई यहाँ समावेश गरिएको छ :

टीकाराम तिमिल्सिना

नवलपरासीस्थित सयपत्री बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक टीकाराम तिमिल्सिना भन्नुहुन्छ, “रकम अभावकै कारण हामीले गत एक महिनादेखि ऋण लगानी बन्द गर्नुपरेको छ । सदस्यको बचत फिर्ता संस्थाको दायित्व हो, तर पुँजी अभावसँगै ऋण लागनी रोक्न बाध्य भएका हौं ।” रकम अभाव भएसँगै केन्द्रीय निकायमा राखिएको मुद्दती बचतबाट पनि ऋण लिएका छौं । तत्काल संकट समाधान हुने देखिदैन उहाँले भन्नुभयो, नेपाल राष्ट्र बैंकको पहल भइरहेको भएपनि राज्यको लाचारी पनकै उपज विद्यमान तरलता संकट हो भन्ने बुझिन्छ, । राज्यले विकास बजेट खर्च गर्न नसक्दा देश आर्थिक समस्यामा परेको छ ।  

विनोद थापा

सर्लाहिस्थित स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विनोद थापाले सहकारी विभागले सन्दर्भ व्याजदरको सीमा नवढाएसम्म विद्यमान वित्तीय तरलता अभाव समाधान नहुने बताउनुहुन्छ । साकोस आवाजसँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, “हामी निकै अप्ठ्यारो स्थितिमा पुगिसकेका छौं, अब व्याजदर सीमा बढाउनुको विकल्प छैन, हामीले संस्थाका सबै प्रकारका सेवामा साविकको भन्दा १ दशमलब ५ प्रतिशतले व्याजदर बढाएका छौं, जसले गर्दा हाल सदस्यको बचत अडिएको छ । ऋण लगानी भने ब्रेक नै गरेका छौं ।” अर्को कुरा ऋण असुलीको पाटो निकै महत्वपूर्ण छ । भाखा नाघेको ऋण असुली प्रक्रियालाई पनि जोड दिएका छौं । 


तीन तहको चुनाव र ठूला राजनीतिक पार्टीको महाधिवेशनका कारण यतिबेला पैसा बैंङ्गिक प्रणालीमा नगएर व्यक्तिमा सीमित हुँदा समस्या नित्तिएको हुनसक्छ, उहाँले भन्नुभयो, “यस्तो बेला सहकारी संस्थाहरुले अलिक चनाखो भएर निर्णय गर्नुपर्छ भन्ने नै हो,  यो समय सदस्यको बचतको संरक्षण गर्दै प्राथमिकताका आधारमा मात्रै ससानो ऋण लगानी गर्ने बेला हो ।” 

उर्मिला ज्ञवाली 

मकवानपुरस्थित बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक उर्मिला ज्ञवाली भन्नुहुन्छ, संस्थामा तरलता व्यवस्थापन हालसम्म जसोतसो भइरहेको छ । ठूलो लगानी बन्द गरेका छौं । ससानो विनाधितो गर्न सकिने लगानी भने गरिरहेका छौं । मंसिर आधाआधिदेखि नै सदस्यका ठूला लगानीयोग्य ऋण फाइल फर्काउन बाध्य भयौं । स्वीकृत भएको लोन पनि रकम अभावका कारण दिन सकेनौं, त्यो निकै समस्यायुक्त रह्यो भन्ने हामीलाई लागेको छ । सदस्यको सुख दुखको सारथी बनेर निरन्तर सदस्य हितमा काम गर्ने बचत तथा ऋण सहकारी संस्थामा गत २ बर्षदेखि कोभिडले प्रभाव पार्यो अहिले फेरी कोभिडको सन्त्रास सँगसँगै तरलता अभावले थप समस्यामा पारेको छ, उहाँले भन्नुयो । मंसिरको मध्यतिर ऋण माग अत्याधिक थियो । तरलता समस्याले ठूलो लगानी गर्न सकिएन, ससाना लगानीका लागि व्यवस्थापन भइरहेको छ । बजार हल्ला अनुरुप यो आर्थिक बर्ष पुरै नै तरलता समस्या कायम रह्यो भने सहकारी क्षेत्रमा निकै ठूलो प्रभाव पर्ने देख्दछु । 

यज्ञ प्रसाईं

नवविकास साकोस रौतहटका व्यवस्थापक यज्ञ प्रसाई भन्नुहुन्छ, “वित्तीय तरलता व्यवस्थापनका लागि समयमै सचेत हुनुपर्ने रहेछ, समय घर्केपछि मात्रै होस् खुलेको जस्तै भएको छ ।” उहाँले भन्नुभयो, हामीले धितोमा गरिने ऋण लगानी रोकेका छौं र मुद्दती बचतको व्याजदर पनि बढाएका छौं, सदस्य भेटघाट र सम्पर्क बढाएका छौं,  जसले गर्दा बचत केही बढेको पनि छ । त्यसैगरी ऋण असुली प्रक्रियालाई पनि तीब्रता दिएका छौं । ९ प्रतिशतमा कायम रहेको भाखा नाघेको ऋण १/२ प्रतिशतमा झार्ने गरी काम गरेका छौं । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप