नेफ्स्कूनको आयोजनामा वाणगंगा नगरपालिकामा सहकारी सचेतना कार्यक्रम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको आयोजनामा वाणगंगा नगरपालिकामा सहकारी सचेतना कार्यक्रम 

कपिलवस्तु । नेफ्स्कूनको आयोजनामा आज लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लास्थित बाणगंगा नगरपालिकामा 'आधारशिला कार्यक्रम अन्तर्गत सहकारी सचेतना अभिमुखीकरण कार्यक्रम' सम्पन्न भएको छ । नेफ्स्कूनका सञ्चालक संदिप सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा वाणगंगा नगरपालिकाका नगर उप प्रमुख चक्रपाणि अर्याल प्रमुख अतिथि रहनुभएको थियो भने अतिथिहरुमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उपसचिव बाबुराम भट्टराई, लुम्बिनी प्रदेश सहकारी संघका लेखा संयोजक तेज प्रसाद अर्याल, वाणगंगा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष ध्रुव बेल्वासे, नगरपालिकाका शाखा अधिकृत केशबराज भट्टराई, सीनर्जी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लक्ष्मण बेल्वासे लगायत रहनुभएको थियो ।

प्रमुख अतिथि उपप्रमुख अर्यालले सहकार्यमा आधारित कार्य नै सहकारी भएको बताउँदै नागरिकको जीवनस्तर उकास्ने कार्यका लागि सहकारीका निकायहरुसँग सहकार्य गर्न नगरपालिका तयार रहेको बताउनुभयो । उहाँले पुँजी परिचालनको ठूलो हिस्सा सहकारी क्षेत्रले ओगटेको बताउँदै सहकारीमार्फत समृद्धि सम्भव भएको दाबी गर्नुभयो । यसैगरी, उपप्रमुख अर्यालले नगरपालिका अन्तर्गत सहकारी क्षेत्रको विकास र प्रवर्धनमा भएका कामहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सापकोटाले नगरपालिकाको सहयोगीको रुपमा आधारशिला कार्यक्रम लिएर आएको बताउनुभयो । उहाँले राष्ट्रिय अन्तराष्ट्रिय स्तरबाट प्राप्त सीप आन्तरिकीकरण गर्न र उत्पादनमार्फत समृद्धितर्फ अघि बढ्नुपर्ने विषयलाई सम्बोधन गर्न नेफ्स्कून प्रयत्नशील रहेको जानकारी गराउनुभयो । कार्यक्रममा नेफ्स्कूनका अनुगमन अधिकृत मनोज खड्काले विषयवस्तुमाथि प्रस्तुतीकरण गर्नुभएको थियो भने रुपन्देही फिल्ड इन्चार्ज छत्रप्रसाद धमलाले स्वागतसहित कार्यक्रमको उद्देश्य प्रकाश पार्नुभएको थियो । सहभागीहरुको जिज्ञासाको सम्बोधन मनोज खड्का र छत्र धमलासहित नगरपालिकाका सहकारी शाखा प्रमुख सन्तोष थापाले गर्नुभएको थियो ।  विभिन्न प्रकृतिका सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक गरी ७५ जना भन्दा बढीको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सन्तोष थापाले गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप