नाकूफोक अध्यक्षमा ६५ वर्षीय किम दोस्रो कार्यकालका लागि निर्वाचित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नाकूफोक अध्यक्षमा ६५ वर्षीय किम दोस्रो कार्यकालका लागि निर्वाचित

एजेन्सी । दक्षिण कोरियाली बचत तथा ऋण सहकारीहरुको शीर्ष निकाय –नेशनल क्रेडिट युनियन फेडेरेशन अफ कोरिया (नाकूफोक) को अध्यक्षमा किम युन सिक दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । डिसेम्बर २२ अर्थात् हिजो यूसिङ गू डेजियनस्थित नाकूफोकको राष्ट्रिय तालिम केन्द्रमा सम्पन्न बार्षिक साधारण सभाले एशियाली ऋण महासंघ (अकू) का समेत अध्यक्ष रहनुभएका किमलाई दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो । सभामा दक्षिण कोरियाभरका ७२९ क्रेडिट युनियनका अध्यक्षहरु सहभागी थिए ।

६५ वर्षीय किम बिश्व ऋण परिषद् (ओकू) को सञ्चालक सदस्य एवम् त्यस अन्तर्गत कोभिड १९ सम्बन्धी आवश्यक नीति निर्माणका लागि गठित COVID 19 Response Committee को पनि अध्यक्ष हुनुहुन्छ । नाकूफोक ओकूको प्रत्यक्ष सदस्यता प्राप्त कोरियाली क्रेडिट युनियनहरुको केन्द्रीय संघ हो । किम नाकूफोकको ३३ औं अध्यक्षका रुपमा निर्वाचित हुनुभएको हो ।

सन् २०१८ को मार्चमा अध्यक्ष निर्वाचित किमको दोस्रो कार्यकाल सन् २०२२ मार्च १ देखि सन् २०२६ फेब्रुअरी २८ सम्म हुनेछ । कोरियाली क्रेडिट युनियनहरुको विकास र वृद्धिमा केन्द्रीय संघको अध्यक्षको रुपमा किमले विगत ४ वर्षमा प्रदर्शन गरेको नेतृत्व कौशलका कारण उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको नाकूफोकले जनाएको छ । ४ वर्षअघि नेतृत्व लिएसँगै उहाँले ७ प्रमुख समावेशी वित्त परियोजनाहरु (सेभेन ग्रेट इन्क्लुसिभ् फाइनान्स प्रोजेक्ट) अघि बढाउनुभएको थियो । त्यस्तै, उहाँले ‘ब्राण्ड म्यानेजमेन्ट’, ‘फिल्ड ओरियन्टेड म्यानेजमेन्ट’, ‘इन्क्लुसिभ् इनोभेसन म्यानेजमेन्ट’ र ‘सस्टेनेबल म्यानेजमेन्ट’ गरी ४ नयाँ नीतिगत निर्णयहरु लिन नाकूफोकको सञ्चालक समितिलाई मनाउनु भएको थियो भने ‘टार्गेट फन्ड सिस्टम’ र ‘क्रेडिट जोन बिस्तार’ लगायतका दशकौंदेखि कोरियाली क्रेडिट युयिनहरुका उल्झन समाधानमा पनि नेतृत्व लिनुभएको थियो । यी सबै कारण किमको राष्ट्रिय अन्तर्राष्ट्रिय छवि उकासिएको बिश्लेषण गरिएको छ ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप