चितवन जिल्ला बचत संघको को २२औं वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवन जिल्ला बचत संघको को २२औं वार्षिक साधारण सभा सम्पन्न

चितवन । चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २२औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । संघका अध्यक्ष हरिश्चन्द्र सुवेदीको अध्यक्षतामा एवं राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभाका विशिष्ट अतिथि नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेफ्स्कूनका लेखा सुपरीवेक्षण समितिका संयोजक नवराज सापकोटा, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का संचालक सदस्य तेजेन्द्रवहादुर खड्का, जिल्ला सहकारी संघ लि का संचालक सदस्य  विष्णुप्रसाद वास्तोला, जिल्ला बहुउद्देश्यीय संघका अध्यक्ष दिनेश कुमार चुके, जिल्ला दुग्ध सहकारी संघ का उपाध्यक्ष कृष्णप्रसाद सापकोटा  र जिल्ला जडिवुटी सहकारी संघ लिका संचालक सदस्य देवि पौडेल लगायतको उपस्थिती रहेको थियो । 

कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष तथा नेफस्कून संचालक सदस्य विद्या कोइरालाले गर्नुभएको थियो । कार्यक्रम संचालन संघका सचिव रामराज पौडेलले गर्नुभएको थियो । संचालक समितीको तर्फवाट बार्षिक प्रतिवेदन प्रस्तुत साथै यही फागुन २९ मा हुने संघको रजत महोत्सव कार्यक्रमको अवसरमा गरिने अन्य कार्यक्रममा सक्रिय सहभागी हुन सदस्य साकोसहरुलाई आह्वान गरिएको थियो । सहकारी अभियानलाई अगाडी वढाउन संघले हालसालै पालिका स्तरिय संजाल निर्माण कार्यक्रम सम्पन्न गरेको समेत जानकारी गाराइएको थियो । सचिव रामराज पौडेलले आ.व. २०७७/०७८ मा गरिएका कार्यक्रमहरु, र ०७८/०७९ मा गरिने प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष केशब प्रसाद रेग्मीले आर्थिक प्रतिवेदन २०७७/०७८ मा भएका यथार्थ आम्दानी र खर्च तथा २०७८/७९ को लागि अनुमानित वजेट प्रस्तुत गर्नुभएको थियो । जसमा गत बर्षको आम्दानी रु ११,९७१,५८३।४१ जम्मा खर्च रु ८,४१३,८४१।२३, कर अघिको मुनाफा रु ३५५७७४२।१८ आयकर कट्टी १० प्रतिशत रु ३५७१८१।१७ करपछिको शुद्ध मुनाफा रु ३२००५६१।०१ लगायतको आर्थिक प्रतिबेदन प्रस्तुत भएको थियो ।

सभाले विभिन्न विधामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई सम्मान तथा पुरस्कारको घोषणा गरेको थियो । मासिक बचत तर्फ एभरेष्ट साकोस भरतपुर—३, चितवन, ऐच्छिक बचत तर्फ हाम्रो चित्रवन साकोस भरतपुर–७, सवैभन्दा वढी शेयर जम्मा गर्ने अभियान सााकोस भरतपुर –९ र असल ऋण कारोवार गर्ने संस्था नवज्योति महिला साकोस भरतपुरलाई यस वर्ष फागुन २९ गते आयोजना हुने रजत महोत्सव समारोहको अवसरमा सम्मानित गरिने घोषणा गरिएको थियो । चितवन जिल्ला बचत तथा ऋण सहकारी संघमा हाल २ सय भन्दा धेरै सहकारी संस्थाहरु आवद्ध रहेका छ्न । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप