सिन्धुली–सुनकोशी क्लष्टरमा आबद्ध सहकारीहरुबीच सिकाई कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुली–सुनकोशी क्लष्टरमा आबद्ध सहकारीहरुबीच सिकाई कार्यशाला सम्पन्न

सिन्धुली । बचत तथा ऋण सहकारी संस्थाले आ–आफ्नो प्रगति र सिकाइ एक आपसमा आदान प्रदान गरी सहकारीकर्मीहरुको क्षमता अभिवृद्धि गर्दै संस्थागत स्तरोन्नति गर्ने उद्देश्यले सञ्चालित एक दिवसीय कार्यकुशता तथा सिकाइ व्यवस्थापन कार्यशाला शनिवार सिन्धुलीको सुनकोशी गाउँपालिकास्थित रातामाटामा सम्पन्न भएको छ । 

जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. बोहोरेटार को आयोजन,  नेफ्स्कून र सिन्धुली बचत तथा ऋण सहकारी संघ लि. को प्राविधिक सहयोग सञ्चालित उक्त कार्यक्रममा सुनकोशी क्लस्टरमा आबद्ध ८ बचत तथा ऋण सहकारी संस्थाबाट गरी २८ जना सहकारीकर्मीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

आयोजक संस्थाका अध्यक्ष चक्रबहादुर श्रेष्ठको अध्यक्षता र सिन्धुली बचत तथा ऋण सहकारी संघ लि. की अध्यक्ष बालकुमरी श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यशालाको सञ्चालन अमृत तिमल्सिनाले र स्वागत कृष्ण प्रसाद चौलागाईले गर्नुभएको थियो ।

जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम कर्ब्स अन्तरगत सञ्चालित यस्ता कार्यकमबाट संस्थालाई सुशासित, गुणस्तरीय र व्यवस्थित बनाउन महत्वपूर्ण सिकाई हुने धारणा प्रमुख अतिथि श्रेष्ठले राख्नुभएको थियो । साकोस प्रतिनिधिहरुले आ आफ्नो प्रगति र सिकाइबारे प्रस्तुतिकरण गर्नुभएको थियो भने कार्यक्रम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिनाले गर्नुभएको थियो । सो कार्यशालामा बचत संघ की महासचिव मिथुला घिमिरे र नेफ्स्कूनका सहायक कर्मचारी श्याम बुढाथोकी समेतको उपस्थिति थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२० घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप