सिन्धुली–सुनकोशी क्लष्टरमा आबद्ध सहकारीहरुबीच सिकाई कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुली–सुनकोशी क्लष्टरमा आबद्ध सहकारीहरुबीच सिकाई कार्यशाला सम्पन्न

सिन्धुली । बचत तथा ऋण सहकारी संस्थाले आ–आफ्नो प्रगति र सिकाइ एक आपसमा आदान प्रदान गरी सहकारीकर्मीहरुको क्षमता अभिवृद्धि गर्दै संस्थागत स्तरोन्नति गर्ने उद्देश्यले सञ्चालित एक दिवसीय कार्यकुशता तथा सिकाइ व्यवस्थापन कार्यशाला शनिवार सिन्धुलीको सुनकोशी गाउँपालिकास्थित रातामाटामा सम्पन्न भएको छ । 

जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. बोहोरेटार को आयोजन,  नेफ्स्कून र सिन्धुली बचत तथा ऋण सहकारी संघ लि. को प्राविधिक सहयोग सञ्चालित उक्त कार्यक्रममा सुनकोशी क्लस्टरमा आबद्ध ८ बचत तथा ऋण सहकारी संस्थाबाट गरी २८ जना सहकारीकर्मीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

आयोजक संस्थाका अध्यक्ष चक्रबहादुर श्रेष्ठको अध्यक्षता र सिन्धुली बचत तथा ऋण सहकारी संघ लि. की अध्यक्ष बालकुमरी श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यशालाको सञ्चालन अमृत तिमल्सिनाले र स्वागत कृष्ण प्रसाद चौलागाईले गर्नुभएको थियो ।

जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम कर्ब्स अन्तरगत सञ्चालित यस्ता कार्यकमबाट संस्थालाई सुशासित, गुणस्तरीय र व्यवस्थित बनाउन महत्वपूर्ण सिकाई हुने धारणा प्रमुख अतिथि श्रेष्ठले राख्नुभएको थियो । साकोस प्रतिनिधिहरुले आ आफ्नो प्रगति र सिकाइबारे प्रस्तुतिकरण गर्नुभएको थियो भने कार्यक्रम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिनाले गर्नुभएको थियो । सो कार्यशालामा बचत संघ की महासचिव मिथुला घिमिरे र नेफ्स्कूनका सहायक कर्मचारी श्याम बुढाथोकी समेतको उपस्थिति थियो । 


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

८ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

८ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

पाठकबाट थप